Subscribe Us

ग्राहकका नाम सार्वजनिक गर्दै

एजेन्सी । हालै वेश्यावृत्ति गर्दागर्दै पक्राउ परेकी अभिनेत्री स्वेता वसुले अब आफ्ना ग्राहकहरुको नाम सार्वजनिक गर्ने भएकी छन् । उनका ग्राहक मन्त्रीदेखि उद्योगपतिसम्म भएको हुनसक्ने बताइएको छ ।

जुन दिन हैदराबादमा स्वेता पक्राउ परेकी थिइन् उनीसँग मुम्बईका निकै चर्चित उद्योगपति उनीसँग रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार स्वेताका ग्राहक मुम्बईसहित देशका अन्य सहरका ठूला व्यापारी र उद्योगपति छन् ।

 ती उद्योगपतिहरुले स्वेतालाई एक रातका लागि एक लाख दिने गरेका थिए । स्वेतालाई हैदराबादमा प्रहरीले गत साता बंजरा हिल्सको एउटा पाँच तारे होटलबाट पक्राउ गरेको थियो ।

प्रहरीले छापा मार्ने क्रममा २३ वर्षीया स्वेतालाई यौनलीलामा लिप्त अवस्थामा फेला परेको थियो । प्रहरीले सेक्स रैकेटका सञ्चालक र मुम्बईका ख्यातिप्राप्त उद्योगीहरुलाई पनि पक्राउ गरेको बताइन्छ । आर्थिक संकटका कारण चलचित्र ‘मकडी’का लागि राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी स्वेता वसुले वेश्यवृत्तिलाई पेसा बनाएको बताएकी थिइन् । स्वेताले आफ्नो उत्कृष्ट अभिनयका लागि चलचित्र ‘इकबाल’बाट निकै प्रशंसा बटुलेकी थिइन् ।
swetha Bashu 1

Post a Comment

0 Comments