Subscribe Us

उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन

काठमाडौँ । एनेकपा (माओवादी)का उपाध्यक्ष पोष्टबहादुर बोगटीको आज बिहान निधन भएको छ । बोगटीलाई केही दिनअघि हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । हृदयघातको शल्यक्रिया गरेलगत्तै उहाँलाई मस्तिष्कघाटसमेत भएपछि उहाँको स्वास्थ्यस्थिति गम्भीर बनेको थियो ।

 उहाँको शव अहिले एनेकपा (माओवादी)को पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ । केही बेरपछि उहाँको शव श्रद्धाञ्जलिका लागि टुँडिखेल लैजाने र त्यसपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । रासस

Post a Comment

0 Comments