Subscribe Us

बृत्तका तिन डीएसपीलाई कारबाहीको तयारी

काठमाडौं । महानगरीय प्रहरी बृत्तका तिन डीएसपीलाई आईजीपी सचिवालयले निगरानी राखेको छ । पदको दुरुपयोग गरी आचरण बिरुद्ध काम गरेको उजुरी सचिवालयमा परेपछि उनिहरुमाथी निगरानी बढाएको हो । महानगरीय प्रहरी बृत्त लौनचौरका डीएसपी बिरेन्द्र शाही, दरबारमार्ग बृत्तका डीएसपी राजकुमार सिलवाल र बानेश्वरका बृत्तका डीएसपी रमेशकुमार तमाङमाथी निगरानी बढाएको सचिवालय स्रोतले बताएको छ । 

सर्बसाधरणलाई अनाश्वाक दुःख दिएको, लेनदेनका मुद्दालाई पिडकस“ग मिलेर पिडीतलाई उल्टै मुद्धा चलाएको, ब्यापारीस“ग पैसा मासिक खानथालेको उजुरी परेपछि सचिवालयले बृत्तका तिन डीएसपीलाई निगरानी बढाउनकासाथै कारबाहिको तयारीसमेत गरेको हो । गत जेठको अन्तिमसाता लौनचौरका डीएसपी शाहीले लेनदेनका मुद्दामा पिडकस“ग मिलोमतो गरी अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेपछि शाही बिरुद्ध सचिवालयमा उजुरी परेको छ ।

 अपराध महाशाखामा कार्यारत प्रहरी नायव निरक्षक बिजयप्रताब शाहाको सेटिङमा डीएसपी शाहीले सेनाका क्यापटेन राधाकृष्ण खड्कासहित ५ जनालाई झुटा मुद्दा लगाएपछि शाहीमाथि सचिवालयले कारबाहीको तयारी गरेको हो । नेपाली सेनालेसमेत अपहरण मुद्दामा आफ्नो क्यापटेनको सगल्नता बारे अनुसन्धान सुरु गरेको छ । अपहरणको अभियोग लागेका क्यापटेन खड्का, सन्जय रिजाल, केदार कार्की, दिलिप कुमार ठराई, श्रीकृष्ण कार्की र सुदीप कार्कीलाई अदालतले धरौटीमा छाडेको छ ।

 आठ लाख लेनदेनको बिषयमा पैसा लिन जाहेरीवाला भनिएका भुबन केसीले अपहरणको अभियोग लागेका क्यापटेनको समुहलाई ठमेल बोलाएर सई शाहाको सेटीङमा झुटा मुद्दामा फसाईको थियो । सई शाहा बिभागमा बिबादास्पद छबी भएका व्यक्ति हुन । उनि निलम्बन फुकुवा भएको एक बर्ष नबित्तै फेरी सुन लुटेको आरोपामा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको हिरासतमा छन् । न्यूरोडका ब्यापारीको दश किलो सुन लुटेको आरोप शाहामाथी लागेको छ । बानेश्वर बृत्तमा सरुवा भएकै भोलीपट्टबाट मासिक उठाउन थालेका डीएसपी तमाङपनि आईजीपीको हिट लिस्टमा रहेका छन् ।

 गुण्डासँग उडबस देखि बानेश्वर क्षेत्रमा सञ्चालित डान्स रेष्टुरेन्ट देखी क्याबिन र मसाजबाट मासिक उठाउन थालेपछि तमाङ बिरुद्ध सचिवालयमा उजुरीको थुर्पीएको हो । डीएसपी तमाङको चरित्रका कारण बृत्तका अन्य प्रहरीसमेत रुष्ट बनेका छन् । डीएसपीले मासिक पैसा उठाईदिने हुनाले अपराध बढेको बृत्तका एक अधिकृतले बताए । ‘पक्राउ गरेर ल्यायो कारबाहि गर्नेपर्ने ब्यक्तिलाई डीएसपीले बिहानै छाडिदिने हुदा बृत्तका अन्य प्रहरीको मनोबल घटेको छ, उनले भने ।’ टोल टोलमा सञ्चालित जुवा अखडाबाट डीएसपी तमाङले राम्र्रै असुल्न थालेका छन् । एक महिना अघि बानेश्वरको हाटरक डान्स रेष्टुरेन्टमा भएको झगडामासमेत डीएसपी तमाङले एक लाख खाएको रहस्य खुलेको छ । रेष्टुरेन्टमा खान गएको ग्राहकलाई कुटपीट गरी ज्यान मार्ने उद्यँेग गरेका रेष्टुरेन्टका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी बृत्तमा ल्याएपनि डीएसपी तमाङले पिडीत पक्षलाई दबाब दिएर मिलापत्र गराएका थिए । 

पिडीत मध्यका राकेश लामाको हात भा“चीएको थियो भने समिर श्रेष्ठको शरिर भर खुकुरीले प्रहार गरेको घाउ हरु थिए । हातको नङले कोतरेको घाउमा ज्यानमार्ने उद्योग मुद्दा दर्ता गर्ने पछि नपर्ने प्रहरी लामाको हात भा“चीदापनि डीएसपी तमाङले पिडकसँगको मिलोमतोमा पिडीत पक्षलाई मिलापत्र गर्न दबाब दिएको स्रोतले बतायो । दुई पक्षबिच चार लाखमा सहमती भएपनि डीएसपी तमाङले औषध उपचार खर्ज भन्दै दुई लाख पचास हजारमात्र दिएर बाँकी आफै खाएको पिडीत पक्षले आरोप लगाएका छन् । हाटरकका सञ्चालक र त्याहा कार्यारत कर्मचारीलाई यस अघिका डीएसपी रेबती ढकालले ग्राहकलाई कुटपीट गरेको आरोपमा पटक पटक पक्राउ गरी मुद्दा चलाएका थिए । अहिले तिनै रेष्टुरेन्ट सञ्चालक डीएसपी लामाका प्यारा हुन पुगेका हुन । अपराधीक गतिबिधीमा सगल्नलाई कारबाही गरेकै भरमा दरबारमार्ग बृत्तका डीएसपी राजकुमार सिलवाललाई बृत्तबाट हटाउन आईजीपी सचिवालयमा दबाब परेको छ ।

 युर्बा संघका केन्द्रिय सदस्य तथा प्लाटीनम डिस्काका तत्कालिन सञ्चालक अमित लामालाई पक्राउ गरी मुद्दा चलाएको आरोपमा डीएसपी    सिलवाल पहिले देखिनै गुह मन्त्री बाबदेब गौतमको आँखाको तारो बनेका थिए । ठमेलमा गुण्डागर्दी गरेको आरोपमा फेसेज बारका सञ्चालक राम गिरीलाई पक्राउ गरी कारबाही गरेपछि डीएसपी सिलवालमाथी फर्जी मैखीक उजुरी आईजीपी सचिवालयमा परेको स्रोतको दाबी छ । बिभिन्न माध्यमबाट डीएसपी सिलवालको बारेका आईजीपी उर्पेन्द्रकान्त अर्यालको कान भर्ने गरेको स्रोतले दाबी गरेको छ ।

 ठमेलका गुण्डा राम गिरीलाई ज्यानमार्ने उद्यँेग मुद्दामा डीएसपी सिलवालले २४ दिनसम्म थुनामा राखेपछि गिरीले ब्यापारी, नेताका पुन्छर र केहि कथित पत्रकारको माध्यम आईजीपी सचिवालयमा डीएसपी सिलवाल बिरुद्ध भ्रम फैलाउन थालेका छन् । गत महिना पक्राउ परेक गिरीलाई छुटाउन भूपु एसपी ढकबहादुर कार्कीदेखि बहालवाल प्रहरीेसमेत दरबारमार्ग बृत्त पुगेका थिए । तर डीएसपी सिलवालले कसैको कुरा नसुनेपछि अहिले त्यहि समुह उनलाई हटाएर आफू निकट डीएसपी दरबारमार्ग बृत्तमा ल्याउन खोजेका हुन । सिलवाल हटाउने रननीति अनुसार अहिले त्यहिसमुहले सचिवालयमा  फर्जी उजुरीसमेत पार्न थालेका छन् ।

Post a Comment

0 Comments