Subscribe Us

राजधानीमा राज गर्न खोज्दै डन घैंटे

कुख्यात राजधानीका गुण्डा क्रमस समिरमान बस्नेत, कुमार श्रेष्ठ उफ घैंटे, सानो भाई
काठमाडौं । पछिल्लो समय राजधानीका प्राय डनहरु गुण्डागर्दी छाडेर ब्यापार, ब्यबसाय र राजनीतिमा सक्रिय हुन थालेका छन् । तर गुण्डा सर्कलमा घामड, लिंडे र निडरको रुपमा चिनिने गुण्डाका नाईके कुमार श्रेष्ठ ‘घैंटे’ भने आफ्ना सहयोगी परिचालन गरी असुली धन्दामा सक्रिय भएका छन् । घैंटेले आफ्ना दुश्मनको सफाया गर रणनीति अनुसार गुण्डागर्दीको क्षेत्रसमेत बिस्तार गर्न लागेको स्रोतले बतायो ।

आफूलाई गोली हान्न सक्ने डनद्धय रमेश बाहुन जेल चलान र दिनेश अधिकारी ‘चरी’को प्रहरी कारबाहीमा मृत्यु भएपछि उनी अहिले निर्धक्क भएर गुण्डागर्दी र क्षेत्रविस्तारमा सक्रिय छन् । घैंटेले बाफल क्षेत्रका गुण्डाका नाईके समिरमानसिंह बस्नेत, सामाखुसिका सानो भाई र चाबहिलका प्रतिक श्रेष्ठ उर्फ हवल्दार, मनराज गुरुङ, प्रवेशमान श्रेष्ठ, गोकुल शिवाकोटीलाई प्रयोग गर्दै हप्ता असुली, ठेक्कापट्टा कब्जा र आफूबिरुद्ध आंैला
ठड्याउनेलाई खुकुरी प्रहार गर्न थालेका छन् ।

मिनकृष्ण मर्हजनमाथि बर्सिएको गोली काण्डसंगै रमेश बाहुन फरार भएदेखि नै ठेकेदार महासंघका महासचिव शरद गौंचनले घैंटेलाई परिचालन गर्दे आएका थिए । लागूऔषधसहित पक्राउ परेका रमेश बाहुन लामो समय जेलमा थन्किने भएपछि महासचिव गांैचनले घैंटेलाई च्यापेको एक ठेकेदारले बताएका छन् । राजधानीका अधिकांश गुण्डा पाल्ने र प्रयोग गर्ने महासचिव गौंचन ठेकेदारहरुबीच नै गुण्डा ठेकदारका रुपमा चर्चित छन् । यसका अलवा घैंटेलाई सेनाका ठेकेदार काजी शेर्पाले समेत प्रयोग गर्ने गरेका छन् ।

  बाफलका समिरमान बस्नेत र उनका दाहिने हात मानिने राधे भण्डारीको समुहले एक बर्ष अघि सतुंगलमा चरीमाथि भएको गोली प्रहार काण्डमा समेत घैंटेको ब्याकिङग् रहेको स्रोत बताउंछ । त्यस्तै, आधा दर्जन अपराध गरेको अभियोगमा प्रहरीमा उजुरी परेपनि पक्राउ नपरेका घैंटेका बिश्वासपात्र सानुभाई अहिले सामाखुसि क्षेत्रमा घैंटेपछिका डनका रुपमा गनिन थालिएका छन् ।

गुण्डा घैंटेको आपराधिक ग्यांङ

सानु भाईको बास्तबिक नाम युबराज गुरुङ हो भने उनी नुवाकोटका हुन् । सानु भाईलाई घैंटेले खुकुरी हान्न, मेनपावर कम्पनीबाट महिनावारी असुल्न, ठेकेदारहरुलाई बन्दुक देखाएर तर्साउने काममा प्रयोग गर्दै आएका छन् । सानुभाईको समुह एक बर्षमा एक दर्जन अपराधमा सलग्न रहेको प्रहरीले जनाएको छ । घैंटेको आदेशमा सानुभाईले २०७० साउन १० गते सामाखुसि टाउन प्लानिङमा ज्यानमार्ने मनसायले मनोज मर्हजनमाथि खुकुरी प्रहार गरेका थिए । लगत्तै ०७० कार्तिकमा धादिङका बिकाश लामालाई खुकुरी प्रहार गरेका थिए ।

 प्रहरीले सानुभाईको समुहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन नस्कदा उनको समुह थप अपराधमा सलग्न हुन थालेको छ ।  सानुभाईको समुहले बिकाशलाई खुकुरी प्रहार गरेको केही समयपछि महादेबटारको हाईटमा च्याङबा भन्ने एक ब्यक्तिलार्इ पनि खुकुरी प्रहार गरेका थिए । च्याङबालाई खुकुरी प्रहार गरेको केही दिनमै सानुभाईले बिकाश तामाङलाई बन्दुक देखाएर लखटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । आधा दर्जन अपराधमा संलग्न रहेका सानुभाईलाई घैंटेको आडभरोसामा नुवाकोटबाट धादिङ ससुराली गएका पवन तामाङलाई खुकुरी प्रहार गरी ज्यानै  लिएका थिए ।

तामाङको हत्यामा मुख्य नाईके रहेका सानुभाई काठमाडौंमा खुलम्खुला हिंड्दा पनि प्रहरीको आ“खामा उनी पर्न सकेका छैनन् । सबै घटनाका बारेमा प्रहरीमा जाहेरी परेपनि सानुभाई पक्राउ नपरेको पीडित परिवारले बताएका छन् । यी सबै अपराधमा गुण्डाका नाईके घैंटेको अप्रत्यक्ष्“ संलग्नता रहेको उनी निकट स्रोतले बतायो ।
त्यस्तै घैंटेले धादिङमा हुने अधिकांश ठेक्कापट्टा कब्जा गर्न बाफलका समिरमान बस्नेत र राधे भण्डारीलाई प्रयोग गर्न थालेका छन् । यसअघि उनले मृतक ‘चरी’लाई प्रयोग गर्ने गरेका थिए ।  ठेक्कापट्टा र अबैध बालुवा खानी, ढुंगा खानीबाट असुलेको ८० लाख घैंटे एक्लैले खाएपछि चरी र घैंटेको सम्बन्धका ०६२ सालपछि चिसोपन आएको थियो ।

 चरीलाई घैंटेले नै जन्माएको हुन् । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए । धादिङमा चरीले एकाधिकार गर्न थालेपछि चरीसंग बिच्किएका राधे भण्डारीलाई धार बनाएर घैंटेले चरीबिरुद्ध गत बर्ष गोली हान्न लगाएका थिए । आफूमाथी गोली प्रहार गर्ने राधेलाई बदला लिने उदेश्यले ६ महिना अगाडि गोली चलाएका चरीलाई दुई साता अघि मात्र प्रहरीले मुडभेटमा मारेको बताएको छ । चरीको मृत्युसंगै घैंटेले चरीको क्षेत्रमा राज गर्न थालेका छन् । त्यस्तै घैंटेले कलेजबाट ‘डीआई’को नाममा पैसा असुल्न सन्तोष गुरुङ, मनिश ढंगोल, अनिल राणालाई प्रयोग गर्ने गरेका छन् ।

सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आराधिक समूह परिचान गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका छन् । यतिखेर समिरमान बस्नेत घैंटेको दाहिने हात भएका छन् भने देब्रे हातका रुपमा सानुभाई अगाडि आएका छन् । समिरमानको समूहमाः राधे भण्डारी, कान्छा लामा, गोपी भण्डारी, शिब थापा, रानीवनको मनोज चित्रकार, सुरज प्रनब, जोन भन्ने ओम बहादुर गुरुङलगायत रहेका छन् । उनीहरुलाई केही कांग्रेसी नेताहरु र प्रहरी अधिकृतहरुकै संरक्षण रहेको ब्यापारीहरुले बताउने गरेका छन् ।

Post a Comment

0 Comments