Subscribe Us

खिलराज रेग्मी, गृहमन्त्री र प्रहरी प्रमुख समेत भ्रष्ट्राचार छानविनको घेरामा

10643426_10204587684270242_1776333097_nसंविधानसभाको निर्वाचन सफल बनाएको जस पाएका तत्कालीन मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीमाथि ठुलो भ्रष्ट्राचारको आरोप लागेको छ । भ्रष्ट्राचार आरोप पृष्टि भए उनको छवि समाप्त हुने छ । उनलाई हातहरियार खरिदमा २ करोड भ्रष्ट्राचार गरेको आरोप लगाइएको छ । सो कुरा लेखा समितिले छानविन गर्ने छ । उनी सँगै सरकारमा रहेका तत्कालीन गृहमन्त्री माधव प्रसाद घिमिरे, तत्कालीन प्रहरी प्रमुख कुवेरसिंह राना, वर्तमान आईजिपि उपेन्द्रकान्त अर्याल लगायतका व्यक्ति छानविनको घेरामा परेका छन् । तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष एवं सर्बोच्च अदालतका प्रधान न्याधिश समेत रहेका रेग्मीले ६ महिना सरकारमा रहदाँ संविधान सभाको निर्वाचन सफलता पुर्वक सम्पन्न गरेका थिए । त्यस सँगै रेग्मीको चर्चा निकै चुलिएको थियो । तर सरकारमा रहेको बेला खिलराज रेग्मीले भ्रष्टचार गरेको कुरा भर्खरै सार्वजानिक हुन थालेको छ । हतियार प्रकरणमा रेग्मीले २ करोड रुपैयाँ घोटला गरेको बताइएको छ । अब उनी माथि छानविन हुने भएको छ । तत्कालीन गृहमन्त्री माधव प्रसाद घिमिरे, तत्कालीन प्रहरी प्रमुख कुवेरसिंह राना, वर्तमान आईजिपि उपेन्द्रकान्त अर्याल लगायतका व्यक्ति पनि छानविनको घेरामा छन् । खिलराज रेग्मीको सरकार रहँदा बजार मूल्य भन्दा चारगुण महंगो इटालीबाट झिकाइएका हतियारको खरिद गरेको भन्दै लेखा समितिले छानविन गर्न लागेको हो । केहि दिन अगाडी बसेको लेखा समितिको बैठकले उनीहरुमाथि छानविन सुरु गर्ने निर्णय गरेको हो । बैठकमा केहि सभासद्हरुले हतियार प्रकरण्नामा भएको भ्रष्टारको छानविन हुनु पर्ने माग राखेका थिए । यस विषयमा अझै गहन तरिकाले छलफल गर्ने भन्दै लेखा समितिको बैठक स्थिगित गरिएको थियो । खिलराज रेग्मीको सरकारको पालामा महंगो मुल्यमा इटालीबाट हतियार नेपाल ल्याइएको आरोप उनीहरुमाथि लागेको छ । संविधान सभाको निर्वाचन गर्नका लागी खिलराज रेग्मीको सरकारले नेपाल प्रहरीका लागी सर्ट गन र पेस्तोल खरिदको रकम निकासी गरेको थियो । हतियार खरिद सम्बन्धी इटालीयन कागजात अनुसार १२ वोर्ट सर्ट गनलाई प्रतिथान दुई हजार तिन सय ७० अमेरिकीन डलर ठेक्कावालाले तिरेका थिए । जसमा सय थान सर्ट गनका लागि सरकारले दुई लाख ३७ हजार अमेरिकिन डलर तिरेको थियो । सोहि क्रममा खरिद गरिएको ५० थान ९ एमएम पेस्तोलको मुल्य आबश्यक भन्दा बढि तिरेको उक्त इटालियन भौचरमा उल्लेख गरिएको छ । एउटा पेस्तोलको सात सय ५८ अमेरिकिन डलरका दरले ५० वटाको ३७ हजार नौ सय अमेरिकी डलर सरकारले तिरेको थियो । उक्त हतियारको वास्तविक मुल्य भन्दा प्रतिथान २ सय अमेरिकिन डलरले बढि रहेको स्रोतले बताएको छ । सरकारमा रहदाँ निकै राम्रो काम गरेको बताइने खिलराज रेग्मीको सरकार प्रति अहिले धेरै आलोचना हुन थालेको छ ।

Post a Comment

0 Comments