Subscribe Us

जाली राहदानीमा नेपाल पस्छन सिरियााली

 काठमाडौं । सिरियाली नागरिक मोहमद घुसा अलमास्ट गत साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । उनलाई ‘जाली राहदानी अरुको राहदानीमा फोटो परिवर्तन गरेको प्रयोग गरेको आरोपमा अध्यागमन कर्मचारीले पक्राउ गरेका थिए । उनले रोमानियाका एक नागरिकको १००१६४६३ नम्बरको राहदानी प्रयोग गरेका थिए ।

गत जेठ १० गते त्रिभुवन विमानस्थलमै नक्कली राहदानीसहित एकसाथ तीन सिरियाली नागरिक समातिए । पक्राउ पर्नेमा मोहमद फारह्याट, ओमार अलोमारी र आयम्यान अलोमरी थिए । फारह्याटले ग्रिसका नागरिक इलिफारिस च्याट जिप्पालिजको ‘ए २११४६४९६’ ओमारले ग्रिसकै जर्जियस रासलसको ‘एके १४७१४०२’ र आयम्यानले सिरियाकै एक नागरिकको ‘एन ००४६८४४५२’ नम्बरको राहदानी प्रयोग गरेका थिए ।

जेठ १ गते पक्राउ परेका लेला सलाम नाम गरेका सिरियाली नागरिक स्विडेनका नागरिक हनान खाधिमको ८५७३३५१९ नम्बरको राहदानी प्रयोग गरेका थिए ।

यी प्रतिनिधि घटना हुन् । अध्यागमन विभागको अनुसन्धानबाट द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरोप र अमेरिका जान नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरेको खुलासा भएको नागरिकमा खबर छ ।

पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूहरुलाई शरणार्थी दाबी गर्दैनन् । पक्राउ पर्ने व्यक्ति फरक भए पनि उनीहरुले जाने गन्तव्य एउटै बताउने गरेका छन्( युरोप वा अमेरिका । पक्राउपछि बयानमा उनीहरुले यो कबुल गरेका हुन् ।

उनीहरुले १ देखि १२ हजार अमेरिकी डलरसम्ममा विभिन्न देशका राहदानी खरिद गरी फोटो परिवर्तन गरेर नेपाल हुँदै युरोपेली राष्ट्र र अमेरिकालाई गन्तव्य बनाउने गरेको बयानमा बताएका छन् ।

जाली पासपोर्टमा नेपाल आउँछन् सिरियालीहरु

२०७१ भदौ २७ गते ५:५९ मा प्रकाशित
 0  2
 0
२७ भदौ, काठमाडौं । सिरियाली नागरिक मोहमद घुसा अलमास्ट गत साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । उनलाई ‘जाली राहदानी (अरुको राहदानीमा फोटो परिवर्तन गरेको) प्रयोग गरेको आरोपमा अध्यागमन कर्मचारीले पक्राउ गरेका थिए । उनले रोमानियाका एक नागरिकको १००१६४६३ नम्बरको राहदानी प्रयोग गरेका थिए ।
गत जेठ १० गते त्रिभुवन विमानस्थलमै नक्कली राहदानीसहित एकसाथ तीन सिरियाली नागरिक समातिए । पक्राउ पर्नेमा मोहमद फारह्याट, ओमार अलोमारी र आयम्यान अलोमरी थिए । फारह्याटले गि्रसका नागरिक इलिफारिस च्याट जिप्पालिजको ‘ए २११४६४९६’ ओमारले ग्रिसकै जर्जियस रासलसको ‘एके १४७१४०२’ र आयम्यानले सिरियाकै एक नागरिकको ‘एन ००४६८४४५२’ नम्बरको राहदानी प्रयोग गरेका थिए ।
जेठ १ गते पक्राउ परेका लेला सलाम नाम गरेका सिरियाली नागरिक स्विडेनका नागरिक हनान खाधिमको ८५७३३५१९ नम्बरको राहदानी प्रयोग गरेका थिए ।
यी प्रतिनिधि घटना हुन् । अध्यागमन विभागको अनुसन्धानबाट द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरोप र अमेरिका जान नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरेको खुलासा भएको नागरिकमा खबर छ ।
पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूहरुलाई शरणार्थी दाबी गर्दैनन् । पक्राउ पर्ने व्यक्ति फरक भए पनि उनीहरुले जाने गन्तव्य एउटै बताउने गरेका छन्- युरोप वा अमेरिका । पक्राउपछि बयानमा उनीहरुले यो कबुल गरेका हुन् ।
उनीहरुले १ देखि १२ हजार अमेरिकी डलरसम्ममा विभिन्न देशका राहदानी खरिद गरी फोटो परिवर्तन गरेर नेपाल हुँदै युरोपेली राष्ट्र र अमेरिकालाई गन्तव्य बनाउने गरेको बयानमा बताएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/09/188576/#sthash.BzDTccLs.dpuf

Post a Comment

0 Comments