Subscribe Us

सयौ युवती भारतमा अलपत्र
युवती तस्करी भारत हुंदै तुर्किस्थानसम्म

काठमाडौं । दलालहरुले नेपाली युवतीहरुलाई भारतको विवानस्थलबाट तुर्किस्थान र अफगानिस्थानसम्म सप्लाई गर्न थालेको समाचार प्राप्त भएको छ । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिअबिमा सेटिङ मिलाउन कठिन हुन थालेपछि दलालहरुले भारतको भूमि अपनाउन थालेका हुन् । तुर्किस्थान र अफगानिस्थानमा जान सरकारले श्रम स्वकृती नदिने तथा भ्रमण भिषामा पनि जान प्रतिबन्ध लगाएका कारण दलालहरुले भारतको बाटो हुदै नेपाली युवतीलाई त्यहा“सम्म पु¥याउन थालेका हुन् । स्रोतका अनुसार भारतको भूमि हुंदै तुर्किस्थान र अफगानिस्थानमा जान हिडेका सयौं महिला अहिले भारतको दिल्लीमा अलपत्र परेका छन् ।
 
अलपत्र परेका ती नेपाली युवतीहरु दलालले ब्यवस्था गरेको एक कोठामा १५ देखि ४५ जनासम्म बस्दै आएका छन् । भारतमा अलपत्र पर्ने नेपाली युवतीको संख्या करिव करिव ५ हजार हुन सक्ने स्रोतको दावी छ । घरलु कामदारका रुपमा तुर्किस्थान र अप्mगानिस्थान लयातका अरवी मुलुक जान खोज्नेलाई दलालहरुले भारतीय बिमानस्थलमा पनि सेटिङ गर्न नसकेका कारण बिगत तिन महिनादेखि उनीहरु भारतमा अलपत्र परेका हुन् । दलालहरुले इन्दिरा गान्धी विमानस्थलबाट लामो समयदेखि युबतीलाई तुर्किस्थान, अफगानिस्थान, ईराक र अरवी देशहरुमा तस्करी गर्दै आएका थिए । अहिले इन्दिरा गान्धी विवानस्थलकोे ब्यवस्थापक परिबर्तन भएपछि नेपालीलाई बन्देज लगाइएका कारण नेपाली युवतीहरु दिल्लीमा अलपत्र परेका हुन् । दलालहरुले युवतीलाई तुर्किस्थान र अफगानिस्थान पठाउन अहिले कलकत्ताको बिवानस्थलबाट सेटिङ गराउन खोजिरहेको स्रोतले बतायो ।


 सिमाबाट भारत घुम्न तथा किनमेलको बहानामा दलालहरुले युबतीहरुलाई भारत छिराउने र त्यहांबाट अरवी मुलक पु¥याएर मोटो रकम हात पार्ने गरेका छन् । त्यसको लागि महिला बेचबिखनबिरुद्ध काम गर्दै आएको माईती नेपालले सिमा क्षेत्रमा खटाएको केही पदाधिकारीसमेतको संलग्नता रहेको छ । उद्धारका लागि सिमा क्षेत्रमा खटिएका माईती नेपालका केही सदस्यहरुले प्रति महिला ५ देखि १० हजार रुपैयां लिएर आंखा छोप्ने गरेको स्रोत बताउंछ । तर, माईती नेपालका मनिश कोईराला भने यो कुरा मान्न तयार छैनन् । उनले भने,‘यस्तो हुनै सक्दैन, सिमामा खटिएका कसैले बदमासी गरेको भए तत्काल अनुसन्धानगरी कारबाही गर्न लगाउंछु ।’

 

पासर्पोट बनाउनेदेखि जाने खर्चसमेत सम्पूर्ण दलालहरुले नै गरिदिने हुंदा बिपन्न परिवारका युबतीहरु त्यसतर्फ आकर्षित भएका हुन् । युबतीको रुप हेरेर तुर्किस्थान र अफगानिस्थानमा रहेका दलालहरुले तलब तोक्ने गरेका छन् । र, युबतीलाई तुर्किस्थान र अफगानिस्थानमा पु¥याए बापत दलालहरुले खर्च बाहेक तीनदेखि पांच लाखसम्म पाउने गरेको स्रोतको दावी छ । घरेलु कामदार भनेर त्यता लगिएता पनि त्यंहाका सेकहरुले यौनशोषनकै लागि नेपाली युबती लैजाने गरेको तुर्किस्थान, अफगानिस्थान, ईराक र अरवी मुलुक पुगेर फर्किएका युवतीहरुले बताउने गरेका छन् ।

Post a Comment

0 Comments