Subscribe Us

अबैध एक करोड लुटीयो

सिन्धुपाल्चोक, भाद्र १७ । काठमाडौबाट चीनको खासातर्फ लैजाँदै गरेको १ लाख १० हजार अबैध अमेरिकी डलर लुटेराको समुहले लुटेको छ । सोमवार तातोपानी नाकाबाट खासा छिराउनलागेको उक्त परिमाणको डलर लुटेरासमुहले लुटेपनि प्रहरीमा भने जाहेरी परेको छैनन् । 

सोमवार सिन्धुपाल्चोकको धुस्कुन गाविसस्थित दाबीखोला नजिकैबाट उक्त डलर लुटपाट भएको स्रोतले बताएको छ । अबैध डलर भएको कारण प्रहरीमा जाहेरी नपरेको प्रहरीको आंशाका रहेको छ ।

बाटो अवरुद्ध भएकाले पैदलै बाह्रबिसे जाँदै गरेका बाह्रबिसेका मकरबहादुर श्रेष्ठको साथबाट ३ जनाको समूहमा आएको लुटेरा समुहले उक्त रकम लुटेको स्रोतको दाबी छ । सिन्धुपाल्चोक राम्चेका तिमिल्सिना थरका युवाहरुले डलर लुटेको हुन सक्ने आशंका पहरीले गरेको छ । तर जाहेरी नआएको हुदां प्रहरीलाई अनुसन्धान गर्न असहज भएको छ । अबैध सुन र डलर बारम्बार लुटीदै आएपनि जाहेरी नर्पेनि हुदा लुटेराको मनोबल बढेको प्रहरीको दाबी छ ।

Post a Comment

0 Comments