Subscribe Us

दलाल र ट्राफिकद्वारा कलंकीमा दैनिक हजारौँ असुली

कलंकीमा ट्राफिक प्रहरी र ‘सेटिङ’ मिलाउन खटिएका विभिन्न समितिको नाममा लामो दूरीका सवारीसाधनबाट दैनिक हजारौँ रकम असुली गर्ने गरिएको छ । लामो दूरीका सवारीसाधनलाई पार्किङ गर्न छुट दिई विभिन्न समिति र ट्राफिक प्रहरीले दैनिक उक्त मात्रामा रकम असुल्ने गरेका छन् । 

त्यति मात्र नभई कलंकीचोकबाट थानकोटर्फ जाने सडक किनारामा केही समय सार्वजनिक बस पार्किङ गर्न दिएर समेत रकम असुली हुने गरेको फेला परेको छ ।

 कलंकी चोकमा थानकोट नाका भएर उपत्यकाबाट बाहिरिने लामो दूरीको सवारीसाधन रोक्न दिएबापत बिचौलियामार्फत महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी तथा वृत्त कालीमाटी समेतले रकम असुली गर्ने गरेका छन् । कलंकी चोकबाट बल्खु चोक जाने बाटोको दायाँतिर सार्वजनिक शौचालयको अगाडि दैनिक दर्जनौँ गाडीलाई आलोपालोमा यात्रु भर्न छुट समेत दिने गरिएको छ ।

 सार्वजनिक सडक किनारामा लामो दूरीका सवारीसाधनमा यात्रु चढाउने कार्यमा दैनिक थुप्रै ठगिने गरेका छन् । बसको ढोका–ढोका चढेर बिचौलियाले टिकट काट्ने र फिर्ता दिने रकम समेत नदिई भाग्ने गरेका धेरै गुनासो बीच सडकमा पुगेपछि चालकसामु पुग्ने गरेको पीडित चालकहरु नै बताउँछन् । आर्थिक दैनीकबाट

Post a Comment

0 Comments