Subscribe Us

अनशनरत अधिकारीको निधन

 काठमाडौं । वीर अस्पतालमा अनशन बसेका नन्दप्रसाद अधिकारीको निधन भएको छ ।  छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३३० दिनदेखि आमरण अनशनमा बसेका अधिकारीको सोमवार राती निधन भएको हो । उनको पत्नी नन्दमायाको अवस्थापनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

अधिकारी दम्पत्तिको अवस्था गम्भीर बनेपछि राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षति सोमबार अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका थिए ।
 
लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरुले बचाउँदै आएका थिए ।मृत्यु हुनुभन्दा केही घण्टाअघिमात्र भेटेका प्याकुरेलले उनको नाडीको चाल त्यतिबेलै १ सय ४० पुगेको बताए । प्याकुरेलले भने बढीमा ७० हुनुपर्ने पल्स दोब्बर भएकाले बाँच्ने सम्भावना सकिएको थियो ।’गोरखा फुजेलका अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो ।
छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बस्दै आएका थिए ।

Post a Comment

0 Comments