Subscribe Us

युबतीले दिएको पानी खाँदा तिन लाख गायब

काठमाडौं । युबतीले दिएको पानी खादा एक व्यापारीको तिन लाख बराबरको सम्पत्ति लुटपाट भएको छ ।  शान्तिनगर नगेन्द्रकान्छा चोकमा सुन पसल गरी बस्ने गुणराज बि.क.को ५ तोला सुन र नगद ६३ हजार रुपैयाँ लुटपाट भएको हो ।

 बानेश्वरबाट बसमा न्युरोडतर्फ जाने क्रममा सामान्य चिनजान भएकी शिला भत्रे महिलाले व्यापारी बि.क.लाई पानी खान दिई बेहोस बनाई झोलाभित्र रहेको उक्त धनमाल लुटी फरार भएकी हुन् ।

 युबतीले आईतवार एक बजे उक्त धनमाल लुटी फरार भएको प्रहरीले जनाएको छ । होसमा आएपछि व्यापारी बिकले प्रहरीलाई जानकारी गराएका हुन । फरार युबतीको खोजी कार्या भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments