Subscribe Us

नेपाल राष्ट्र बैंकको पैसा फिता देउः अमेरीकी अदालत

काठमाडौं। सहमतीबिना नै खाताबाट पैसा भुक्तानी गरेको भन्दै नेपाल राष्ट्र बैंकले हालेको मुद्दामा अमेरिकाको अदालतले नेपालको पक्षमा अन्तिम फैसला गरिदिएको छ। सम्पति सुद्धीकरणसँग जोडिएको एक मुद्दामा अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकको खाताबाट पैसा झिकेर भुक्तानी गरेको भन्दै मुद्दा हालिएको मुद्दामा अदालतले उक्त फैसाला गरेको हो ।
 
मुद्दा हालेपछि अदालतले स्टे अर्डर जारी गर्दै पैसा फिर्ता गर्न लगाए पनि मुद्दा अन्तिम किनारा लागेको थिएन। अमेरिकी अदालतले केही दिन अघि मुद्दाको अन्तिम फैसला गर्दै राष्ट्र बैंकको पक्षमा फैसला गरिदिएको हो। 
ुहामीले हालेको मुद्दामा अमेरिकी अदालतले हाम्रै पक्षमा अन्तिम फैसला गरिदिएको छ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने, ुहामीले पहिले नै पैसा फिर्ता पाएपनि मुद्दा किनारा लागिसकेको थिएन। अब भने मुद्दाको अन्तिम फैसला भएको छ।
 
राष्ट्र बैंकको जानकारीबीना न्युयोर्कस्थित स्टेयान्डर्ड चार्टर्ड बैंकले १० लाख  अमेरिकी डलर झिकेर अर्को पक्षलाई भुक्तानी गरिदिएको थियो। नेपालमा गैरकानुनी रुपमा रकम आर्जन गरेको भन्दै राष्ट्र बैंकले तरला इन्टरनेशनलको रकम रोका राखेको थियो।
 
छ बर्षअघि अमेरिकी कम्पनी तरलाले एक चिनियाँ नागरिक झु लिजियाङलाई राजधानीको भैंसेपाटीस्थित एनबी बैंकको खातामा पैसा पठाएको थियो। बैंकिङ प्रणालीमार्फत कारोबार भएको यो रकम संकास्पद लागेपछि राष्ट्र बैंकले सम्पति सुद्धीकरण अन्तर्गत खाता रोका राखेर अनुसन्धान गरेको थियो। खाता रोकापछि तरलाका असिम क्षेत्रीले अमेरिकी जिल्ला अदालतमा रकम भुक्तानीका लागि मुद्दा दायर गरेका थिए।
 
स्थानीय अदालतले क्षेत्रीको पक्षमा फैसला गरेपछि बैंकले राष्ट्र बैंकलाई जानकारी नदिइ भुक्तानी गरिदिएको थियो। आफ्नो जानकारी बिना रकम झिकिएको भन्दै राष्ट्र बैंकको माथिल्लो अदालतमा भुद्दा दायर गरेको थियो, यही मुद्दाको फैसला अहिले भएको हो। (बिजमाण्डु बाट)

Post a Comment

0 Comments