Subscribe Us

लागूऔषध र चोरका नाईके पक्राउ

काठमाडौँ । उपत्यकामा लागूऔषध कारोबार र चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले बिभिन्नस्थानबाट पक्राउ गरेको छ । अपराध माहाशाखा हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले बिषेश सुचनाको आधारमा गिरोहलाई उपत्यकाको बिभिन्नस्थानबाट पक्राउ गरी अनुसन्धान थालेको छ । 

 माहाशाखाले गिरोहकोसाथबाट लागू औषध खैरो हिरोईन ९२.२९ ग्राम, विभिन्न किसिमका मोवाइल ९ थान, नगद ३३ हजार १ सय रुपैयाँ, घडी ३ थान, विभिन्न देशका नोटहरु, मोटरसाइकलको बिलबुक ४ थान, मोटरसाइकल ५ थान, सुनका चोरीएका विभिन्न गहनाहरु, चाँदीका गहनाहरु लगायतका सामानहरु समेत बरामद गरेको जनाएको छ ।
 
 उपत्यका भित्र केहि व्यक्तिहरु लागू औषध खैरो हिरोईनको विक्रि वितरण कारोबार गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा महाशाखावाट खटिएको टोलीले गिरोहलाई कानूनको दायरामा ल्याउन सफल भएको हो  पक्राउ पर्नेहरुमा सिधुपाल्चोकका बस्ने २२ बर्षीय प्रेम तामाङ, १८ बर्षीय मनिष श्रेष्ठ, २२ बर्षीय बिशाल लामा, २० बर्षीय ग्याल्बो लामा, १९ बर्षीय बसन्त तामाङ, १८ बर्षीय हेम बहादुर तामाङ, २० बर्षीय कर्ण बहादुर तामाङ २५ बर्षीय बेल बहादुर नकर्मी रहेका छन् ।

 पक्राउ पर्ने गिरोहले लागू औषध खैरो हिरोईनको विक्री वितरणको कारोबार गर्ने तथा सेवनका गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लागूऔषधको कारोबारकासाथै गिरोहले काठमाडौ उपत्यकाका बिभिन्न ठाँउमा दिउसोको समयमा मानिस घरमा नभएको मौका पारी ढोका तथा दराज समेत फोडी नगद तथा सुन चाँदीका गर गहना र बहुमुल्य वस्तुहरु चोरी गर्ने गरेकोसमेत प्रहरीको अनुसन्धानमा खुलेको छ । उक्त गिरोहले हालसम्म विभिन्न १४ स्थानमा चोरी गरेको पाईएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments