Subscribe Us

तिन थान कटुवा पेस्तोल र गोली बरामत

काठमाडौं । प्रहरीले अबैध तिन थान कटुवा पेस्तोल र केही गोली बरामत गरेको छ । मोरङ, धनुषा र चितवन प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट उक्त अबैध हतियार र केहि गोली बरामत गरेको हो । खुल्ला सिमानाका कारण भारतबाट नेपाल भित्रेका उक्त हतियार प्रहरीले चेकजाँचको क्रममा बरामत गरेको हो । 

मोरङ प्रहरीले   सुन्दरपुर–७ बस्ने २७ बर्षीय किसुन राईलाई  कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ । भने धनुषा सिराहा चिकना­६ निर्धनागाँउ बस्ने २२ बर्षीय बिरेन्द्र दास र धनुषा सवैला­६ बस्ने २४ बर्षीय शिब शंकर दासलाई १ राउण्ड गोली लोड गरेको कटुवा पेस्तोल १ थान र  ३०३ राईफलको १ वटा खोका सहित प्रहरीले पक्राउ गरेको छ । 

 त्यसतै चितवन प्रहरीलेपनि एक नाले भरुवा बन्दुक बेवारीस अबस्थामा बरामत गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले भाद्र २४ गते गस्तीको क्रममा कोराक­९ च्यानडाँडा स्थित कालिका सामुदायिक बनको ओडारमा लुकाई­छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक ३ थान बेवारीसे अवस्थामा फेला पारी बरामद गरेको छ । भने धनुष    लबटोली­८ स्थित सडक छेउँमा बिहीवार पोर्ताहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल १ थान र एसएलआरमा लाग्ने गोली २ राउण्ड हतियार बरामद गरेको छ ।

Post a Comment

0 Comments