Subscribe Us

राष्ट्रिय निकुन्जका कर्मचारीको गोली हानी हत्या

काठमाडौ । चितवन राष्ट्रिय निकुन्ज भित्र गोली चल्दा एक को मृत्यु भएको छ चने अर्का एक घाईते भएका छन् । माडी अयोध्यापुरी गाबिस वडा नं ९ मा बिहीबार बिहान गोली चल्दा निकुन्जका एक कर्मचारीको मृत्यु भएको छ, भने अर्का  एक  घाईते भएका छन् ।

 गोली प्रहारबाट रत्ननगर नगरपालिका १ टाँडीका ५० बर्षीय शेषचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रुगम कुवरले बताए । माडीबाट ना २६ प ८८० नम्बरको मोटरसाईकलमा पर्साको ठोरी जाँदै गरेको अवस्थामा बिहान पौने ११ बजे जंगलको बिच बाटोमा उक्त घटना भएको प्रहरीले जनाएको छ । घटनामा घाईते भएका बसन्तपुरका ४५ बर्षीय त्रिलोक चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । 

 उनको अपरेशनको तयारी भइरहेको चिकित्सकले बताएका छन् । त्रिलोक सोही मोटरसाईकलमा पछाडि सवार थिए । प्रहरीका अनुसार ७ जनाको समूहमा आएका लुटेरा समुुहले शेषचन्द्र र त्रिलोकलाई जंगलमै रोकी खानतलासी गर्ने क्रममा वादविवाद हुदा भरुवा बन्दुकले गोली प्रहार गरेका हुन् ।  वादविवादको क्रममा समुहले शेषचन्द्रलाई बन्दुकको कुनाले कुटपिट गर्दै गोली प्रहार गरेका थिए ।


 गोली प्रहारबाट उनी ढले पछि पछाडि बसेका त्रिलोक भाग्न शुरु गरेका थिए । भाग्ने क्रममा त्रिलोक माथि पनि लुटेरा समुहले गोली प्रहार गरेको प्रहरीले बताएको छ ।   मृतक शेषचन्द्र चितवन राष्ट्रिय निकुन्जका कर्मचारी हुन् भने घाईते त्रिलोक  काठमाण्डौं चल्ने रात्रीबसका चालक हुन् । गोली प्रहार गर्नेहरु वनतस्कर हुनसक्ने र उनीहरुको खेजतलास शुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थल सदरमुकाम भरतपुरबाट करीब ६७ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।  

Post a Comment

0 Comments