Subscribe Us

बाहुन निकाल्न भन्दै, पैसा असुल्दै गुण्डा काले

काठमाडौं । कुख्यात गुण्डाका नाईके सुजन पौडेल उफ रमेश बाहुन जेल चलान भएपछि उनका सहयोगीलाई फाईदा पुगेको रहस्य खुलेको छ । गत महिना पक्राउ परेका डन बाहुनलाई जिल्ला अदालत काठमाडौंले लागूऔषध मुद्दामा थुनामा राख्न आदेश दिएपछि बाहिर रहेका उनका सहयोगीले बाहुन छुटाउन भन्दै बिभिन्न ठाँउबाट पैसा असुल्ने थालेका हुन । 

बाहुनका सहयोगी भनेर चिनिने भक्तपुरका प्रदिप कालेले बाहुनलाई छुटाउन भन्दै ठेकदार, ब्यापारीलगाएतका ब्यक्तिबाट पैसा असुल्न थालेको उनि निकट स्रोतले बतायो । कुनै ताका बाहुनको सुचना प्रहरीलाई दिएर प्रहरीका केहि प्रहरी अधिकृत निकट हुन पुगेका गुण्डा काले समुहमा चतुर मानिन्छन् । 

दुई बर्ष अघि महानगरिय प्रहरी परिसर हनुमानढोकाका डीएसपी आभुषण तिमलसेनालाई बाहुनको सुचना दिएर पक्राउ गर्न सहयोग गर्छु भन्दै प्रहरीको सुचना बाहुनलाई पु¥याउने गुण्डा काले अहिले बाहुन जेल गएको मौका छोपी बाहुनको नामा असुल्न थालेका हुन । गुण्डा कालेले डीएसपी आभुषणलाई एक बर्षसम्म बाहुनको सुचना दिन्छु भन्दै घुमाएर उल्टै प्रहरीको गतिबीधि बाहुनलाई दिने गरेको स्रोत बताउछ । ढुकुटी र लेनदेनको मुद्दामा समेत कालेले डीएसपी आभुषणलाई प्रयोग गरेर बिबादमा तानेका थिए । गुण्डा कालेले अन्य गतिबिधीका सुचना डीएसपी आभुषणलाई दिएर प्रहरीको सुचना भने बाहुलाई पु¥याएर बचाउने गरेका थिए । जस बापत कालेले बाहुनसँग मोटो रकम लिने गरेका थिए । 

ठेक्का पट्टमा आंतक बनेका डन बाहुन जेल गएपनि बाहुनको खास मान्छे म हु भन्दै गुण्डा काले ठेकदारसँग बाहुन दाईको भाग भन्दै पैसा लिने गरेको एक ठेकदारले बताए । त्यसको अलवा गुण्डा कालेले भुक्तपुर पेप्सीकोला, तिनकुने, बानेश्वर क्षेत्रका व्यापारीहरुलाई बाहुनको नामले तंसाउने र पैसा असुल्ने गरेको बानेश्वरका एक ब्यावारीले बताए । एमालेको गुहमन्त्री छ, मलाई प्रहरीले केहि गर्न सक्दैन भन्दै गुण्डा कालेले एक आपराधिक समुह बनाएर पेश्पीकोलालाई आधार क्षेत्र बनाएर गुण्डा गर्दी सुरु गरेको पेश्पीकोलाका श्रेष्ठ थरका एक व्यापारीले बताए ।
 एमाले नेता झलनाथ खनालसँग टोले गुण्डा काले कालो टिसटमा

 कहिले भक्तपुरका गुण्डा सगुन श्रेष्ठको भाई त कहिले बाहुनको कान्छो भाई भन्दै आफूलाई चिनाउन रुचाउने गुण्डा कालेको बाहन छुटाउन भन्दै लाखौ रुपैयाँ असुलेका उनि निकट स्रोतले बताएको छ । यसरी असुलेको रकम गुण्डा कालेले मिटर ब्याजमा लगानी गर्ने गरेका छन् । कालेलाई भक्तपुरका अर्का गुण्डका नाईके दिपक थापाको सहयोग रहेको स्रोत बताउछ । थापा बाहुनका बिस्वास पात्र हुन ।  बाहुन पक्राउ पर्नु अगाडी थापाले बाहुनलाई कैयौ पटक घरमा लुकाएर राखेको भन्दै प्रहरीले उनिसँग बयानसमेत लिएको थियो ।

Post a Comment

0 Comments