Subscribe Us

बस्नेतलाई मन्त्री बनाएपछि एमालेमा विवाद चर्कियो

काठमाडौं सत्तारुढदल एमालेभित्र विवाद बढेको छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेपछि विवाद बाहिर आएको हो । 

संसदीय दलको सिफारिस अनुसार हिजो (शुक्रबार) प्रधानमन्त्री सुशील कोइरालाले उद्योगमन्त्री कर्ण थापा र संस्कृतिमन्त्री भीम आचार्यलाई फिर्ता पठाएर महेश बस्नेत र दीपक अमात्यलाई मन्त्रीमण्डलमा समावेश गरेका थिए । 

बस्नेत र अमात्यलाई मन्त्री नियुक्तिलाई लिएर एमाले नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएको हो ।उद्योगमन्त्रीबाट हटाइएका कर्ण थापाले आफुलाई लगाइएको आरोप प्रमाणित गर्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनीसमेत दिएका छन् । 

अध्यक्ष ओलीले उद्योगमन्त्री थापाले महाधिवेशनका नाममा जथाभावी पैसा उठाएको र हिसाब पारदर्शी नभएको आरोप लगाएको सार्वजनिक भएको थियो । तर, थापाले आफुमाथि लगाइएको आरोप प्रमाणित भए एमालेको साधारण सदस्यता पनि त्याग्ने चेतावनी दिएका छन‌् ।

Post a Comment

0 Comments