Subscribe Us

‘सेक्स मलाई मासुभात जस्तै हो’




नेपाली कलाकारिता क्षेत्रलाई कसरी बुझ्नुभएको  ?
राम्रो हिसावले अगाडि बढ्ने हो भने समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ ।  यस क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ जस्तो लाग्छ । कतिपय सही बाटोमा हिडिरहेका छन भने कतिपय गलत बाटोमा पनि छन् । गलत त्यग्दै सही बाटो पहिल्याउँदै अघि बढ्नुपर्छ समग्रमा नेपाली कलाकारिता क्षेत्र उकालो÷ओरालो कतितिर गइरहेको  ?
ओरालो ।
किन ?
फिल्महरु पनि पहिलेको जस्तो बन्दैन । दर्शकलाई मार्गदर्शक गर्ने खालको भन्दापनि जे मन लाग्यो त्यही बनाउने क्रम चलेको छ । दर्शकको चाहना के छ त्यसको अध्ययनविनै फिल्महरु बन्ने गरेका कारण ओरालो लाग्ने क्रममा छ । निर्माता÷निर्देशकहरु पनि थोरै ज्ञान लिएर यस क्षेत्रमा आउनुहुन्छ । नायिका÷मोडल भन्ने वितिकै मानिसको सोच नै नकारात्मक हुने भएकाले पनि यस क्षेत्र खस्किएको जस्तो लाग्छ ।
तपाई यो क्षेत्रमा के सोचेर आउनुभयो ?
सफल नायिका हुन्छु र समाज विकासमा योगदान पुर्याउछु भनेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
तपाईको इच्छा कहिलेसम्ममा पुरा होला ?
१÷२ वर्षभित्र म सफल नायिका बन्छु भन्ने लागेको छ ।
 त्यसका लागि केके तयारी गरिरहनुभएको  ?
म्युजिक भिडियोहरुमा राम्रो गरिरहेको छु । एक्टिङ राम्रो बनाउन लागिरहेको छु । सफल नायिका बन्न आवश्यक पर्ने सम्पूर्ण काम गरिरहेको छु ।
के देखेर तपाई कलाकारितामा आकर्षित हुनुभयो ?
नायिका बन्ने रहर सानैदेखि थियो । बीचमा रेखा थापाको अभिनय देखेर थप आकर्षित गर्यो । रेखाको फिल्म एउटा पनि छुटाएको छैन । हलमा छुटेको पनि घरमा ल्याएर हेर्छु ।
रेखाको के चाँही मनपर्ने ?
एक्टिङ, अनुहार आदि सवै मन पर्छ ।
नेपाली हिरोमा ?
आर्यन सिग्देल ।
आर्यनको के मन पर्ने ?
चकलेटी फेस, एक्टिङ राम्रो छ ।
तपाई हिन्दीनेपाली वा इङलिस कुन फिल्म बढी हेर्नुहुन्छ ?
हिन्दी पनि हेर्छु तर बढी नेपाली फिल्मनै हेर्छु ।
कतिको गाह्रो  यस क्षेत्रमा ?
निर्देशकको भनाई खानुपर्छ । फिल्म खेल्नेलाई मानिसहरुले राम्रो पनि भन्दैन ।
जस्तै ?
निर्देशकहरुसंग जान्छ आदि, इत्यादी भन्छन । तर सवै त्यस्तो हुदैनन् । यस पाटोलाई पनि बुझ्नुपर्छ ।
संगै फिल्ममा हेल्दा  संगै हिड्नै पर्यो नि हैन ?
पर्छ । तर मानिसहरुले सकारात्मक सोचले भन्दैनन । कोही कोही गलत होलान । तर त्यसको असर सवैमा पर्छ ।
तपाई चाँही कस्तो मोडल ?
मेरो साथीको एउटा कम्पनी छ । उहाँले नै मलाई सुरुमा काम दिनुभयो । मेरो धेरै निर्देशकहरुसंग लिंक पनि छैन । मेरो साथीकै लिंकबाट काम गर्छु । कामको अफर आयो भने उहाँले नै मलाई भन्दिनुहुन्छ ।
कसले भन्छ विषेश ?
दिपेश थापा ।
एउटा म्युजिक भिडियो सुटिङ गर्न कति दिन लाग्छ ?
एक दिनमा सकिन्छ । नाइट भयो भने राति १२÷१ बज्छ । हैन भने ४÷५ बजे सकिन्छ ।
राति नहिड भनेर घरपरिवारले भनेनन ?
मेरो ममीले बुझ्नुहुन्छ । ममीलाई पनि यो फिल्ड मन पर्छ । मेरो छोरीलाई हिरोइन बनाउँछु भन्नुहुन्थ्यो रे । प्रायः सुटिङमा मेरो बहिनीलाई लिएर जान्छु ।
तपाई आफैँले आफैँलाई मुल्याङकन गर्दा तपाई अहिले कहाँ पुग्नुभयो ?
पहिलेको भन्दा त धेरै माथि पुगेको छु । पहिले मलाई कसैले पनि चिन्दैनथ्यो, अहिले धेरैले चिन्ने भएको छु ।

निर्माता÷निर्देशकले तपाईलाई किन अफर गर्ने ?
मेरो अनुहार, एक्टिङ राम्रो छ । राम्रो अभिनय गर्न सक्छु ।

यो क्षेत्रमा कमाई कस्तो हुँदो रहेछ ?
अलिअलि । यही क्षेत्रमा मात्र काम गरेर खान त पुग्दैन । अरु काम पनि गर्नुपर्छ तर अहिलेसम्म मैले अरु काम गरेको छैन ।
फिल्ममा कथाले मागेजति भन्ने उक्ति चर्चित  नि ?
कथाले ठिक्क मागे दिन सक्छु । धेरै माग्यो भने त सक्दिन ।
कतिजति दिन सक्नुहुन्छ ?
त्यो त मागेपछि नै थाहा हुन्छ । अहिले मागिहालेको छैन । बेडसिन, किसिङ दिन सक्छु । अतिनै भयो भने त दिन सकिदैन ।
तपाईको बुझाईमा सेक्स के हो ?
प्राकृतिक कुरा हो । भगवानले दिएको मन मिले हुन्छ ।
मन मिलेको  कि छैन ?
एक जनासंग मन मिलेको छ ।

भनेपछि अनुभव लिनुभएको  ?
छ । यो भनेको मासु र भात खाए जस्तै मिठो हुन्छ ।  मन नमिलेको भए पो अर्कै फिल हुन्थ्यो । उसको र मेरो मन मिलेर सम्बन्ध राखेपछि राम्रै हुन्छ ।
को हो त्यस्तो मान्छे ?
यही क्षेत्रको मान्छे हो । नाम उल्लेख गर्न मिल्दैन ।
उसंग नियमित भेट भइरहन्छ ?
हुन्छ । १०÷१२ दिनको अन्तरमा भइरहन्छ । तर कहिलेकाही भने एक÷दुई महिनामा पनि भेट हुँदैन ।
प्रस्ताव कसले अगाडि सार्नुभएको थियो ?
उहाँले नै प्रस्ताव राख्नुभएको थियो । उहाँले बोलाउनुहुन्थ्यो, म पनि नाई भन्न सक्दिनथी, जान्थे । यही क्रममा त्यस्तो हुन पुग्यो ।
पहिलो भेट कहाँ  कसरी भएको थियो ?
पुतलीसडकमा । उहाँको गीत म धेरै सुन्थे । भेट्न बोलाउनुभयो म गए । ८÷९ चोटी त्यसरी भेटेपछि उहाँले नियमित कल गर्नुहुन्थ्यो । म्यासेज गर्नुहुन्थ्यो, यस्तो गर्दागर्दै लभ पर्यो । मन मिलेपछि दुई जनाबीच सेक्स भनेको त सामान्य कुरा भयो । उहाँलाई भेट्न म र मेरो बहिनी गएका थियौँ । उहाँको भाईको रुममा लानुभयो । मलाई सेक्स के हो भन्ने पनि थाहा थिएन । त्यतिबेला हाम्रो सम्बन्ध भयो ।
बिहे को संग गर्ने ?
उहाँसंग नै गर्ने हो ।– स्रोत नेपालपाटी ।

Post a Comment

0 Comments