Subscribe Us

बादल–विप्लव झगडा कि नाटक ?

काठमाडौं । गोलमेच सम्मेलनको अड्को राखेर राजनीतिक सहमतिमा जान सकिने भनी आफैं सम्मेलनमा सहभागी नभएको नेकपा–माओवादीभित्र आन्तरिक विवाद चुलिँदा सहमतिअनुसार सम्मेलनमा जान नसकेको बुझिएको छ । पार्टीभित्र चर्किएको कार्यदिशाको विवाद अहिले सतह र छुट्टाछुट्टै कार्यक्रमसम्म पुगेको छ । पार्टीको वैठकका क्रममा संविधानसभा नै नमानेर चुनावको विरोध गरेपछि राजनीतिक सम्मेलन गरेर वेतुकको समय खर्च गरेको भन्दै नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको बाटोमा जानुपर्ने अडानलाई कायम राखेपछि माओवादी राजनीतिक सम्मेलनमा गएको थिएन ।
 
गत साता बालुवाटारमा प्रधानमन्त्री सुशिल कोइरालासँग दिउँसो राजनीतिक सम्मेलनमा सहभागी हुने र सवै नेताहरुलाई बोलाउनका लागि आग्रह गरेका अध्यक्ष मोहन वैद्य किरण सम्पर्कविहीन भएर समयसम्ममा सम्मेलनमा उपस्थित भएनन् । पछि प्रधानमन्त्रीले फोन गर्दा आउन नसक्ने जानकारी उनले गराएका थिए । ‘पार्टीभित्रको विवादका कारण सम्मेलन हुन नसकेको हो, जुन संविधानसभा हामीले छाडेका छौं, त्यसैमा गएर सहमति गर्नुको अर्थ के ? पार्टी विभाजन गर्नुको कारण के हो ? भन्ने प्रश्न आएपछि सम्मेलन भाँडिएको हो’, स्रोतले भन्यो,‘यो सम्मेलन हुन सक्तैन र संविधानसभाको विरोधमा जनयुद्ध नै अहिलेको आवश्यकता रहेको भन्ने हामीले ठहर पनि गरेका छौं ।’
 
उता, वैद्यले पार्टी नेतृत्व सम्हाल्न नसक्ने र कार्यदिशाको स्पष्ट खाका दिन नसकेको ठहर गरेका विप्लवले कि आफुले तयार पारेको कार्यदिशाबाट अघि बढ्नुपर्ने होइन भने पार्टी नेतृत्व छाडेर प्रचण्डसँग आत्मसमर्पण गर्न जानुपर्ने दुई ‘अप्सन’ वैद्यलाई दिएको स्रोतले बतायो । ‘पार्टीको एउटा मुद्दा हुन्छ, अहिलेसम्म ठोस राजनीतिक उपलििव्ध, संगठनको सुदृढिकरणको विषयमा केही पनि काम हुन सकेको छैन, चन्दा उठाउने र खाने काम भयो । राजनीतिक काम भएन भन्ने विप्लवको कुरा हो ।’, स्रोतले भन्यो,‘त्यतिमात्र गर्नका लागि पार्टी विभाजन भएको होइन ।’
भारतसँग हुन लागेको विद्युत व्यापार सम्झौताका लागि भारतीय कम्पनी जिएमआरसँग भएको विद्युत विकास सम्झौता (पिडीए)को विरोधमा दशैंकै मुखमा हड्ताल आह्वान गरेका विप्लवको घोषणाको वैद्यलगायतले विरोध गरेका थिए । उक्त विरोधले पनि आन्तरिक द्वन्द्व चर्किएको बताइन्छ । पार्टीको युवा र संगठनलाई राम्रोसँग बुझेका र हर जिल्लामा संगठन निर्माणमा हिँडेका विप्लवले तलमाथि भए पार्टी नेतृत्व आफैंले लिएर हिँड्ने योजना पनि बनाएका छन् ।

 ‘वैद्यजी, सीपीजीहरु अवसर र पैसा पाए जतिवेला पनि पार्टी विभाजनमा लाग्नसक्छन्, त्यसकारण संगठनको जिम्मेवारी विप्लवले कमान्ड गर्नुभएको छ ।’, स्रोतले भन्यो,‘पार्टीको मुल नेतृत्व रामबहादुर थापा वादललाई जिम्मा दिएर सैन्य शक्ति उत्पादन गर्ने दिशमा पनि कुरा अघि बढेको छ ।’त्यसो त वादल र विप्लवको पनि संगठनभित्र कुरा मिलिरहेको हुँदैन । तर, यतिवेला संगठन र पार्टीको नयाँ कार्ययोजना बनाउनका लागि संगठनसहिको भिजनका लागि विप्लव र सैन्य योजनासहिको पार्टीको बाहिरी पाटो निर्माणका लागि वादल मिल्ने तयारी गरिरहेका छन् ।
 
‘सैनिक निर्माण नगरी आन्दोलन अगाडी बढ्न सक्तैन, यो कुरा पार्टीको वैठकमा बारम्बार भइसकेको छ, विप्लवले संगठन र सैन्य शक्ति बनाउनका लागि सवै जिल्ला संगठनहरुसँग आन्तरिक वैठक र कार्ययोजना पनि पेस गरिसक्नुभएको छ’, स्रोतले भन्यो,‘केही लोभीपापी नेतृत्व र आत्मसमर्पणवादी संसदीय दलहरुसँग मिलेर जान सकिँदैन ।’
 
वैठकहरुमा पार्टीको नाम बेचेर पैसा उठाउने र भ्रष्टाचार बढेको भन्दै नेता र ठगीमा संलग्न भएका नेताहरुको बारेमा पनि कुरा उठेको छ । पार्टी केन्द्रिय सदस्य अनिल शर्मा विरही कारवाहीको कारणलाई लिएर वादल र विप्लवले नयाँ नाटकीय संरचनामा वैद्य, गजुरेलहरुलाई गुमराहमा राख्ने कोशिश गरेको स्रोतको दाबी छ ।

पार्टीभित्र पैसाको विवाद ठूलो छ, भ्रष्टाचारको विवादका कारणले केही मतभेद र भनाइहरु भएको देखिए पनि अनिल शर्मा कारवाही प्रकरण भने वादल र विप्लवको नाटक हो । ‘तीन साताअघिमात्र दुवै मिलेर जाने कुरा गरिरहेका थिए, अन्य नेता काम नलाग्ने भएपछि यस्तो छलफल गरेका दुवै नेताले अनिल शर्मा कारवाहीलाई सामान्य कारण बनाएर विवादजस्तो गरेका हुन् ।’ अहिले अनिल शर्मा प्रकरणमा बादल र विप्लवको झगडा नभएर नाटक भएको समाचार सुत्रको दाबी छ ।

Post a Comment

0 Comments