Subscribe Us

फरार अभियुक्त पक्राउ गर्दै अपराध महाशाखा

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले धादिङ हत्या कण्डामा सलग्न अभियुक्तलाई पक्राउ गरेको छ । ढेड बर्ष अघि नुवाकोटबाट धादिङको सामरी गाविसस्थित ससुराली आएका पहलमान तामाङकोे सेम्जोङमा  हत्या गर्ने गिरोहका एक नाईकेलाई महाशाखाबाट खटिएको बिषेश टोलीले पक्राउ गरेको हो ।

प्रहरी ईन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ निकट पहलमानलाई ससुराली आएको मौकाछोपी राधेसमुह निकट मानिने राजकुमार तमाङको समुहले शरिरका बिभिन्न भागमा छुरा र खुकुरी प्रहार गरी फरार भएका थिए ।

 छुरा प्रहार भई घाईते भएका पहलमानको तत्कालै घटनास्थलमा मृत्यु भएको थियो । पहलमानको मृत्युपछि फरार रहेका राजको समुह राजधानी लगाएत बिभिन्न भागमा लुकुछिपी बस्दै आएको सुचनाको आधारमा अपराध महाशाखाबाट खटिएको टोलीले राजलाई पोखराबाट पक्राउ गरी मंगलवार सार्बजनिक गरेको हो । राज पटक पटक बिभिन्न अपराधमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

Post a Comment

0 Comments