Subscribe Us

आफ्ना माग २४ घण्टामा पुरा नभए संसद अवरुद्ध पार्ने चेतावनी

१० भदौ, काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय गणातान्त्रिक मोर्चाले सरकारलाई उच्चस्तरीय राजनीतिक समिति गठनका लागि २४ घण्टाको समयसीमा दिएको छ । आफ्ना माग २४ घण्टामा पुरा नभए संसद अवरुद्ध पार्ने चेतावनी पनि मोर्चाले दिएको छ ।

केही बेर अघि सिंहदरवारमा बसेको एमाओवादी र मधेसवादी दल सम्बद्ध मोर्चाको बैठकले सरकार र मोर्चाबीच भएको चार बुँदे सहमति कार्यन्वयन नभए भोलि देखि संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
एमाओवादीले संविधानसभा भन्दा बाहिरबाट उच्चस्तरीय राजनीतिक समिति बनाउने पूर्वसहमित कार्यन्वयन नगरे विद्रोहको चेतावनी दिएपछि संविधान निर्माण प्रक्रियामा शुरु भएको छलफल समेत प्रभावित भएको छ ।
संयन्त्र गठन नभए सम्म कुनै प्रकारका वार्तामा नबस्ने अडान समेत एमाओवादीले लिएको छ ।
तर हिँजो मात्र सत्तारुढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले एमा‌‌ओवादीको माग पुरा गर्न नसकिने निष्कर्ष निकालेका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले सोमबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सहमति कार्यन्वयन नभए संसद अवरुद्ध हुने चेतावनी दिएका थिए ।स्रोतःखबरदैनिक

Post a Comment

0 Comments