Subscribe Us

चन्दाको नाममा पैसा असुल्ने गिरोह पक्राउ

काठमाडौ । नेपालीहरुको महान चाड बिजया दसमी नजिकदै गर्दै राजधानीमा चन्दाको नाममा असुलु धन्दा मौलाउन थालेको छ । चन्दाको नाममा जवरजस्ती पैसा असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीले चन्दाको नाममा जबरजस्ती पैसा असुल्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । 

पक्राउ पर्नेमा  धनकुटा महाबरा ­७ घर भई हाल काठमाडौ एयरपोर्ट बस्ने २७ बर्षीय मोहन राईसमेत ५ जना रहेको प्रहरीले जनाएको छ । गिरोहलाई कालीमाटी सोल्टी होटल नजिक बस्ने कुन्जि विहारीले संचालन गरेको स्टार इम्प्रेस नामक आल्मुनियम कम्पनीमा गत सुक्रवार चन्दा उठाउन आउने क्रममा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post a Comment

0 Comments