Subscribe Us

एसीसी युथ–१६ क्रिकेटमा नेपालको सानदार सुरुवात, थाईल्याण्ड पराजित

काठमाडौं, श्रावण २९ । नेपालले एसीसी युथ सिक्सटीन प्रिमियर क्रिकेटमा विजयी सुरुवात गरेको छ । मलेसियामा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाईल्याण्डलाई १० विकेटले हराएको हो ।
एशीयाका टेष्ट नखेल्ने ६ राष्ट्र सहभागि प्रतियोगिता राउण्ड रविन लिगको आधारमा संचालन हुँदैछ । प्रतियोगितामा नेपालसँगै थाईल्याण्ड,बहराईन, मलेसिया, ओमान र सिंगापुर सहभागि छन् । नेपालले आफ्नो दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।
स्रोत: इमेजखबरडटकम

Post a Comment

0 Comments