Subscribe Us

भारतीय विमान अपहरण योजना यसरी बनेको थियो

काठमाडौ भदौ १३ – १५ वर्षपछि पुनः नेपालको एयरपोर्टबाट भारतीय विमान अपहरण गरी भारतीय जेलमा रहेका आफ्ना साथी छोडाउने पाकिस्तानी आतंकवादीको योजना नेपाल प्रहरीले असफल बनाएको छ । पाकिस्तानी आतंकवादीले भारतीय विमान अपहरण गर्ने योजना बनाएको थाहा पाएर नेपाल सरकारले विमानस्थल लगायत राजधानीको सुरक्षा पनि कडा बनाएको छ । इण्डियन मुजाहिदीन र तालिवानी आतंकवादीले नेपालबाट भारतीय विमान अपहरण गर्ने योजना बनाएको थियो । त्यसका लागि ती आतकंवादी संस्थाले नेपालमा दुई पटक प्रयास गरिसकेका थिए । नेपाल आएर उनीहरुले त्रिभुवन विमानस्थलको सुरक्षा रेंकी समेत गरिसकेका थिए । त्यहाँको सुरक्षा अवस्था कस्तो छ, त्यसको नक्सा समेत बनाई सकेका थिए तर योजना पूरा नहुँदै उनीहरु नेपालमा समातिर अहिले भारतको जेलमा छन् । भारतीय जेलमा रहेका आफ्ना संगठनका व्यक्तिलाई छोडाउन नेपालबाट विमान अपहरण गर्ने योजना विफल भएपछि भारतका मुख्य शहर (दिल्ली, मद्रास, मुम्बई, कलकत्तालगायत) मा शृङ्खलाबद्ध बम विस्फोट गराउने योजना उनीहरुको थियो । त्यसका लागि नेपालमा रहेका भारतीय दुतावासलाई पनि निशाना बनाएको थियो । नेपाल प्रहरीका स्रोतका अनुसार विमान अपहरण गर्ने योजना बनाउनका लागि दुई महिनाअघि बेलायतको बाटो भएर काविल सिंह र जसजिंत सिह गरी दुई जना आतकंवादी नेपाल आएका थिए । उनीहरु १५ दिनसम्म यहाँका एक फाइभ स्टार होटलमा हाईप्रोफाइल स्तरमा बसेर पूरै योजना बनाएका थिए । इण्डिन मुजाहिदीन संगठनका नेपाल प्रतिनिधिको सहयोगमा त्रिभुवन विमानस्थलदेखि लिएर राजधानीका पुरै सुरक्षा अवस्थाको जायजा (जानकारी) लिएका थिए, उनीहरु । प्रहरी स्रोतले भन्यो, ‘पासपोर्ट उनीहरुको ब्रिटिस भए पनि नामले उनीहरु व्रिटिस थिएनन् । नेपाल आउनलाई आउन त्यहाँको पासपार्ट प्रयोग गरेको मात्र देखिएको छ । कविल सिंहको पासपार्ट नम्बर ४५७०६३०१० रहेको छ ।’ उनीहरु सम्पूर्ण जानकारी संकलन गरेर नेपालबाट फिर्की सकेका छन् । काविल र जसजित फर्केलगत्तै पाकिस्तानबाट वासिम अफजल र लुकमान अहमद नेपाल आए । नेपाल आउने वित्तिकै पहिलो उनीहरुले पाकिस्तान पासपोर्ट नष्ट गर्ने काम गरे । र, सो पासपोर्ट नष्ट गर्नमा सहयोग पुर्याएका थिए, अध्यागमन विभागका एक कर्मचारीले । उनीहरुलाई पनि १५ दिनसम्म लुकाएर राख्ने काम अध्यागमनकै एक कर्मचारीबाट भएको स्रोतको दावी छ । त्यसक्रममा उनीहरु वीरगञ्ज पनि गए । त्यहाँको जेलमा पाकिस्तानी सेनाको पूर्व कर्मचारी शेखर सौफ अहमद नक्कली भारुको कारोवारमा समातिएर त्यहाँ थुनिएर राखिएको छ । अहमद पाकिस्तानी भएपनि उनी अहिले कैदीको मुखिया भएका छन् । विमान अपहरणकै योजना मुताविक अहमदलाई केन्द्रीय कारागार महाशाखाका एकजना तत्कालिन महानिर्देशकले सात लाख रुपियाँ लिएर नख्खु जेलबाट वीरगञ्ज कारागार सारिएको थियो । हेर्नुहोस् समाचार नेपाली कारागारमा पाकिस्तानी नाइके पूरै योजना तयार गरेर अब अन्तिम रुप दिने भन्दै ग्वाटोमालको पासपार्ट बोकेर हङ्गकङ हुँदै फ्रान्स जान लागेका वासिम र लुकमान बाटैबाट समातिए । हङकङको एयरपोर्टमा पासपोर्ट चेक गर्दा ग्वाटोमालको पासपार्ट नक्कली रहेको फेला पर्यो । अनि त्यहाँका सुरक्षाकर्मीले त्यहाँबाट उनीहरुलाई नेपाल फर्काए । स्रोतले भन्यो, नेपाल फर्काउनु अघि नेपाल प्रहरीलाई हङकङबाट त्यो कुरा जानकारी गराएको कारणले ती दुवैजनालाई एयरपोर्टमै समातेर अध्यागमन विभागमा राख्यो । प्रहरी स्रोतका अनुसार पाकिस्तानी समातिएको थाहा पाएर सोही दिन पाकिस्तानी दुतावासका कर्मचारी अध्यागमन विभाग पुगेर ती दुई जनालाई छाड्न दवाव दिन थाले । यो खबर भारतीय दूतावासम्म पुग्यो । त्यसपछि भारतीय खुफिया एजेन्सी पनि सक्रिय भयो र पाकिस्तानीलाई नछाड्न दवाव दिन थाले अन्ततः भारत नै सफल भयो । अध्यागमन विभागबाट उनलाई हनुमानढोका प्रहरीमा थुनामा पठाए । यसको बारेमा अनुसन्धान गर्न समय लाग्ने भएकाले हनुमानढोकाबाट म्याद थप्नका लागि काठमाडौ जिल्ला अदालतमा पुर्याए । अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप्यो । त्यसपछिको अनुसन्धानमा नेपालको त्रिभुवन विमानस्थलबाट भारतीय हवाईजहाज अपहरण गर्ने योजनाको खुलासा भएको थियो । उनीहरुबाट नेपाल प्रहरीले सबै योजना फेला पार्नुको साथै भारतीय जेलमा रहेका उनीहरुका संगठन व्यक्तिको नाम पनि फेला परेको छ । प्रहरी स्रोतका अनुसार वसिम अफजलको पासपोर्ट नं. ३५५२३०८४ र लुकमान अहमदको पासपोर्ट नं. ४३२९७३८ रहेको छ । केरकारबाट उनीहरु पाकिस्तानी आतकंवादी भएको र जहाज अपहरण गर्ने योजनामा लागेको पुष्टि भएपछि भारतको झन चासो बढेर गयो र उनीहरुलाई कसरी नेपाल प्रहरीको हातबाट फुत्काउन सकिन्छ र आफ्नो कब्जामा लिन सकिन्छ भनि लागे । सात दिनको म्याद सकिएपछि उनलाई पुन जिल्ला अदालतमा पेस गरिएको थियो । हनुमानढोका स्रोतका अनुसार जिल्ला अदालतले पनि उनीहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ । उनीहरुलाई देश निकाला गरेपछि बाहिर सादा पोसाकमा रहेका नेपाल प्रहरीले ती दुवै जनालाई समातेर भारतबाट आएका सुरक्षाकर्मीलाई गुपचुप जिम्मा लगाए । मोदीको भ्रमण हुन लागेका कारणले नेपाल प्रहरीले यो समाचारलाई गोप्य राखेको थियो । मोदी नेपाल भ्रमणमा आउनुभन्दा दुई तीनदिन अगाडि भारत सुरक्षाकर्मीले ती दुई आतंककारीलाई आफ्नो देश लगेर थप अनुसन्धान गरिरहेको बताइन्छ । यसबारेमा हनुमानढोका एसएसपी उत्तम कार्कीसँग बुझ्दा भने यो मुद्दा यहाँको होइन अध्यागमन विभागको हो त्यहीबाट जानकारी लिन भने । अध्यागमनका डिजीसँग सम्पर्क गर्दा खोज्दा वहाँसँग सम्पर्क हुनसकेन । त्यसपछि प्रहरीका प्रवक्ता गणेश केसीसँग कुराकानी गर्दा उनले पनि यस विषयमा अध्यागमनसँगै जानकारी लिन भने । नेपालमा पक्राउ परेका आतंकवादी भारतलाई बुझाउने सिलसिला नेपाल लामो समयदेखि भारतविरोधी गतिविधि संचालन गर्नेहरुका लागि सुरक्षित स्थान बन्दै आएको छ । खुला सिमाना भएकोले भारत छिर्ने सजिलो बाटोमा नेपाल पर्छ । त्यही भएर उनीहरुले नेपाललाई आफ्नो अस्थायी बासस्थान बनाउँदै आएका छन् । विभिन्न कभरमा रहेर उनीहरुले भारतविरोधी गतिविधिहरु चलाउने गरेका छन् । उनीहरुलाई पक्राउ गर्न भारतको खुफिया एजेन्सी र नेपाल प्रहरीबीच समय समयमा सहकार्य हुने गरेको छ । यदी कोही आतंकवादी नेपालमा पक्राउ गरियो भने प्रायः त्यसालाई गुपचुप नै राखिन्छ र सुटुक्क भारतलाई बुझाइने गरिएको छ । त्यस्तै भारतमा पक्राउ परेका नेपाली अपराधीहरुलाई पनि भारतले नेपाल बुझाउने गरेको छ । यो सिलसिला धेरै पहिलेदेखि चल्दै आएको छ । तर, यसलाई गुप चुप राखिन्छ । तराईका सशस्त्र समूहका कार्यकर्ता तथा नेतालाई भारतले पक्राउ गरी नेपाल बुझाएको धेरै उदाहरणहरु छन् । यस सहकार्यको पछिल्लो उदाहरण भनेको सभासद् संजय शाह । उनलाई भारलतले पक्राउ गरेर नेपाल पठाएको थियो । तर उनलाई नेपालमा पक्राउ गरिएको समाचार प्रकाशित गरिएको थियो । प्रहरीले कसरी यस विषयलाई गुपचुप राख्छ भन्ने कुराको उदाहरण नेपालमा पक्राउ परेका आतंकवादी भारतीय मुजाहिदिनको यासिन भट्काल मुद्दालाई लिन सकिन्छ । उनलाई पोखराबाट पक्राउ गरे पनि त्यसलाई गुपचुप राखिएको थियो । भट्काल पोखराबाट पक्राउ परेका थिए र उनलाई भारतसमक्ष बुझाइएको थियो । तर, मिडियामा भने उनीहरुलाई नेपाल भारत सीमाबाट पक्राउ गरेको समाचार प्रकाशित गरिएको थियो, प्रहरीको बिफिङको आधारमा । कान्तिपुरको अनलाइनमा भट्काल नेपालबाट पक्राउ गरिएको समाचार प्रकाशित भएपनि त्यसलाई पछि हटाइएको थियो ।स्रोतःखबरदैनिक

Post a Comment

0 Comments