Subscribe Us

लुटपाटमा संलग्न बिदेशीलाई डीएसपीको सफाई

डीएसपी बिरेन्द्र शाही
काठमाडौं । आपराधिक गतिबिधीमा सँलग्न बिदेशी नागरिकलाई उनमुक्ति दिएपछि लौनचौर बृत्तका डीएसपी बिरेन्द्र शाहीको नियतमाथी व्यापारीहरुले प्रश्न उठाउन थालेका छन् । गत मंगलवार ठमेल क्षेत्रपाटिस्थित तारा मनि चेन्जरमा लुटपाट गर्न खोज्ने रसियन नागरिक रोमनलाई सहजै उनमुक्ती दिएपछि डीएसपी शाहीको नियतमाथी व्यापारीले प्रश्न उठाउन थालेका हुन् ।  होटल पोतलामा बस्दै आएका  रसियन नागरिक रोमनले गत मंगलवार बिहान तारा मनि चेन्जरका सञ्चालक शुभास कटुवाललाई धारीलो चक्कु प्रहार गर्नुका साथै काउन्टरको ढोका तोडफोड गरी लुटपाट गर्न खोज्दा स्थानिय व्यापारीले नियन्त्रमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए । 

रसियन नागरिकको आक्रमणबाट सामान्य घाईते भएका कटुवालले भने,‘ मंगलवार बिहान एक्कासि चक्कु हातमा लिईर मनि चेन्जर भित्र आएका रोमनले काउन्टरको ढोका तोडफोड गरी आफूमाथी आक्रमण गर्दापनि प्रहरीले आबश्यक कारबाहि नगरेको बताए । कटुवालले लुटपाटको उद्देशले आफूमाथी आक्रमण गरेको दाबी गर्दै भने हारगुहार गरेपछि वल्लो पल्लो पसल र बटुवाको सहयोगमा आफू थप घाईते र लुटपाटबाट जोगीएको बताए । पोतला होटलमा बस्दै आएका रसियन नागरिक रोमनले होटलको ७० हजार बिलसमेत तिर्न नसकेको पक्राउ पछि प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

 भिषा सकिएपनि बिगत तिन महिना देखि रोमन लुकीछिपी नेपाल बस्दै आएको रहस्यसमेत खुलेको थियो अनुसन्धानमा खटिएका एक अधिकृत्तले भने तर डीएसपीसापले छोट्ने आदेश किन दिनुभयो थाहा भएन । भिषा सकिएपछि ‘ओभर स्टे’ बस्ने बिदेशीलाई सरकारले पक्राउ पछि सम्बन्धी देशमा फिता गर्नेपर्ने कानूनी प्राबधान रहेको छ । ‘ओभर स्टे’ बसी लुटपाटका स“गल्न भेटीएका बिदेशीलाई सहजै उनमुक्ति दिएपछि बृत्तका प्रहरीलेसमेत डीएसपीको कार्यशैली प्रति असन्तुष्ट जनाएका छन् ।  पक्राउ परेका रसियन नागरिक रोमनको झोलाबाट ४, ५ वटा थप हतियारसमेत बरामत भएको थियो ।

 पैसा तिर्ने नसेकेपछि पोतला होटलले रोमनको पासर्पोट जफत गरी राखेको एक प्रहरीले बताए । रोमन पक्राउपछि प्रहरीले होटलबाट रोमनको पासर्पोट मगाएर हेर्दा उनको तिन महिना पहिला नै भिषा सकिएको थियो । होटलको पैसा तिरेर पासर्पोट फिर्ता लिन रोमनले लुटपाट गर्न योजना बुनेको हुनसक्ने लौनचौर बृत्तका एक अधिकृत बताउछन् । अनुसन्धान गर्न पाए धेरै कुरा खुल्थ्यो होला छाड्ने आदेश भयो थप अनुसन्धान गर्न पाईएन । त्यसोत लौनचौर बृत्तका डीएसपी पटक पटक बिबादमा तानिएका छन् ।

 कहिले एउटा रेष्टुरेन्टको मालिकस“ग मिलेर अर्कोलाई दुःख दिने, लेनदेनका मुद्दा हेर्ने, बिनाकारण मुद्दा चलाईदिने हुदा उनि बिबादमा तानीदै आएका छन् । गत जेठको अन्तिमसाता लौनचौरका डीएसपी शाहीले लेनदेनका मुद्दामा पिडकसग मिलोमतो गरी अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेपछि डीएसपी शाहीलाई आईजीपी  सचिवालयले समेत निगरानी बढाएको छ ।

Post a Comment

0 Comments