Subscribe Us

यता योगेश उफ्रिए, उता प्रचण्ड डुक्रिए


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीहरुभित्रको आन्तरिक विवाद कहिले पनि स्थायी रुपमा समाधान हुन सकेका छैनन् । अस्थायी रुपमा रहेका समस्याहरु फरक ढंगबाट चलि नै रहेका छन् । दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र एकीकृत नेकपा माओवादीभित्रको विवाद साम्य हुन सकेको छैन ।
 
एमाओवादीले विवाद अन्त्य गर्ने एउटा खाका ल्याएपनि फेरि एमालेभित्र चा“ही अर्को विवाद सुरु भएको छ । एमालेभित्रको विवाद मन्त्रीपरिषद्बाट पार्टीका तर्फबाट मनोनयन गरिएका सभासद्हरुको विषयलाई लिएर हो । पार्टीका धेरै नेताहरुले यस विषयमा अनौपचारिक र मौखिक रुपमा असहमति जनाएपनि सचिव योगेश भट्टराइले भने लिखित रुपमा नै ध्यानाकर्षण गराउने प्रयत्न गरे ।
 
ओठे विरोध र ओठे रुपमा नै समर्थन गर्नेहरुको फरक समुह रहेपनि लिखित रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर योगेश कडा रुपमा प्रस्तुत भएका छन् । उनले अध्यक्ष ओली एकलौटी हिसावमा पार्टी पद्दती र नियमअनुसार नहिडेको कारण पनि सोधेका छन् । ‘सभासद नियुक्तिमा अध्यक्षको मनोमानी र पदाधिकारीको सुझावलाई मिचेर निर्णय गरेका कारणले ध्यानाकर्षण गराइएको हो, त्यसमा विचार हुनुपर्छ भन्ने मान्यता छ’, योगेशको पत्रमा उल्लेख छ,‘त्यसमा पुनर्विचार नभए पार्टी आफ्नो मान्यता र लोकतान्त्रिक पद्दतीबाट हटेको हुनेछ ।

’ पार्टी अध्यक्षलाई उनले पत्र लेखेपनि सिफारिस भएका सभासदहरुले सपथ लिइसकेका छन् । त्यसमा पुनर्विचार त के केही पनि गर्न नसकिने अवस्थामा पुगेको छ, एमाले । त्यहि“माथि अध्यक्ष ओली दिल्ली उपचार गराउन गएको बेलामा योगेशको भनाईको सुनुवाई हुन सकेन । अव नहुने छा“टका“टमा पनि पुगेको छ । ‘निर्वाचित हुनासाथ पदाधिकारीको सुझावलाई लत्याएर हि“ड्न मिल्दैन, यसबारेमा केन्द्रिय समितिको वैठकमा पनि कुरो उठ्नेछ । अध्यक्षले यसको जवाफ नदिलई धर पाउनेवाला छैनन् ।’, एमाले स्रोतले भन्यो,‘सचिवको पत्रको नै वेवास्ता गरेपछि अहिले योगेश भट्टराइले केन्द्रिय समितिमा यसलाई कडा रुपमा राख्ने तयारी थाल्नुभएको छ ।’
 
भर्खरै महाधिवेशन सकी नया“ कार्यसमिति आएपछि पार्टी एक ढिक्का बनाएर लैजाने घोषणा गरेका ओली पदाधिकारीबाटै विवादमा तानिएका छन् । उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको इशारामा निर्णय गर्दै हि“डेका ओलीका लागि माधव नेपाल पक्षबाट जितेका पदाधिकारीहरुले निर्णयबारे सोध्ने भएका छन् । ‘केन्द्रिय समितिमा कुरा हुनेछ, अहिले केही हु“दैन । पद्दती र नियम मिच्न मिल्छ ?’, एमाले स्रोतले भन्यो ।
यता, नियुक्तिको विषयमा एमालेभित्र विवाद बढिरहेका बेला विवादबीच रहेको एकीकृत नेकपा माओवादी भने विवाद साम्य पार्ने दिशामा लागि परेको छ । तर, उक्त विवाद साम्य बनाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराईको मुद्दामा लत्रिनु परेको छ । अहिले बाबुराम समुहले खुसी मनाइरहेको पनि स्रोतहरुले जनाएका छन् ।

 पुर्व पोलिटव्युरो वैठक डाकेर समस्या समाधानका लागि अघि बढ्न आएको सुझावका आधारमा यहि असोजदेखि नै विराटनगर सम्मेलनले निर्वाचित गरेको प्रचण्ड नेतृत्वको केन्द्रिय समिति विघटन हु“दैछ र त्यो विशेष महाधिवेशन आयोजक समिति बन्ने भएको हो । ‘विवाद मिलाउनका लागि प्रचण्डले यसो नगरी धरै पाउ“दैन थिए, पार्टी आफ्नो पेवा जस्तो बनाउन हुन्न भन्ने मागअनुसार हामी अगाडी बढेका थियौं, आखिर त्यहि नै भयो ।’ सानेपा स्रोतले भन्यो,‘विचार र नेतृत्वको विषयमा हामीले बारम्बार भनेकै थियौं, पेलेर लाने कुरा सम्भव हु“दैन पनि भनेका हौं तर प्रचण्डले बारम्बार पेल्ने कोशिश गरे, तर ढिलै भएपनि उनी महाधिवेशनका लागि तयार भएका छन् ।’
 
एमाओवादी महाधिवेशनमा नगए भटाभट बनिरहेका समानान्तर जिल्ला समितिहरुलाई रोक्न सक्ने स्थिति नभएपछि प्रचण्ड एक कदम पछि हटेका थिए । तर, एमाओवादी जानकारहरुका अनुसार प्रचण्डले यो विवादलाई साम्य पारी महाधिवेशनलाई पनि बारम्बार रुपमा सार्ने तयारी थालिसकेका छन् । उनी विराटनगर सम्मेलनलाई नै आधिकारीक बनाउने रणनीतिमा रहेको लाजिम्मपाट स्रोतले बतायो ।

Post a Comment

0 Comments