Subscribe Us

६० किलो चरेस सहित २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोको टोलीले ६० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । व्यूरोले आईतवार पर्साका ३७ बर्षको लालबावु चौधरी र  भारत पूर्विचम्पारणका ३६ बर्षकोे सुनिल मिश्रलाई अवैध लागू औषध चरेस ओसार पसार गर्दै रहेको अवस्थामा पक्राउ गरेको हो । 

व्यूरोको टोलीले उनिहरुलाई अवैध लागू औषध चरेस ६० किलो सहित काठमाण्डौ सतुंगल गा.वि.स.वडा नं.८ बाट पक्राउ गरेको जनाएको छ । उनिहरुले एच आर ५५ सिटी ००६३ भारतिय नम्बर भएको सेतो टाटा सुमोे गाडीको प्रयोग गरी लागूऔषधको ओसार पसार गर्दै आएको व्यूरोको अनुसन्धानबाट खुलेको छ ।

 कारोबारीले गाडीको सिट भित्र लगायतका विभिन्न भागहरुमा फल्स कम्पार्टमेन्ट बनाई पहेंलो प्लाष्टिकको टेपले ¥यापिङ्ग गरिएको अबस्थामा उक्त परिमाणको लागूऔषध बरामत भएको जनाएको छ ।  व्यूरोका कामू प्रमुख एसएसपी रणबहादुर चन्दका अनुसार कारोबारीले उक्त चरेस नेपालबाट खरिद गरी भारत लौजान खोजेको अनुसन्धानमा खुलासा भएको बताए । को सँग र काँहाबाट खरिद भएको भन्नेबारे अनुसन्धान भईरहेको एसएसपी चन्दले अपराध खबरसँग बताए ।

Post a Comment

0 Comments