Subscribe Us

गुण्डालाई पैसा दिए, ठेकदार नै थुन्छुः एसएसपी कार्की

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्की
‘ठेकेदार पेशा गर्ने तपाईहरु मुस्किलले एक गाडी चढ्नु हुन्छ, तर तपाईहरुबाट असुलेकोे पैसाबाट गुण्डाका नाईकेले महिना महिनामा गाडी फेरेर चढ्ने गर्छन्, आजैबाट गुण्डालाई पैसा दिन बन्द गर्नुहोस, गुण्डालाई पैसा दिएको सूचना आयो भने पैसा बाड्ने ठेकेदारलाई ल्याएर थुन्छु ।’
काठमाडौं । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीले निमार्ण व्यवसायीहरुलाई ठेक्कापट्टामा गुण्डाको प्रयोग नगर्न चेतावनी दिएका छन् । आफ्नै कार्यकक्षमा शुक्रवार ठेकेदारहरुलाई बोलाएर एसएसपी कार्कीले ठेक्का लिन गुण्डाको प्रयोग गैरकानुनी भन्दै त्यसो नगर्न उनीहरुलाई चेतावनी दिएका हुन् । ठेकेदारी पेशा भनेको ईज्जतदार र मर्यादित पेशा हो, त्यसलाई अझैं मर्यादित बनाउन ठेकेदारहरुलाई सचेत गराइएको हनुमानढोका स्रोतले बतायो । ठेकेदारहरुले ठेक्का कार्टेलिङमा मिलाउने र असहमति जनाउने ठेकेदारहरुलाई गुण्डाको प्रयोग गर्दै तर्साउन थालेको सूचना महाशाखाले पाएपछि नियन्त्रणका लागि महासंघका पदाधिकारीहरुलाई हनुमानढोका बोलाएर सचेत गराईएको एसएसपी कार्कीले बताए ।
 
उनले भने,‘ठेकेदार पेशा गर्ने तपाईहरु मुस्किलले एक गाडी चढ्नु हुन्छ, तर तपाईहरुबाट असुलेकोे पैसाबाट गुण्डाका नाईकेले महिना महिनामा गाडी फेरेर चढ्ने गर्छन्, आजैबाट गुण्डालाई पैसा दिन बन्द गर्नुहोस, गुण्डालाई पैसा दिएको सूचना आयो भने पैसा बाड्ने ठेकेदारलाई ल्याएर थुन्छु ।’ राजधानीमा गुण्डागर्दी बढ्नुको प्रमुख कारण ठेकेदारहरु भएको जनगुनासो परेपछि महाशाखाले गुण्डा नियन्त्रणका लागी यो नया“ अभियान थालेको हो । 

गुण्डालाई पैसा बाड्ने ठेकदार कृष्ण गौतम
ठेकेदारहरुले ठेक्कापट्टा आफ्नो कब्जामा लिन युवाहरुको प्रयोग गर्ने र कमिशनको बिषयलाई लिएर राजधानीमा गुण्डागर्दी मौलाउने प्रहरीको बुझाई छ । कार्टेलिङमा ठेक्का मिलाउने र राज्यको ढुकुटीमा जम्मा हुने पैसा कथित ठेकेदार र गुण्डाका नाईके, प्रहरी प्रशासन र कर्मचारीबीच भागबण्डा हु“दा गुण्डागर्दी र ग्याङवार हुने गरेको छ । ठेक्कापट्टाकै कारण गुण्डाका नाईके रमेश बाहुनको जन्म भएको थियो । कमिशनको कुरा नमिल्दा अर्का गुण्डा मिनकृष्ण महर्जनलाई गोली हानेपछि बाहुनलाई खोज्ने क्रममा प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको थियो । २८ ग्राम लागूऔषधसहित पक्राउ परेका बाहुन अब लामो समयसम्म जेलमा थन्किने निश्चित भएको छ ।
 
कार्टेलिङमा ठेक्का मिलाउने र मिल्न नामान्ने ठेकेदारलाई कथित ठेकेदारले गुण्डाका नाईकेको प्रयोग गरेर धम्क्याउने गरेका छन् । जर्बजस्ती युवालाई पैसाको लोभमा कथित ठेकेदारले गुण्डा बनाउने गरेका छन् । ठेकेदार महासंघका महासचिव शरद गौचन, सदस्य हिरण श्रेष्ठ, जिल्ला महासंघ काठमाडौंका उपाध्यक्ष कृष्ण गौतम, भक्तपूरका ठेकेदार बिदुरलगायत ठेक्का कार्टेलिङ गर्न गुण्डा जुधाउने र राजधानीका अधिकांश गुण्डालाई महासंघबाट भाग छुट्याउने गर्दै आएको महासंघ स्रोतको दावी छ । पछिल्लो समय बाहुन पक्राउ परेपछि महासचिव गौचनले राजधानीका कुख्यात गुण्डा कुमार श्रेष्ठ उर्फ घैंटेलाई प्रयोग गन थालेका छन् । घैंटेलाई प्रहरीभित्रै कै नामुद भ्रष्ट असईदेखि निरीक्षकसम्मले संरक्षण दि“दै आएका छन् । कार्टेलिङ भएको ठेक्कामा घंैंटेले २ प्रतिशतसम्म रकम लिने गरेको महासंघका स्रोतले बताएको छ । त्यस्तै, महासंघबाट पैसा बुझ्नेमा हिजोआजा बानेश्वका गुण्डा रिङकेको नाम चर्चामा आउन थालेको छ ।
 
त्यसो त, गुण्डालाई पैसा दिनुपर्छ भन्दै महासंघबाट पैसा लिएर ठेकेदार गौतम र उनका सहयोगी रन्जित मगर ‘मुर्खे’ लाई बा“ड्ने गरेका छन् । मुर्खेले आफू प्रहरीको मान्छे भन्दै ठेकेदारलाई समेत प्रभावमा पार्ने गरेका छन् । ठेकेदारको कमिशन खानेमा प्रहरीकै सई असईको नाम पनि बेलाबेलामा चर्चामा आउने गरेको छ । ठेकेदार कुष्ण गौतम र हिरण श्रेष्ठ महासचिव गौचनका बिश्वास पात्र हुन् । ठेक्कापट्टाको कमिशन घैंटे, समिरमान बस्नेत, भगवान लामालगायत दुई दर्जन आपराधिक समुहले पाउने गरेका छन् । चक्रपथ क्षेत्रको निमार्णको काममा गुण्डाका नाईके मिलन गुरुङ उर्फ चक्रे मिलनले आफ्ना सहयोगी दिपक तालुलाई प्रयोग गरेर पा“च पतिशतसम्म रकम लिने गरेको स्रोत बताउ“छ । उनको क्षेत्रमा पा“च प्रतिशत कमिशन नदिइ कुनैपनि ठेकेदारले काम गर्न सक्दैनन् ।

Post a Comment

0 Comments