Subscribe Us

कांग्रेसमा सभासद् मनोनित गर्दा चार करोडको खेल भएको रहस्य, खेलमा प्रधानमन्त्रीलाई पनि मुछियो

Umesh-Shrestha काठमाडौं- मन्त्रीपरिषद्द् धारा मनोनित गर्ने २६ सभासद्मध्ये सत्तारुढ घटक नेपाली कांग्रेसको भागमा परेको नौं सभासद् मनोनित गर्दा चार करोडको खेल भएको रहस्य खुल्न थालेको छ । एमाओवादी निकटका शैक्षिक क्षेत्रका व्यापारी उमेश श्रेष्ठलाई नेपाली कांग्रेसले आफ्नो कोटामा मन्त्रीपरिषद्मा सभासद्को लागि सिफारिस गर्दा चार करोडको चलखेल भएको स्रोतले जनायो ।


प्रधानमन्त्री सुशील कोइराला आफू निकटका विश्वास पात्र प्रचार बिभाग प्रमुख दिलेन्द्र प्रसाद बडु र अर्का केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले लिटल एन्जल्स स्कुलका सञ्चालक श्रेष्ठबाट चार करोडमा डिल गरेका हुन् । बडु र उपाध्यायलाई सभासद् बनाउने प्रधानमन्त्री कोइरालाको चाहानामा सर्वोच्च अदालतको हालैको फैसलाले अबरोध गरेपछि कोइरालाले उनीहरुकै सिफारिसमा एक व्यक्ति सभासद् बनाइदिने बचन दिएका थिए ।

बडु र उपाध्याय संस्थापन पक्षका भएपनि बडु दार्चुलाबाट र उपाध्याय कपिलबस्तुबाट गत संविधानसभामा पराजित भएका थिए । प्रत्यक्षमा पराजित भएपनि बडु र उपाध्यायलाई मनोनित गर्ने सोचमा रहेका प्रधानमन्त्री सर्वोच्चको आदेशपछि उनीहरुकै सिफारिसमा एक जनालाई सभासद् बनाउन तयार देखिएका हुन । प्रधानमन्त्री कोइरालाको सदासयता र सोझोपनको फाईदा उठाउ“दै बडु सहित कांग्रेसका चार नेताले रकम बुझेको कांग्रेसका एक नेताले वताए ।

कांग्रेसका प्रभावशाली भनिएका पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसी  मार्फत दीपकुमार उपाध्याय समक्ष पुगेका उमेश श्रेष्ठले चार करोडको वाचा गरेपछि उनी  सभासद् हुन लायक भएको मापदण्ड पूरा गरेका थिए । भोजपुरमा जन्मिका अबिबाहित उमेश श्रेष्ठलाई अर्जुननरसिंह केसीले उपसभापति रामचन्द्र पौडेलसमक्ष र उपाध्यायले महामन्त्री प्रकाशमान सिंहसमक्ष परिचय गराई दिएर सभासद् बनाउन लविङ गरेका थिए । केसी र उपाध्यायले उमेश श्रेष्ठ कांग्रेसकै शुभचिन्तक भएको, लिटल एन्जल्स स्कुलले कांग्रेृसलाई पहिलेदेखि नैं सहयोग गर्दै आएको भन्दै उपसभापति पौडेल र महामन्त्री सिंहलाई प्रभावमा मात्र पारेनन् अर्का केन्द्रीय सदस्य बलबहादृुर केसी र आनन्द ढुंगानालाई समेत साक्षी बनाएको पार्टी कार्यालय स्रोतले जनायो ।

कसरी बन्यो डिजाइन
ग्यालेक्सीकी गीता राणा र भिएस निकेतनका बाबुराम मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट मनोनित सभासद् भएपछि सभासद्को भूत जागेका उमेश श्रेष्ठले त्यसको लागि नुवाकोटका नेता केसीस“ग सम्बन्ध जोडाएका थिए ।

पार्टी संगठन बाहिर प्रभावशाली भएको हाउगुजी प्रचार गर्ने केसीले आफूबाट सभापति कोइरालालाई मनाउन सम्भव नदेखेपछि उपाध्याय र बडुको सहारा मागेका थिए । सोही डिजाईन बमोजिम भदौ ७ गते आईतबार बडु र उपाध्यायले आन्तरिक छलफल गरेका थिए । छलफल बमोजिम नैं भदौ ८ गते बडु र उपाध्यायले उपसभापति रामचन्द्र पौडेलको निवास बालुवाटारमा सामूहिक भेट गरी श्रेष्ठको नाममा दबाब दिएका थिए । बडु र उपाध्यायको यो डिजाइनलाई मजबुद बनाउने प्रभावशाली  भनिएका नेता केसी पनि सोही दिन चितवनबाट बोहोराटार पुगेका थिए ।

पौडेल निवासमा केसी पुग्नु भन्दा अघि नैं केन्द्रीय सदस्य पद्मनारायण चौधरी र बलबहादुर केसीलाई पनि सोही बैठकमा उपस्थित भएको देखाएर उमेश श्रेष्ठको सभासद् बन्ने डिजाइन मजबुद बनाइएको थियो । त्यसको भोलीपल्ट उपप्रधानमन्त्री समेत भएका महामन्त्री प्रकाशमान सिंहसमक्ष  चौधरी र केसी बाहेकको टोली चाक्सीबारी पुगेको थियो । प्रधानमन्त्री कोइरालाले २६ मा बडु र उपाध्यायको भावना बमोजिम नंै चयन गर्ने योजना बनाउ“दा यस्तो फसाद प¥यो भन्ने हल्ला बालुवाटार परिसरमा चलेको छ ।
श्रेष्ठले कबोल गरे बमोजिमको रकम उनै केसी, बडु र उपाध्यायले लिएको लिटल एन्जल्स स्रोतले बतायो । शिक्षासेवीको नाममा शिक्षाको व्यापारा गरिरहेका उमेशले पार्टीको नाममा दिएको चार करोडमध्ये बडुले दुई करोड र केसी एबं उपाध्यायले एक–एक करोड बुझेको स्रोतले जनायो । शैक्षिक माफियाको रुपमा परिचति श्रेष्ठको लगानी प्राईम बैङकमा समेत रहेको छ ।

Post a Comment

0 Comments