Subscribe Us

चरीकी प्रेमिका खुश्वु ओलीका अर्का प्रेमी पनि भेटिए

काठमाडौं, १० भदौ । ‘ग्याङस्टार’ दिनेश अधिकारी ‘चरी’ प्रकरण सकिएको छ, तर घटनाको वास्तविकता भने अझै बाहिर आउन सकेको छैन । प्रहरीले मुठभेडमा मारिएका भनेका चरीको मृत्युपछि सबैभन्दा बढी उनकी प्रेमिकाले चर्चा कमाइन् । चरीकी प्रेमिका मोडल खुश्वु ओलीले आफ्ना पूर्वप्रेमीले प्रहरी लगाएर चरीको हत्या गरेको बताएपछि दुई साता यही विषयले मिडियामा चर्चा कमायो । मृत्युको १८ औं दिनमा शनिबार चरीको दाहसंस्कार भइसकेको छ । उनको हत्या भएको भन्दै संसदमा समेत चर्को आवाज उठेपनि गृहमन्त्री वामदेव गौतमले प्रहरीलाई साथ दिएपछि चरीका सहयोगीहरूको प्रहरीलाई कारबाही गराउने अभियान फेल खाएको छ ।
उनकी प्रेमिका खुश्वु ओलीको चर्चा भने अझै सेलाएको छैन । आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाले प्रहरीलाई लगाएर हत्या गरेको उनले बताएकी थिइन् । तर त्यसको कुनै आधार भेटिएन । बरु खुश्वुका भूतपूर्व प्रेमीहरू भने भेटिन थालेका छन् । स्रोतका अनुसार अर्पण कोइरालासँग भन्दा पहिले खुश्वुका प्रेमी अजय पोखरेल थिए । त्यसबेला रोयल क्यासिनोमा काम गर्ने पोखरेल अहिले कान्तिपुर टिभीको एक श्रृङखलामा पनि अभिनय गर्ने गर्दछन् । अजय र अर्पण साथी थिए । केटीहरूलाई घुमाउने र रमाइलो मात्र गर्ने स्वभावका पोखरेलले नै खुश्वुसँग अर्पणको भेट गराइदिएका थिए । अर्पणले खुश्वुलाई माया गर्न थालेपछि अजयले खुश्वुसँग खुशीसाथ नै भेट्न छाडेका दृष्टिमा खबर छ ।
खुश्वुको मायामा अर्पण पागल हँुदै गए र सम्पूर्ण सम्पत्ति सिध्याए । पुख्यौली सम्पत्तिसमेत बेचेर उनले खुश्वुलाई खुशी बनाए र केही सम्पत्ति चरीसँग लागेर क्यासिनोमा सिध्याए । सम्पत्ति सिध्याएपछि खुश्वुको घरमा समेत उनलाई प्रतिबन्ध भयो । यही बीचमा खुश्वुको चरीसँग प्रेम सम्बन्ध गाँसिएको थियो । पैसा सिद्धिए पनि अर्पणको खुश्वुका लागि माया भने बाँकी नै थिए । त्यसकारण फोन गरी खुश्वुलाई धम्क्याउन थाले । यही बीचमा चरी मारिएपछि अर्पण, खुश्वु र चरीबीचको त्रिपक्षीय प्रेमकथा बाहिर आएको हो । तर खुश्वुका अन्य पूर्वप्रेमीहरूसँग कथा भने बाहिर आउनै बाँकी रहेको स्रोत बताउँछ । स्रोतःखबरदैनिक

Post a Comment

0 Comments