Subscribe Us

पांच करोडको जग्गा कब्जा गर्दै डन मनाङ्गे

दिपक मनाङ्गे बिरगंजका अर्का गुण्डाका नाईके सञ्जय रौनियार
वीरगन्ज । अकुत सम्पत्ती थुपारेको अभियोग लागेका गुण्डाका नाईके राजिब गुरुङ उफ दिपक मनाङ्गेले बिरगंजका अर्का गुण्डाका नाईके सञ्जय रौनियारको मिलोमतोमा पांच करोड बराबरको सम्पत्ती कब्जा गरेको रहस्य खुलेको छ  । केहि दिन अघि आफ्ना सहयोगीसहित बिरगंज पुगेका डन मनाङ्गेले रौनियारको सहयोगमा नीलेश ठाकुरको पांच करोडको जग्गा आफ्नी श्रीमती दिछेन डोल्माको नाममा पास गराएका हुन  । मनाड्गेको श्रीमती डोल्मासमेत बिषेश अदालतको तारेखमा रहेकी छिन् ।

 नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरोले डन मनाड्गेको १४ करोड अबैध सम्पत्ती भेटीएपछि सम्पत्ती सुद्धिकरण बिभाग मार्फत गत बर्ष बिषेश अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले मागेको दुई करोड धरौटी बजाएपछि उनि थुना मुक्त भएका थिए । संगठित गिरोह संञ्चालन गर्दै आएका मनाङ्गेले बिरगंजका गुण्डा रौनियारको पांच करोडको सम्पत्ती किन र के का लागी लिएका हुन खुल्न सकेको छैनन् । तर मनाङ्गेकोलाई पांच करोड बराबरको सम्पत्ती दिएको बिरगंज प्रहरीले पत्ता लगाएपछि गत सुक्रवार प्रहरी कार्यालय पर्साको टोलीले रौनियारलाई पक्राउ गरी गरी तीन घण्टा केरकार गरेको स्रोतले बतायो ।

 रौनियारले प्रहरीलाई मनाङ्गेले जबरजस्ति सम्पत्ती लिएको बयान दिएपछि तारेखमा छाडेको प्रहरीले बताएको छ ।  बारा निवासी नीलेश ठाकुरको लगानीमा खरिद गरिएको सिमरास्थित करिब पांच करोड मूल्यबराबरको जग्गा रौनियारले मनाङ्गेकी श्रीमती डोल्माको नाउमा पास गरेपछि प्रहरीले छानबिन थालेको हो । रौनियारको कनेक्सन नेपालका अपराधिक समुहसंग हुने गरेको र उनि आफै बिरगंजमा गुण्डाका नाईकेको नामले कुख्यात रहेको प्रहरीको दाबी छ । रौनियारले आफ्नो जग्गा मनाड्गेको नाममा पास गराएको भन्दै नीलेश ठाकुरले प्रहरीमा निवेदन दिएका थिए । जग्गा पास गराउन वीरगंजका लगभग आधा दर्जन गुन्डाहरुको सहभागी भएको र उनीहµको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments