Subscribe Us

खुश्वुले दाउद मात्र होइन विन लादेनसंग पनि जोड्छिन्ः अर्पण


काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुश्वु ओली र पूर्व प्रेमी अर्पण कोइरालाबीच यतिखेर मिडियाबाजी चलिरहेको छ । फरक यति छ कि खुश्वुले नेपालमै बसेर मिडिया क्याम्पेनिङ गरिहेकी छन् भने व्यापारको शिलशिलामा भारतमा रहेका अर्पणले नेपाली मिडियाको दबाबपछि मुख खोलेका छन् । उनी खासै मिडियामा आउन चाह“दैनन् ।

 खुश्वुले आप्mनो विषयमा अतिरञ्जित प्रचार गरेको भन्दै अर्पण यतिबेला तनावमा परेका छन् । सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागको छानविनमा परेकी खुश्वु संकटमा परेपछि मिडियामार्फत सहानुभूति बटुल्न लागेको स्रोत बताउंछ । हुंदा–हुंदै खुश्वुले अण्डरवल्र्ड डन दाउद इब्राहिमसंग अर्पणलाई जोडेर आतंककारीको विल्ला भिराउन पनि पछि परिनन् ।

 बुधबार खुश्वुले पत्रकार सम्मेलन गरी अर्पणमाथि यस्तो आरोप लगाएकी थिइन् । यस विषयमा अर्पणसंग सम्पर्क राख्दा उनले भने–‘खुश्वु मानसीक रुपमा असन्तुलित भएको हु“दा अब मलाई दाउदसंग मात्र होइन विन लादेनस“ग पनि जोड्न सक्छिन्, तर मलाई यस्ता वाइयात आरोपले कुनै असर गर्दैन ।’ खुश्वुले आप्mनो इमेल र पासवर्ड प्रयोग गरी दाउदको नाममा इमेल गरी पत्रकारहरुलाई गलत सूचना प्रवाह गरेको अर्पणले बताए । यूनाईटेड पोष्टबाट

Post a Comment

0 Comments