Subscribe Us

अख्तियारमा दरबन्दी सुनमा सुराकी
ईन्सपेक्टर केपी शर्माको योजनामा १० किलो सुन गायप

 कागठमाडौं । खासाबाट तस्करी गरी काठमाडौं ल्याएको १४ किलो सुन मध्य चार किलो बरामत गरेको नाटक गरेर १० किलो सुन प्रहरीको एक गिरोहले गायप पारेको रहस्य खुुलेको छ । अख्तियारमा कार्यरत प्रहरी निरक्ष्ँक केपी शर्मा र साहक निरक्ष्ँक (असाई) खड्क लामाले सुन क्यारीङ गर्ने गिरोहस“ग मिलेर सुनका मालिक ताबुलाई पक्राउ गरी १० किलोसुन लुकाएर ४ किलोमात्र बरामत देखाएका हुन । बरामत चार किलो सुनमासमेत सुराकी असाई खड्क लामा नै रहेका छन् । 

सुन क्यारिङ गर्ने गिरोह सिन्धुपालचोकका दिनेश श्रेष्ठ हुन । सिन्धुपालचोककै हिमाल  श्रेष्ठको सहयोगमा असाई खड्कले दिनेशलाई १४ किलोसुन समेत पक्राउ गरेका थिए । तर दिनेशले आफूलाई पक्राउ नर्गेन र सुन मालीकलाई दिएपछि समात्ने सहमती अनुसार झोलाबाट १० किलो सुन निकाली सुनको ठांउमा फलाम राखेर बौद्धमा चिनीया“ नागरीकलाई बुझाईको थियो ।

 चिनीया नागरीकले सुन बुझेर स्कुटरको अगाडी भागमा राखेर सय मिटर पर नपुग्दै असाई खड्को टोलीले पक्राउ गरेको थियो । झोलामा फलाम राख्ने योजना हिमाल श्रेष्ठले बुनेका थिए भने, नन्दे श्रेष्ठ, प्रेम श्रेष्ठले योजनाकार हिमाल र असाई खड्कलाई सहयोग गरेका थिए । उक्त बरामत चार किलो सुनमासमेत सुराकि असाई खड्क रहेका छन् । उनले अख्तियारमा कार्यारत प्रहरी निरक्ष्ँक केपी शर्माको आड, भरोसा र सहमतीमा उक्त सुन पचाउने साहस गरेको उनि निकट स्रोत बताउछ ।

 बिभागमा बिबादास्पद छबी भएका निरक्ष्ँक वलीलाई गत साता कारबाही सोरुप अख्तियाारबाट पहरा गणमा सरुवा गरीएको छ । वलीलाई गणमा तानेर प्रधान कार्यालयले थप अनुसन्धानसमेत थालेको छ । गायप बनाईको दश किलो सुन निरक्षक वली, असाई खड्क र हिमालले भागबण्डा गरेका छन् । भने सुन क्यारीङ गर्ने दिनेश श्रेष्ठलाई भने पक्राउ नगरी केहि रकम दिएर खुशि पारेको स्रोतको दाबी छ । दश किलो सुन प्रहरीले लुकाएको बिषयमा आईजीपी सचिवालयले समेत अनुसन्धान थालेको छ ।  चार किलो सुनसहित पक्राउ परेका चीनिया“ नागरीक ताबु भने राजश्व अनुसान्धान बिभागले मागेको धरौंटी राखेर चिन भागीसकेका छन् ।

Post a Comment

0 Comments