Subscribe Us

रक्सीमा रमाउदा डीएसपी तानीए

काठमाडौं । महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी राजकुमार सिलवालाई प्रधान कार्यालयले तानेको छ । पदको दुरुपयोग गरी आचरण बिरुद्ध काम गरेको उजुरी सचिवालयमा परेपछि डीएसपी सिलवाललाई प्रधान कार्यालय तानेको हो । उनको ठांउमा हनुमानढोकामा कार्यारत डीएसपी रमेश बस्नेतलाई पठाईको छ ।

 बैदेशिक रोजगार स“गका अध्यक्ष तथा मेन पाउर ब्याबसायी हंसराज वाग्लेलाई पक्राउ गरेको भोलीपल्ट  पिडीत भनीएका बिदेशी नागरिकसंग मदिरामा रमाएको फोटो प्रधान कार्यालय पुगेपछि सचिवालयले डीएसपी सिलवाललाई कारबाही स्वरुप प्रधान कार्यालय तानेको स्रोतको दाबी छ । दुई साता अघि देखि आईजीपी सचिवालयले डीएसपी सिलवालमाथी निकरानी बडाएको थियो । 

आईजिपी सचिवालयले आचरण बिरुद्ध काम गर्ने महानगरीय प्रहरी बृत्त लौनचौरका डीएसपी बिरेन्द्र शाही, र बानेश्वरका बृत्तका डीएसपी रमेशकुमार तमाङमाथीपनि निगरानी बढाएको सचिवालय स्रोतले बताएको छ । सर्बसाधरणलाई अनाश्वाक दुःख दिएको, लेनदेनका मुद्दालाई पिडकस“ग मिलेर पिडीतलाई उल्टै मुद्धा चलाएको, ब्यापारीस“ग पैसा मासिक खानथालेको उजुरी परेपछि सचिवालयले बृत्तका तिन डीएसपीलाई निगरानी बढाउनकासाथै कारबाहिको तयारीसमेत गरेको थियो ।

 कारवाही स्वरुप दरबारमार्ग बृत्तका डीएसपी सिलवाललाई प्रधान कार्यालय तानेको हो । स्रोतका अनुसार सिलवालपछि आईजीपीको लिष्टमा बानेश्वर बृत्तका डीएसपी रमेश तमाङ लौनचौर बृत्तका डीएसपी बिरेन्द्र शाही रहेका छन् ।

Post a Comment

0 Comments