Subscribe Us

जेलमा जेलरको जंगी शासन
कैदी बन्दीलाई शोषण गरेर नाईके, प्रहरी र कर्मचारीको भोज

काठमाडौं । जेलमा जेलरहरुले कानूनको खिल्ली उडाउदै कैदी बन्दीको नाईकेबाट आर्धिक लाभ लिने गरेको समाचार प्राप्त भएको छ । प्रचलित ऐन, नियम, र निर्देशिकाहरुवाट निर्धारण गरिएका काम, कर्तव्य एवं दायित्वहरू कडाईका साथ पालना गर्नु पर्ने जेलरहरुले आफुखुसि नाईके नियुक्तगरी मनोमानी तरीकाले आर्धिक लाभ लिदै आएका छन् ।

सरकारले कारागारलाई चुस्त दुरुस्त राख्न कारागार ऐनलाई समय अनुकुल परिवर्तन गर्दै ल्याएपनि कारागारमा खटिएका जेलरले आफु अनुकुल कानून बनाउदै कैदीबन्दीलाई शोषण गर्दै आएका छन् । कारागार ऐन अन्र्तगत चौकीदार, नाइके र सहनाइके नियुक्तीमा जेलरले कानूनको उल्घंन गरी आफू निकट तथा कैदीबन्दीस“ग असुली गर्न सक्ने गुण्डा कैदीलाई नियुक्ति गर्दै आएका छन् । कारगारमा चौकिदार वन्न सम्बन्धित कारागारमा लगातार २ वर्ष वसी सजा“यको ५० प्रतिशत कैद भुक्तान गरेको हुनुपर्ने कानूनी ब्यवस्था छ ।  कारागार नियमावली अनुसार कव्र्तय ज्यान मुद्दा जस्ता जघंन्य अपराधका दश मुद्दाका कैदीलाई चौकिदार बनाउन मिलदैन् ।

 साथै, नाइके, सहनाईकेको हकमा ५० प्रतिशत कैद भुक्तान गरिएको  हुनुपर्छ । नेपाली नागरिक हनुपर्ने तथा जरीवाना वा विगो दाखिला गरिसकेको तथा कम्तीमा ५० वर्ष उमेर पूरा भएको हुनु पर्ने प्रावधान छ । यस्ता कैदी नभएको खण्डमा मात्र ४० वर्ष उमेर पूरा भएकोलाई कैदीहरु चैकीदारका लागि योग्य हुने कानूनी व्यवस्था छ । तर राजधानीकै कारागारमा जेलरले अनैतिक फाईदा लिएर लागूअ‍ैषध, डा“का, कर्तव्य ज्यान जस्ता जघंन्य अपराधमा सजा“य भुक्तान गरिरहेका कैदीलाई जेलको चौकीदारमा नियुक्त गर्दै कैदीबन्दीबाट असुली गर्दै आएका छन् ।

 केन्द्रीय कारागारमा लागूअ‍ैषध मुद्दामा सजा“य काटिरहेका विच्चा तमाङ, भद्रगोलमा अजय सेडाई तथा महिला कारागारमा पनि लागूअ‍ैषध मुद्दाकै पुष्पा हमालले चौकिदारको जिम्मा पाएका छन् ।  राजधानीमा रहेको अर्काे सुविधा सम्पन कारागारका रुपमा चिनेने डिल्लीवजार सदरखोरमा पनि कर्तव्य ज्यान मुद्दामा सज“ाय काटिरहेका कैदीले चौकीदारी गर्दै आएका छन् । सदरखोरको  ‘क’ ब्लकमा दिपक सुनुवार र ‘ख’ ब्लकमा कर्म घलेले चौकीदारको जिम्मा पाएका छन् । गैरकानुनी रुपामा नियुक्ती गरिएका चौकीदारको बिषयमा कारागारका सुब्बा गेइन्द्र भण्डारी अरु मुद्दाका कैदी नभएका कारण कर्तव्य ज्यान मुद्दाका कैदीलाई चौकिदार बनाउनु परेको बताउ“छन् । त्यसैगरी, ललितपुर जिल्लामा रहेको नख्खु कारागारमा पनि ऐनको उल्घन गर्दै चौकीदार नियुक्ती गरिएको छ ।


 नख्खु कारागारको दुई ब्लक मध्य सिआसीमा लागूऔषधका अस्थानी मगर तथा डिआसीमापनि लागूऔषधक मुद्दाकै मनोज लामा चौकीदार रहेका छन् । कारागार ऐन अन्र्तगत यी कुनै पनि कैदी चौकीदार वन्न पाउदैन् । कारागार ऐनको उल्घंन गरी चौकीदार नियुक्ती गरेको बिषयमा नख्खु कारगारका जेलर चक्रमणि गौतम भन्छन्, ‘अरु मुद्दाका कैदी नभएको र अन्य कैदी चौकीदार बन्न इच्छुक नभएकाले नियम बिपरित चौकीदार नियुक्ती गर्नु परेको हो ।’ केन्द्रीय कारागारका जेलरले भने यस बिषयमा केही बोल्न चाहेनन् । कारागारमा ऐननियम भन्दा पनि जुन कैदीले जेलरलाई रिजाउन सक्छ, उसैलाई चौकीदार लगायतका प्रशासनिक कामको जिम्मा दिने गरिएको छ । राजधानिमा नाम चलेका डन, राजनितीक कर्मी, बैकर तथा रुपयां खर्ज गर्न सक्ने जो कोहि कारागार चलान भएमा विहान उज्यालो भएदेखि वेलुका आफुले चाहेसम्म भेटघाटमा बेस्त हुन्छन् । तर सबै कैदि बन्दीमा त्यो लागु हुदैन । 

सामान्य कैदी बन्दी हरुलाई कारागार प्रशासनले दिनको एक पटक मात्र भेटघाट सुविधा दिदै आएको छ । कारागार स्रोेतका अनुसार चाहेको वेलामा फोेन गर्न, भेटघाट गर्न, अस्पतालको बाहानामा बाहिर घुन्न जान कैदी बन्दीहरुले चौकिदार मार्फत जेलरलाई मोटोरकम वुझाउनु पर्छ । कारागारमा भित्री प्रशासनको पदमा बस्न समेत जेलरलाई खुशिपार्नु पर्ने कारणले गर्दा सामान्य कैदी उक्त पदबाट वच्चित रहैदै आएका छन् । चौकिदार, नाईके सह नाईके भाई नाईके जस्ता पदमा रहदा कारागारमा सुविधाका साथै तोकिएको कैदमा समेत पदको हिसावले छुट पाउने भएपछि  कैदी बन्दीहरुमा कारागारको भित्री प्रशासन समाहा्ने विषयमा ठूलै लडाई हुने गरेको स्रोतको दावी छ । 

कारागार ऐन अन्तरगत चैकिदारलाई एक वर्ष बराबरा दुइ महिना छुट दिने व्यवस्था छ । नाइकेलाई डेढ महिना र अन्य पदकालाई एक महिना छुट दिने व्यवस्था रहेको छ । चैकिदार र जेलरको मिल्लोमत्तोेमा कैदीबन्दीबाट आर्थिक फाइदा लिदै आएका छन् । चौकिदारले आफ्नो अनुकूल नचल्ने कैदीबन्दीलाई अनावश्यक यातना दिन र गरेको कारागार स्रोत वताउछं । कारागार ऐनमा कैदीबन्दीलाई अनावश्यक यातना दिन गरेको पाइएमा तुरुन्तै उक्त पदबाट हटाई सो पदमा काम गरे वापतको सुविधाबाट वंचित गरिने कानुनी प्रावधान रहेको छ । 

तर कारागारमा चौकिदारले जेलर र प्रहरीको सांठगांठामा कैदी—बन्दीसंग आर्थिक फाइदा लिदै आएको स्रोतको दाबी छ । यस बिषयमा कारागार व्यावस्था बिभाग प्रमुख सम्भु कोईराला पनि नियम संगत रुपमा कारगार चलाउन नसकिने बताउछन् । चौकिदारको लागी शारीरक रुपमा पनि सक्षम ब्यक्ति आबाश्यक पर्ने हुदा लागु अ‍ैषध मुदाका कैदि चौकिदार बनाउनु परेको उनको जिकिर थियो । कोईरालाले आन्तरीक प्रशासनको लागी थप गुहकारी गरी कारागार ऐन नै परिबर्तन गनु पर्ने बताए ।

Post a Comment

0 Comments