Subscribe Us

पहिलो प्रेमीसँगै विवाह हुने ठोकुवा

bishnuसोल, भाद्र ३० - चलचित्र 'निशानी' नेपालमा चलिरहेका बेला मुख्य भूमिकामा रहेकी नायिका विष्णु चेम्जोङ भने कोरियाको राजधानी सोलमा भेटिइन्। तुङदेमुनको सपिङ कम्प्लेक्समा भेटिएकी चेम्जोङ कोरियाली डिजाइनको वस्त्र हेर्दै थिइन्। उनी कहिले पmयानहरूसँग फोटो लिँदै थिइन् भने कहिले कम्प्लेक्सका कर्मचारीहरूसँग। त्यहाँ जम्मा भएका पmयानहरूसँग भन्दै थिइन्, 'कोरियन कलाकारहरूको ड्रेसअप एकदमै मन परेकाले यहाँ छिरेकी हुँ।'

सोलमा आयोजना गरिएको एक सांस्कृतिक कार्यक्रममा भाग लिन आएकी उनले दुई घन्टा सपिङमै बिताइन्। त्यसपछि लोटेरिया क्याफेमा छिरिन् र केहीबेर गफिइन्। चलचित्रमा मुख्य नायिकाको भूमिकामा रहेकी उनले निशानी सन् १९९९ मा भारत र पाकिस्तानबीच भएको भीषण्ा युद्धमा आधारित पारिवारिक र सामाजिक माहोलमा निर्माण्ा गरिएको मौलिक चलचित्र भएको दाबी गरिन्।

दोस्रोचोटि कोरिया आएकी चेम्जोङले अभिनय यात्रा भने लिम्बू संस्कृतिमा आधारित नेपाली भाषी 'चेसुङ'बाट सुरु गरेकी हुन्। उनले लिम्बू भाषाको 'थोक्ला' मा पनि अभिनय गरेकी छन्। करिअरको सुरुआतमा अभिनय गर्छु भनेर नसोचेकी उनले 'निशानी' मा पाएको भूमिकाले कन्पिmडेन्स बढेको सुनाइन्। 'अफर अनुसार आफूमा क्षमता भएको महसुस गरेकी छु।' उनले थपिन्, 'राम्ा्रो स्त्रिmप्ट पाए अभिनयलाई नै निरन्तरता दिन्छु।'

चेम्जोङ गायन क्षेत्रबाट सांगीतिक दुनियाँमा प्रवेश गरेकी हुन्। उनी २००६ की 'नेपाल स्टार' हुन्। सानै उमेरदेखि गीत गाउन रुचाउने उनले त्यतिबेला चार हजार प्रतिस्पर्धीलाई पछि परेकी थिइन्। उनले हालसम्म ५ सय नेपाली र ५० भन्दा बढी लिम्बू भाषाका गीतहरू गएकी छन्। गजल गायनमा समेत लम्किँदै गरेकी उनको 'शान्ति लुकाऔं कहाँ' शीर्षकको राष्ट्रिय गीत चर्चित छ। सबै विधाका गीत गाइसकेकी चेम्जोङले अनुभव सुनाउँदै भनिन्, 'सफलता र असफलताको भाग्य गीत आफैंले बोकेर ल्याएको हुन्छ।'
धनकुटा पुख्र्यौली भए पनि धरानमा जन्मिएकी चेम्जोङले आफूलाई प्रेम प्रस्ताव आउने गरेको खुलाइन्। उनले जो बने पनि पहिलो प्रेमीसँगै विवाह हुने पनि ठोकुवा गरिन्। 'अहिलेसम्म पहिलो प्रेम नै गरेको छैन हाउ,' लिम्बू लवजमै थपिन्, 'यो उमेरमा पनि प्रेम प्रस्ताव आएन भने त खत्तम हुन्छ नि।' कान्तिपूरबाट

Post a Comment

0 Comments