Subscribe Us

दुई करोड लुट्न चाचनको हत्या
४ बर्षपछि मुख्य सुटर पक्राउ

अभियुक्त सुनिल महर्जन 
काठमाडौं । व्यापारी अन्जनीकुमार चाचन हत्यापछि तत्कालिन समयमा काठमाडौंको सुरक्षागर्न नसकेको आरोप लगाउदै सरुवा गरिएका एसएसपी पुस्कर कार्कीलाई मिठो सफलता हात लागेको छ । अपराध महाशाखाको प्रमुख भएर आएको एक महिना नबिन्दै एसएसपी कार्कीले चाचन हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेर आफू समक्ष प्रहरी अधिकृत भएको पुष्टी गर्न सफल भएका छन् ।

 महानगरिय प्रहरी परिसर काठमाडौंमा एसपी हुदाँ दुई साता भित्रै व्यापारी अन्जनीकुमार चाचन र प्रेमकृष्ण“ महर्जनको हत्या भएपछि तत्कालिन समयमा एसपी कार्कीलाई असक्षम दाबी गर्दै परिसरबाट हटाईको थियो । चाचन र महर्जनको हत्या एउटै पेस्तोतबाट निस्केको गोलीबाट भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो । 
अभियुक्त निरज केसी

तत्कालिन समयमा हत्यामा संगल्न दुई अभियुक्त राजु डंगोल र अशोक गोले  पक्राउ परेपनि मुख्य सुटर मानिएका निरज केसी र सुनिल महर्जन   भने  फरार भएका थिए । डंगोल र गोले केन्द्रिय कारागारमा कैद भुक्तान गरिरहेका छन् भने केसी र महर्जन  विगत ४ बर्षदेखि कहिले भारत त कहिले नेपालको बिभिन्न ठाँउमा लुकुछिपी बस्दै आएको महाशाखाले जनाएको छ ।  नेपाल पसेको सुचना पाएपछि महाशाखाले मुख्य सुटरलाई  करीव ४ बर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको हो ।

 काठमाडौं गणँवहालस्थित एभी इन्टरप्राइजेजका सञ्चालक भारत राजस्थानका चाचनको ०६७ चैत २७ मा र टेकुुस्थित एक्साइड ब्याट्री शोरुमका महर्जनको हत्या ०६७ चैत १० मा भएको थियो । दुबै हत्याका प्रमुख अभियुक्त निरज केसी र सुनिल महर्जनलाई अपराध महाशाखाले पक्राउ गर्न सफल भएको हो । महर्जनलाई प्रहरीले भदौ १४ गते काठमाडौं नक्सालबाट र केसीलाई भदौ २५ गते धरानबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । पक्राउ परेका महर्जन र केसीमाथि ठमेलमा भिक्षुँ नीमा लामालाई गोली प्रहार गरी १० लाख लुटेको, बाफलमा खुकुरी देखाएर लुटपाट गरेको र पाल्पाका सुदीप बस्यालमाथि टेकुमा गोली प्रहार गरेको अभियोग पनि रहेको एसएसपी कार्कीले जानकारी दिएका छन् ।

 उनीहरुले पछिल्लो समयमा भारतको मुम्बईमा फास्ट फुड रेष्टुरेन्टको व्यापार गर्ने तयारी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । यि अभियुक्त २०६५ सालबाट संगठित समुह बनाएर अपराधको दुनिया“मा छिरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । गिरोहले २०६५ सालमा पेस्तोल दुई थान र ३० राउण्ड गोली किनेर अपराधमा संगल्न हुन थोलेका थिए । उनिहरुको उद्देश हत्या भन्दापनि लुटपाट गर्ने रहेको थियो । हुण्डी गर्न राखेको दुई करोड रुपैयाँ चाचनसँग रहेको चुचना गिरोहले पाएपछि लुटपाट गर्ने उद्देशले चाचनमाथी दुई गोली प्रहार  भएको प्रहरीको दाबी छ । दुई गोली लागेको चाचनको बिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 यस्ता जघन्य अपराधका अभियुक्तहरु प्रायःजसो भारतमा लुकीछिपी बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । अपराधका फाइल खोलेर खोजी गर्ने क्रममा । महर्जन र केसी पक्राउ परेको पत्रकार संम्मेलनमा एसएसपी कार्कीले बताए । खुल्ला सिमानाका कारण नेपालमा अपराध गरेका अभियुक्तहरु सहजै भारतमा पस्न सक्नेहुदाँ पक्राउ गर्न समस्या हुने प्रहरीको दाबी छ ।

Post a Comment

0 Comments