Subscribe Us

कस कसको हल्लियो मुटु ?

काठमाडौं । २ सय ३७ वर्षको राजतन्त्रको इतिहाँसका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई एक्कासी हर्टअट्याक भएपछि धेरैको मुटु हल्लिएको थियो । लोकतान्त्रिक आन्दोलनपछि स्थापित भएको गणतन्त्र नेपालको पहिलो व्वयस्थापिका संसदको वैठकले राजसंस्था नै खारेज गरेपछि उनको संवैधानिक भएर बस्ने इच्छा पनि तुह्यो र राजसंस्था इतिहाँसको अन्तिम राजाका रुपमा उनी कायम भए ।

विभिन्न वितण्डाहरुमा मुछिएका छोरा पारस शाह, ऋणमा डुवेका ज्वाई राजबहादुर सिंह, यातनामा परेकी छोरी, रामरौसमा हिँडेकी बुहारीसम्मको गर्जो टार्दिने ज्ञानेन्द्रलाई गम्भिर प्रकृतिले नै हर्टअट्याक भएपछि सवैको सातो गएको थियो । पारससँग आर्थिक दायित्व केही पनि नभएका कारणले ज्ञानेन्द्र जोखिम पर्दा पूर्वराजपरिवारका सवै सदस्यहरुको आर्थिक स्थिति जोखिममा पर्ने हुन्छ । ज्वाईँ राजबहादुर सिंहदेखि बुहारी हिमानी शाहसम्मको  

अहिले भइरहेको सवै खर्च ज्ञानेन्द्रकै निगाहमा भएको बताउँछ, दरबारीया स्रोत । एक त पारस नेपाल आउने कुराले परिवारमा तनाव छाइरहेका बेला ज्ञानेन्द्र विरामी हुँदा अर्को तनाव छाएको छ, निर्मल निवासमा । ‘पारसले यहि बेला पैसा मागेर हैरान बनाएको बखत, उहाँ विरामी हुनुभयो, यसले परिवारमा अलिक तनाव छाएको छ ।’, निर्मलनिवास सुत्रले भन्यो,‘उहाँले तनाव नलिनुपर्ने सुझाव पहिलेदेखि नै आइरहेको थियो ।’

ज्ञानेन्द्र विरामी भएको यो पहिलो पटकचाँही होइन । अन्तिम अवस्था आएकैले पनि उनलाई हतार गरेर नर्भिक लगिएको थियो । मुटुरोगमा प्राइभेट अस्पताल भएर पनि नर्भिका नविन उपकरण र राम्रा तथा अनुभवी डाक्टर भएका कारण ज्ञानेन्द्रको सफल उपचार हुन सकेको थियो । एमाओवादी नेता पोष्टबहादुर वोगटीको उपचारमा ढिलो भएका कारणले उनको मृत्यु भएको थियो । तर, चिटचिट पसिना आएर विरामी हुनासाथ ज्ञानेन्द्रलाई नर्भिक पु¥याइएको थियो ।

‘राजनीतिक आर्थिक सवै दायित्व र परिवारका सवैलाई मिलाएर लैजाने जिम्मेबार भएका कारण उहाँको उपचार सवैको आवश्यकता थियो ।’, दरबार स्रोतले भन्यो । स्रोतका अनुसार ज्ञानेन्द्रको दायित्वमा भएको व्यक्तिगत सम्पत्ति पनि अरुको नाममा अहिलेसम्म भएको छैन । उनका वरिपरिका सवै आफन्तहरु गैर जिम्मेवार र काम नलाग्ने भएपछि उनको विश्वास कसैमाथि पनि नभएको बताइएको छ । ज्ञानेन्द्र, हिमानी ट्रष्टका संरक्षक हुन् । उनलाई भेट्नका लागि नर्भिकसम्म धेरै पुगेका थिए । पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराईलगायत दरबारीयाजति सवै पुगेका थिए । 

Post a Comment

0 Comments