Subscribe Us

कमल थापाले ‘बदनाम मान्छे’ नियुक्ति गरेको भन्दै आपत्ती

काठमाडौं, भदौ १३– राप्रपा नेपालले आफ्नो भागमा परेको सभासद मनोनयन कोटामा एन्फा अध्यक्ष गणेश थापालाई नियुक्ति गरेको भन्दै पार्टी वरिष्ठ नेता पद्मसुन्दर लावतीले आपत्ती जनाएका छन् । उनले ‘बदनाम’छबी भएको व्यक्तिलाई कमल थापाले हुकुमी शैलीमा नियुक्ति गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । देशभर पार्टी सुद्धिढिकरण अभियान समेत चलाउँदै आएका लावतीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै भनेका छन्–मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जना सभासदमध्ये राप्रपा नेपालको कोटामा परेको एक सिटका लागि पार्टी अध्यक्षले संसदको सार्वजनिक लेखा समितिको कारवाहीको दायरामा रहेका गणेश थापालाई मनोनित गरेकोमा राप्रपा नेपाल सुद्दढीकरण अभियानको गम्भीर ध्यानाकर्षण भएको छ । उनले स्वच्छ छवि भएका व्यक्तिको मनोनयन हुनुपर्ने सर्वोच्च अदालतको दिशानिर्देश हुँदा हुँदै पनि उक्त विवादस्पद निर्णयले पार्टी भन् संकटमा फस्ने उनले चेतावनी दिएका छन् । उनले सो नियुक्तिको विषयमा पुनःविचार गर्न समेत आग्रह गरेका छन् । मन्त्री परिषदको आजको बैठकले राप्रपा नेपालको तर्फबाट गणेशसहित कांग्रेस र एमालेबाट १८ सभासदको मनोनयन गरेको थियो । राप्रपा नेपालबाट नियुक्ति भएका गणेश थापा अध्यक्ष कमल थापाका सहोदर भाई हुन् । उनलाई पार्टीभित्रै तीब्र असन्तुष्टि हुँदाहुँदै पनि बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले सिफरिस गर्ने निर्णय गरेको थियो । तर, नाम भने गोप्य राखिएको थियो जुन समाचार रातोपाटीले हिजै सार्वजनिक गरेको थियो । तर, राप्रपा संस्थापनले भने पार्टीमा योगदान दिएको र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पनि चर्चित व्यक्ति भएकाले गणेशलाई सर्वसम्मत नियुक्ति गरिएको र यसमा कुनै विवाद नभएको दाबी गरेको छ । यसैबीच चार जनवर्गीय संगठनहरु राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल, राष्ट्रिय युवा मोर्चा र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाललाई पार्टी नेतृत्वले यी संगठनहरु क्रियाशील रहेकै अवस्थामा विधान र कानुन विपरीत तथा मनपरी ढंगले विघटन गरेको भन्दै लावती समुहले यथावत रहेको जनाएको छ । उनीहरुले जनबर्गाीय संगठन विघटन गरिनु तानाशाही कदम बाहेक केहि नभएको भन्दै संगठनहरुलाई यथावत क्रियाशील रहन जनाएका छन् । चारै संगठनका प्रमुखहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ–अवैधानिक र तानाशाही रवैया अपनाउदै ती संगठनहरु क्रियाशील रहेकै अवस्थामा समानान्तर रुपले तदर्थ समितिहरु गठन गरेको जानकारी आएको छ । पार्टी नेतृत्वको यो पूर्वाग्रही कदमको हामी निन्दा, भत्र्सना गर्नुका साथै यसको अवज्ञासमेत गर्दछौं । राप्रपा नेपालको केहि साता पहिले सम्पन्न केन्द्रीय समिति बैठकले सो संगठनहरु विघटन भएको घोषणा गरेको थियो । - See more at: http://www.ratopati.com/2014/08/29/163139.html#sthash.XHLogVHK.ADHz108p.dpuf

Post a Comment

0 Comments