Subscribe Us

डनमाण्डुको बाटोमा काठमाडौं,
यसरी भयो राजधानीमा गुण्डागर्दीको सु्रुवात

 काठमाडौं । नेता, कालो कारोबारी र ठेकदारले आफु अनुकुल प्रयोग गर्ने अपराधिक समुहका नाईके  तिनै नेता र ठेकदारलाई भर्याङको रुपमा प्रयोग गरी अपराधको सिंडी चढ्दै देश चलाउने हैसियत बनाउने तरखर गर्दै छन । गुण्डागर्दीबाट कमाउने कालोधन र राजनीतिक दलका प्रभावशाली नेताको आडभरोसा र संरक्षणले अलकापुरी नगरी काठमाडौं डनमाण्डुमा परिणत हुने खतरा बढेको छ ।


                          यसरी भयो राजधानीमा  गुण्डागर्दीको सु्रुवात    

देशमा चलेको ३७ वर्षलामो पञ्चायती ब्यवस्था नै गुण्डागर्दीको उदगम भएको जानकारहरु बताउछन् । पंचायतीकालबाट शुरु भएको गुण्डागर्दीको लहरो लोकतत्रसम्म आईपुग्दा फाँड्न नसकिने गरी झाँगिएको छ । पञ्चायतकालमा नेताहरुले चुनाव जित्नको लागी प्रयोग गरेका युवाहरु लोकतत्रसम्म आईपुग्दा कोही नेता बन्न पुगे भने कोही गुन्डाका नाईके । गुण्डागर्दीको बाटो हुदै राप्रपाका जगत गौचन नेताहुदै सहायक मन्त्री समेत बने । पञ्चायतकालमा चुनाव जिताउन प्रयोग भएका दिवाकर घले, लालकाजी लामा, दिपक मनाङे भनिने राजिब गुरुङ  र मिलन चक्रे भनिने मिलन गुरुङ  मध्य मनाङे र चक्रे राजधानीका आपराधीक समुहका ठूला नाईके नै बन्न पुगे । घलेले खासै जमाउन सकेनन् । 


लामा यहिलेपनि पशुपति शमशेर राणाले नेतृव्य गरेको राप्रपा पार्टीमा राजनीति गदै छन् । तर चक्रे र मनाङगे अपराधिक क्रियाकलापमा बढी नै सक्रिय बन्न थाले । राजनितीक नेताले चुनावमा र  निमार्ण जगतका ठेकेदारले टेण्डर कव्जा गर्न चक्रे र मनाङगेको प्रयोग गर्न थाले । टेण्डरबाट आर्थिकसमेत हातलाग्न थालेपछि टेण्डर कव्जाको बिषयलाई लिएर ग्याङवाार शुरु हुन थाल्यो । एक ग्याङ चक्रे र अर्को दिपक मनाङगे । कसले गाडी चड्ने, रामो लगाउने जस्ता देखा सिकीका कुराले गर्दा आफ्नो असहमित ईच्छा पुरागर्न व्यापारीसंग हप्तावारी लिनपनि सुरु भयो । बिरोजगारका कारणले ग्याङमा सामेल हुने युवापनि बड््न थाले । जोशजाङर भएका युबा ग्याङवारमा जसले राम्रोसंग लडांई लड्न सक्थ्यो उसले भागबन्डामा हिसाब किताबपनि राम्रै पाउने गर्थे । मनाङगे र चक्रेमा चक्रे बढी नै शक्तिसाली बन्दै गए । ग्याङवारमा चक्रे आफै मैदानमा उत्रिन्थे भने मनाङगे सहयोगीको भरमा लडांई लडेन थाले ।

 यो  बेलासम्म राजधानीमा अन्य केहि टोले डनको पनि आगमन हुन थालीसकेको थियो । चाबहिलका राजु गोर्खाली तेस्रो डनको रुपमा राजधानीमा स्थापति बन्न खोजे । उता नया बानेश्वमा सेक्सी उफ मिलन श्रेष्ठेपनि आफ्नो क्षेत्रमा बर्चश्व कायम गर्नथाले । यनिहरु बिच क्षेत्रका कुरालाई लिएर मनमुटाब सुरु हुनथाल्यो । अन्य टोलका आपराधिक समुहका नाईकेलाई यि चारले प्रभापमा पारेर आफ्नो हैकम कायम गर्न थाले । मैतिदेबीका रेशम लामा, कालोपुलका बद्री गुरुङ, बिसाल नगरका नबिन श्रेष्ठ, सुनधारका पुर्ण श्रेष्ठ, बालुवाटारको दिनेश चक्रे संग आबद्ध हुन पुगे । मैतिदेबीका अर्का डन  अमित लामा, मनाङगेसंग आबद्ध भए । 

 बानेश्वरका सेक्सी मिलन भित्र भित्रै मनाङगेलाई मौन समंथन गर्न थाले । दरबारमार्ग, ठमेल, नयांबानेश्वर, बसपार्क बालाजु लाजिम्पाट क्षेत्रका राजा मनाङगे बन्न पुगे । चक्रेले माहाराजगंज, चाबहिल, सुनधारा, नारायणथान, मुलपानीमा आफ्नो हैकम स्थापीत गर्न सफल भए । मनाङेको ग्याङ बढी रात्रीकालीन व्याबसायमा आबद्ध हुन थाले चक्रे बालुवा खानीका मालीक बन्न पगे । क्षेत्रका बिषयलाई लिएर चक्रे र मनाङगेको वार सुरु हुन थाल्यो । मनाङगेले आफ्नो घर नजिकको बसपार्कमा हैकम जमाउदा चक्रेलाई असह बन्न पुग्यो अनि सुरु भयो ग्याङवार । बसपार्कबाट मनाङगेलाई लख्टेर चक्रेले क्षेत्र बढाउन सफल भए । बसपार्क चक्रेको कव्जापछि सुरु भएको वार चक्रेमिलन कारागार चलान भएपछि मात्र रोकिएको थियो । लिडे स्वभावका चक्रे र चतुर मनाङगे एक अर्का सिध्याएर काठमाडौंमा एक क्षत्र राजगर्न चाहेन्थे । मनाङगे चतुर भएपनि सहयोगीका अभाबका कारण कमजोर बन्दै गएका थिए । 


उता चक्रेको समुहमा साजन महर्जन, कुमार श्रेष्ठ उफ घैंटे, र चक्रेका आफ्नै भाई तेजेन्द्र गुरुङ, मनराज गुरुङ, भिम गुरुङ, भुबन गुरुङले काठमाडौमा तहल्का मञ्चाउन थालीसकेका थिए । मेनपाउर, हाउजिङ, ठेक्कापटमा चक्रेसमुहको राज हुन थाल्यो । सुनधारा, बागबजार क्षेत्रमा रात्रीकालीन ब्यावसायपनि चक्रेका भाईहरुले सुरु गर्न थाले । उता मनाङगेसगं भएका केहि सहयोगी बुढा भए, केही बिदेश पलाएन, मनाङगेलाई ठमेल जोगाउनपनि धै धै हुन थाल्यो । कालीमाटी स्थित सोल्टी होटलमा कामगर्दा स्थाईनीयसंग झगडा परेपछि अन्य क्यासिनोमा जागिरमा लागेका काभ्रेका गणेश लामाको पाखुरामा आंखा पुग्यो मनाङगेको । चक्रे मिलनको दस्तालाई तह लगाउन सक्ने समूहको खोजिमा मनाङगे थिए । त्यसताका त्रिचन्द्र क्याम्पसमा भएको खुकुरी काण्डमा गणेश लामाको नाम मनाङगेले सुनेका थिए । 

काजी शेर्पा आबद्ध भिम, भुबनले त्रिचन्द्रमा खुकुरी काण्ड मञ्चाउदा लामा घाईते भएपनि एकैले चक्रे समुहलाई धपाउन सफल भएका थिए । लामा संरक्षकको खोजीमा थिए मनाङगे सहयोगीको । लामाको समुह मनाङगेको समुहमा आवद्ध भएपछि राजधानीमा ग्यांङगवारले उग्र रुप लियो । मनाङगेको गफ र काभ्रेका लामाको सिरुपाते खुकुरीले अंततः चक्रेके हात नै छिनीयो । चक्रेको हात छिनीएपछि चक्रपथको दुस्मनको रुपमा मनाङगे नभई गणेश लामा हुन पुगे । चक्रेको हात काटेको अभियोगमा मनाङगे कारागार चलान भए । ठमेलमा काभ्रेलीको एक क्षत्र राज हुन थाल्यो । काभ्रेली समुहमा एक सा एक लडाकुको आगमन हुन थाल्यो । बिष्णु लामा, उमेश लामा, रमेश सुनुवार, चन्द्र लामाले गणेश लामाको नेतृव्यमा काभ्रेली समुह राजधानीको छुट्टै अस्तित्व बोकेको समुहका रुपमा खडा भयो । जसका कन्ट्रोलर थिए, दिपक मनाङगे । चक्रे मिलनको हात काटिएको काण्डमा मनाङगे मुछिएपछि उनी जेल चलान भए ।

 त्यसपछि राजधानीमा एकछत्र काभ्रेली समुहले राज गर्न थाल्यो । चक्रेको पनि बालुवा खानीको हिसाब किताब नमिल्दा आफ्नै सहयोगी यादब ढंगोेलको हत्या गरेको अभियोगमा कारागार पुगे । राजधानीको दुई डन मनाङगे सदर खोर डिल्लीबजार र चक्रे केद्रिन्य कारागार सुनधारामा जेल जिबन बिताउन थाले । त्यती बेला सम्म राजधानीमा तेस्रा डनका रुपमा रहेक राजु गार्खाली पनि एक युबतीको लागी आफैले संञ्चालन गरेको दरबारमार्ग स्थित डिस्को रोएलमा सुनधारस्थित बेबिलोन डिस्कोका मालिक राकेश लिम्बुलाई तरबार प्रहार गरी हत्या गरेको अभियागमा कारागार पुगीसगेका थिए । पछिल्लो समय प्रहरी गुण्डागर्दी नियन्त्रमा आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरु राजनीतिमा ओत लागेपनि हैसयत खोज्न थालेका हुन । दीपक मनाङे संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बनेका छन् । मिलन चक्रे भने पहिलेदेखि नै एमालेमा आबद्ध छन् ।

 गणेश लामा विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रिय सदस्य छन् । राजु गोर्खाली पनि कांग्रेसमै आबद्ध छन् । कुमार घैंटेपनि कांग्रेस नेताहरुकै छत्रछायांमा आपराधिक संञ्जाल फैलाउदै आएका छन् । प्रहरी अधिकारीहरु अवैध गतिविधिविरुद्ध प्रशासन आक्रमक भएकाले डनहरु राजनीतिक संरक्षणँमा लागेको बताउंछन् । नेपाल प्रहरीको केद्रिन्य अनुुसन्धान व्यूरो (सिआईबी) ले ५ डनको अबैध सम्पत्तीको छानबीन गरेपनि अन्यलाई छानबिनको दायरामा ल्याउन सकेको छैन्

                                     यस्तो छ, ‘डनको जिवन र आयस्रोत’ 

 पछिल्लो समय संगठित रुपमा हुने गुण्डागर्दी राजधानीमा ब्यापक रुपमा मैलाएको छ । गुण्डागर्दीको चपटेमा प्राय जिल्लाका सदरमुकामपनि अछुतो छैनन् । राजधानीसंग जोडिएका भक्तपुर, ललीतपुर, काभ्रे, धादिङ, मकवानपुर, नुवाकोट लगाएतका जिल्लामा पनि राजधानीकै डनका आसेपासेले जरो गाडेका छन् । राजधानी लगाएतका जिल्लाहरुमा हुने ठेक्कापट्टाको कमिशन नै डन र आसेपासेका मुख्य आयस्रोत बन्न पुगेको छ ।

 यसको अलवा अबैध रुपले संञ्चालान भएका बालुवा खानी, क्रसर उद्योग, ढुगां खानी, निमाणधिन हाईडो लगाएतमा सुरक्षाका नाममा डनहरुले हप्ता असुली गरी जिवनलाई बिलासिताका साधानबाट समाजमा विशिष्ट व्यक्तिका रुपमा परिचीत गराउन थालेका छन् । अधिकास्स डनहरु रक्तचन्दन तस्करीका कारण राता रात करौडपति बन्न पुगेका छन् । अहिले पनि केही अपराधिक संगठनका नाईके चन्दन तस्करीसंग साझेदारी रुपमा यो अबैध धन्दालाई निरन्तरता दिदै आएको बेला बेलामा बरामत भएको चन्दनले पुष्टी गर्दै आएको छ । पहिला केहि रुपैयांको लागी काटमार गर्ने समुहका नाईके अहिले रुपैयां खर्ज गरी अपराध गराउन सक्ने क्षमतावान हुन थालेका छन् । 


केहि महिना अघि ललीतपुरमा भएको गोलीकान्डले यो कुरालाई पुष्टी गर्ने आधार मिलेको छ । भूमिगत रुपमा अपराधिक क्रियाकलाप संञ्चालन गर्दै आएका रमेश बाहुन उफ सुजन पौंडेलले ठेक्काको कमिसन नपांउदा भाडामा सुटरको प्रयोग गरी ललीतपुरका अर्का चल्तीका डन मिनकुष्ण महर्जनमाथी गोली प्रहार गर्न लगाईएको प्रहरीको अनुसन्धानमा खुलेको छ । महर्जनलाई गोली प्रहार गर्ने सुटर दुर्गा राई अर्का अपराधिक समुहका नाईके गत साता प्रहरीको मुठभेटमा मारिएका चरीको दाहिने हात रहेको प्रहरीको दाबी छ । राई चरीको समुहमा आबद्ध हुन अघि भक्तपुरका अनिल हेक्का, दिपक थापाले भाडामा प्रयोग गर्दै आएको गुण्डाका एक सदस्यले बताए । 

 एमालेमा आबद्ध रहेका चरी र बाहुनले पछिल्लो समय राजधानीमा बन्द भएको ग्याङवारलाई फेरी तताउन थालेको प्रहरीको बुझाई रहेको थियो । त्यसैले प्रहरीले बाहुन र चरीको खोजीमा बिषेश सक्रियता अपनाएको थियो । ६ महिना देखि फरार रहेका बाहुन लागूऔषधसहित गत महिना पक्राउ परे भने चरी गत साता भुईमा नखस्ने गरी उडे । राजनितीक ओत ओडेका बाहुन र चरीलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन प्रहरीलाई चुनैति थियो । तर प्रहरी बाहुन र चरीको सफायामा सफल भएको छ । ठेकदारलाई ठेक्का कव्जा गर्ने प्रयोग हुने अपराधिक समुह प्राय आफै ठेकदार बनिसकेका छन् । अपराधिक संगठनका नाईकेको अपराध गर्ने तरीका मात्र परिबर्तन भएको हो अपराध अझै संगठित रुपमा मौलाएको प्रहरीको बुझाई रहेको छ । 

 केहि महिना अघि राजधानीका डन कुमार श्रेष्ठ उफ घैंटेले ठेकेदारको नाममा सडक डिभीजन कार्यालय सानो गौचरनबाट आह्वान भएको १४ करोडको सडक निमार्णको काम अन्य ठेकेदारलाई थर्काएर हात पारेका थिए । उजुरी नपरेपछि के गर्ने अपराध भएको थाहा भएपनि आखा चिम्लीन बाध्य हुन परेको एक प्रहरीले बताए । चार बर्ष अघि सम्म प्रहरीको अपराधिक नाईकेका सुचीमा रहेका काजी शेर्पा अहिले तिनै प्रहरीको राशन ठेकेदार बनेका छन् । नक्कली डलर देखाएर लुट्ने धन्दाका जन्मदाता शेर्पा पसमिना लिएर चिनको खासा जान हिडेको  गाडीनै लुटेका थिए । ठमेलमा ठमेल किचेन रेष्टुरेन्टका मालिक बन्दा मनाङेको सुराकी गरी चक्रेलाई सुचना दिएको आरोप लागेपछि शेर्पाले ठमेल छाडेका थिए । चक्रे जेल परेको फाईदा उठाउदै कुमार घैंटे, समिर बस्नेत, मनराज गुरुङलाई साथ लिई अबैध बालुवा खानी संञ्चालन, रक्तचन्दन तस्करीबाट करौडौ असुलेका शेर्पा अहिले सुरक्षा निकायका राशन देखी हातहतियारका ठेकेदार बनीसकेका छन् ।

 ठेक्का कव्जा गर्ने अहिलेपनि शेर्पाले संगठित रुपमा अपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । शेर्पाका अपराधिक क्रियाकलापमा प्रहरी उच्च अधिकृत नै सहयोगी बन्ने गरेको वास्तवीक ठेकेदारहरुको आरोप छ । राजधानीमा संगठित रुपमा हुने अधिकास्स अपराध नेता र प्रहरीकै आडमा हुने गरेको बेला बेलामा व्यवसायहरुले आरोप लगाउदै आएका छन् । नेपाल निमार्ण व्यवसाय संगका अध्यक्ष जिबराज लामिछाने ठेक्का पट्टामा गुण्डागर्दी मौलाउनु सरकारी कर्मचारीकै हात रहेको दाबी गर्छन् । 

गुण्डालाई कमिसन नदिदा काममा अवरोध गर्ने हुदा ठेकदारहरु बाध्य भएर कमिसन दिनु परेको उनको तर्क छ । राजधानीमा नाम चलेका चक्रे मिलन, दिपक मनाङगे, राजु गोर्खाली, गणेश लामा, कुमार घैंटे, साजन महर्जन, तेजेन्द्र गुरुङ, समिरमान बस्नेत कुनै कुनै ठेकदारस“ग साझेदारी रुपमा व्यवसाय संञ्चालन गर्दै आएका छन् । उनिहरु ‘क’ बर्गका ठेकदारका रुपमा स्थापीत बनिसकेका छन । अन्य डन र तिनका सदस्यहरुको धन्दा अहिले टेण्डरको कमिशनको लागी ठेकदारलाई फोन गरेर थर्काउने, मिटर व्याजमा पैसा लगाउने,उठाउन, कागज गराउने, चेक कटाउने आदी ईत्यादी काम गर्दै दिन बिन्छ ।  दिनलाई छोडेर रातमा रमाउछन् डनहरु । 

गजल, डिस्को, डान्स, पप जस्ता रात्रीकालीन व्यवसायमा कतिपए डनहरु आफै आबद्ध छन् । राजधानीका ठमेल, सुनधारा, बसपार्क क्षेत्रमा रहेका अधिकांस रात्रिकालीन व्यवसायमा अपराधीक समुहका नाईके तथा उनिहरुका आसेपासेकै दबदबा रहेदै आएको एक व्यवसायी बताउछन् । डन र डनका आसेपासे भन्दा बाहेकले व्यवसाय संञ्चालन गर्नु परेमा त्यस क्षेत्रका डनलाई बिना लगानी निश्चित सेयर र आसेपासेलाई बाउन्सरको जागीर दिनु पर्ने डनहरुको कानुन रहेको छ । 

यदि कसैले डनको कानुनको उल्लघन गरेमा आसेपासेले मानसिक यातना, रेष्टुरेन्टमा खाएर बिल नर्तिने, बिना कारण झगडा गरी रेष्टुरेन्टका ग्राहकलाई समेत डिस्टव गर्ने हुदा व्यवसायीहरु बाध्य भएर डनको कानुनको शिरोपर गर्न परेको व्यवसायी हरुको गुनासो छ । नेपाल प्रहरीका केहि भष्ट अधिकृत र राजनितीक दलका केहि नेताका कारण देशमा गुण्डागर्दी मैलाउदै गएको व्यवसायी हरुले आरोप लगाउदै आएका छन् ।  

Post a Comment

3 Comments

  1. yeha lekheko story praye sabai satya xa tara kehi byekti haru jo allare umerma jhagada gare tinuharulai pani don ko sangya diyeko dekhera ali dukha lagyo,jo byekti allarema jhagada gareka thiye ra bujhne umer pugepaxi k gardaixan ra aja samaj ma kun status xa tyo pani ramrosabga bujhera lekhidiyeko vaye ti kehi byekti ko ijjatma aanch aaune thiyena hola

    ReplyDelete
  2. DONHARU HOINNA YINIHARU FAUREE GUNDAHARUHUN YESTALAI ENCOUNTERGARI CHADO BHANDA CHADO KHATAM GARNU NEPAL POLICEKO THULO HELP AWASYAK CHHA NEPALMA

    ReplyDelete
  3. yo kumar ghaitee bhanee kohi hoinna restaurantma kamgarnee sukulgundaharu yesko paalo aaba charilaijastigari encounterma marnuparchha NEPAL POLICEKO GOLI ABA YESKO CHATIRA TAUKOMA PARNECHHA

    ReplyDelete