Subscribe Us

श्रीकृष्णलाई यसरी दिईन श्वेताल श्रद्वाञ्जली

काठमाडौं, असोज ६– चलचित्र क्षेत्रको उन्नती प्रगतीमा सधैं लागिपर्ने नायक श्रीकृष्ण श्रेष्ठको स्वर्गारोहण भएको ४५ औं दिनको तिथिको अवसरमा उनको पत्नीले फेसबुकबाट पतिलाई श्रद्वाञ्जली दिएकी छिन् । श्वेताले श्रीकृष्णप्रति कविताको माध्यमबाट फेसबुकमा श्रद्वाञ्जली यसरी दिएकी छिन् ।

मुटुभरि पिडा बोकि हिड्नु पर्दो रहेछ ,
कसैको यादमा रोईरोई बाँच्नु पर्दो रहेछ ,
 
उनैलाई सम्झेर आँशु पिउनु पर्दो रहेछ ,
चिन्तै चिन्तामा स्वाश फेर्नु पर्दो रहेछ ,
जिउँदो शरीरलाई यादैयादमा मार्नु पर्दो रहेछ ,
मन मुटु थामेर ४५ दिने तिथि गर्नु पर्दो रहेछ ,
 
हिजो जितेको मायाँ पनि आज हार्नु पर्दो रहेछ ,
मनले नमान्दा नमान्दै आफ्नो मुटु छोड्नु पर्दो रहेछ ,
दुई मुटु टुक्रिएर छियाछिया भई दिन काट्नु पर्दो रहेछ ,
सकि नसकि यो बिडम्बना सहेर हिड्नु पर्दो रहेछ ,
 
कसैको यादमा रोईरोई बाँच्नु पर्दो रहेछ ,
जिउँदो शरीर पनि यादैयादमा मर्नु पर्दो रहेछ ,
मन मुटु थामेर ४५ दिने तिथि गर्नु पर्दो रहेछ ,
हिजो जितेको दिन पनि आज हार्नु पर्दो रहेछ 

( मेरो भगवान , मेरो मुटु आज हजुर जहाँ भएपनि हजुरको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धानजलि अर्पण गर्दछु । (अनलाईन खबरबाट)

Post a Comment

0 Comments