Subscribe Us

बामदेबलाई सरकारबाट विदाई गर्ने हल्लाले एमालेमा खैलाबैला

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई दसैंपछि सरकारबाट फिर्ता बोलाउने तयारी भइरहेको चर्चासँगै एमाले पंत्तिमा खैलाबैला मच्चिएको छ । गौतमको बिदाई प्रधानमन्त्री अमेरिका जानुअघि नै हुन लागे पनि उनले सार्क गृहमन्त्रीस्तरीय बैठक आयोजना गरिसकेका कारण यस्तो निर्णय नगर्न अध्यक्ष केपी ओलीलाई भेटेर आग्रह गरेको चर्चा पनि ओली निकट नेताहरुबीच चलेको छ ।
ओलीलाई अध्यक्ष बनाउन लागेका गौतमलाई सरकारबाट फिर्ता बोलाइहाल्ने आँकलन कसैले नगरे पनि अध्यक्ष ओलीलाई प्रधानमन्त्री कोइरालाबाट पनि दवाव परेको स्रोतको दाबी छ । बामदेबलाई कांग्रेसका कसैले पनि विश्वास नगरेको र कार्यबाहक दिएर हिँड्ने अबस्था समेत नभएको भन्दै कोइरालाले गौतमलाई हटाएर अर्को जनता र कांग्रेस सबैले स्वीकार गर्ने नेता पठाउन आग्रह गरेको स्रोतलाई उद्धृत गर्दै आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।
स्रोतले दसंैपछि बामदेबसहित कांग्रेस र एमालेका केही मन्त्रीको विदावारी हुने दाबी गरेको छ । यो पटक गौतमको निर्णय क्षमता कमजोर भएकोमा आलोचना भइरहेको छ । पहिले गृहमन्त्री हुँदा जुन क्षमता र साहस उनमा थियो, त्यो अहिले नदेखिएको बताइएको छ । उनले सम्हालेको मन्त्रालयभित्र प्रहरी,सशस्त्र प्रहरीदेखि प्रमूख जिल्लाअधिकारीहरुको सरुवा वढुवामा समेत गौतम कमजोर देखिएको एमाले वृत्तमा चर्चा छ । गृहमन्त्रालयलाई गति दिन नसकेको र कमाण्ड गर्न नसकेको आरोप पनि उनिमाथि लाग्दै आएको छ ।- Source:ratopati

Post a Comment

0 Comments