Subscribe Us

अमेरिकामा पेट्रोल पम्प संचालन गर्दै रेखा

रेखा लागिन् तेलको व्यापारमा

काठमाडौं। लामो समयसम्म नेपाली रजतपटमा राज गरेकी अभिनेत्री रेखा थापालाई नायिका, निर्मात्री पछि अब व्यवसायीको रुपमा पनि देख्न पाइने भएको छ। यो भूमिका पर्दामा नभई यथार्थ जीवनमै व्यवसायीको रुपमा देख्न पाइने भएको हो।उनले अमेरिकामा तेल व्यवसाय गर्ने जनाएकी छन्। व्यवसायकै सम्भाव्यता अध्ययन गरेर रेखा गत साता मात्र काठमाडौं फर्किएकी थिइन्।

 तीन जनाको संयुक्त लगानीमा रेखाले पेट्रोल पम्प संचालनमा ल्याउन लागेको जनाएकी हुन्। अमेरिकाको दुईवटा सहरमा चाँडै नै पम्प संचालनमा ल्याउन तयारीमा उनी जुटेकी छन्। साझेदार र व्यवसाय सञ्चालन गर्ने सहरको नाम भने अहिले खुलाएकी छैनन्।

आउँदो दसैंको फूलपातीका दिन उनले निर्देशन गरेको चलचित्र हिम्मतवाली रिलिज हुँदैछ। हिम्मतवालीको प्रदर्शनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएकी हुन्। पहिलोपटक कुनै नेपाली कलाकारले नेपालमै रहेर अमेरिकामा व्यवसाय संचालनमा ल्याउन लागेको सम्भवतः पहिलो प्रयास नै हो। व्यवसाय गर्नकै लागी उनि एक साता अमेरिकामा बसेकी थिइन्।

 अमेरिका बसाइका क्रममा उनले तेल व्यवसाय गर्ने कुरा टुंगो लगाएर नेपाल फर्किएकी हुन्। उनी नेपाल फर्किनुको कारण भने उनको चलचित्र हिम्मतवालीको रिलिज मिति पनि नजिक आएर पनि हो। अहिले उनी हिम्मतवालीको प्रचार प्रसामा व्यस्त भएकी छन्। हिम्मतवालीको अमेरिकामा पनि विशेष प्रदर्शन गरिने जनाइएको छ। अमेरिकामा हिम्मतवालीको प्रदर्शनको जिम्मा भने रेखाकी आमाले लिएकी छन्।

Post a Comment

0 Comments