Subscribe Us

सर्वेन्द्र समाज र सम्मान

सर्वेन्द्र समाज र सम्मान

विचार विश्लेषण करिब २० महिनाअघि शान्ति सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी बोकी नारायणी अञ्चलमा आएका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल यति बेला नागरिक सम्मान बटुल्न निकै व्यस्त छन् । नेपाल प्रहरीको मूल नारा ‘सत्य, सेवा, सुरक्षरणम्’लाई आफ्नो प्रमुख कार्यभार बनाइ काम गरेकै कारण यति बेला प्रवउ खनालको सबै क्षेत्रबाट भव्य नागरिक सम्मान भइरहेको छ । वीरगंजका उद्योगी–व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मीलगायत विभिन्न सङ्घसंस्था उनको सम्मानमा जुटेका छन् । अहिले प्रत्येक दिन करिब एक दर्जन सङ्घसंस्थाले उनलाई नागरिक सम्मान गरिरहेका छन् ।

प्रवउ खनाल २०६९ माघ ९ गते नारायणी अञ्चलमा सरुवा भई आएका थिए । कुरा धेरै नगर्ने र ठूला ठूला प्रतिबद्धता नगरी, फरक ढ·बाट काम गर्नु नै खनालको विशेषता हो । उनले नारायणीमा सरुवा भई आएदेखि शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखे । सो क्रममा उनी नेपालको मात्र नभई भारतीय मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधीलाई राजधानी काठमाडौंबाट पक्राउ गरी चर्चामा आएका थिए । उनको यस साहसिक कार्यले प्रहरी स·ठनको गरिमा नेपालमा मात्र नभई भारतमा समेत बढाएको थियो । उनले भूमिगत समूहको नाममा भारतको सीमावर्ती शहरमा बसी आपराधिक गतिविधि सञ्चालन गर्नेलाई भारतीय प्रहरीको सहयोगमा भारतमैं पुगी पक्राउ गरेका थिए ।

 काठमाडौंका सञ्चारउद्यमी जमीम शाहदेखि जीतपुरका व्यापारी अफताब आलमको हत्या गर्ने कुख्यात हत्यारालाई पक्राउ गर्ने कामसमेत उनकै कार्यकालमा सफल भएको थियो । खनालको काम गर्ने शैली अन्य प्रहरी अधिकृतभन्दा बिल्कुलै फरक छ । उनी चर्चाको लागि होइन, परिणामको लागि काम गर्छन् । उनकै कुशल नेतृत्वको कारण छोटै समयमा पर्सा, बारा, रौतहट, चितवन र मकवानपुर जिल्लाभित्र हुने आपराधिक गतिविधिमा निकै कमी आएको थियो ।

त्यसपछि उनले सामाजिक विकृति निर्मूल पार्ने अभियान अगाडि बढाएका थिए । शुरूमा उनलाई केही अप्ठ्यारो भएपनि दृढ सड्ढल्प र निरन्तर प्रयासले सबैको सहयोग र साथ पाए । तराईमा अझै पनि बालविवाह र दहेज प्रथा सामाजिक विकृतिको रूपमा मौलाइरहेको छ, यो विकृतिको नाममा बर्सेनि करोडौं रुपियाँको व्यापार हुने गर्छ । तापनि सुधार परिणाममुखी हुन सकेको थिएन । तर खनाल बजेट, घटना र उजुरी कुरेर बसेनन्, यस्ता घटना हुने सम्भावित स्थानमैं पुगी जनचेतना फैलाउने कामलाई अघि बढाए र उनको यो प्रयास केही हदसम्म सफल पनि रहयो ।

पहिले–पहिले प्रहरीले घटना र उजुरीको आधारमा कारबाई अगाडि बढाउँथ्यो । खनाल चाहिं घटना, दुर्घटना र उजुरी कुर्नुभन्दा घटना हुनै नदिने वातावरण तयार गर्नुपर्छ भन्ने मान्यता बोकेर काम गर्थे । त्यसैले होला उनको यस अभियानमा स्थानीय प्रशासन, एनजीओ, आईएनजीओ, नागरिक समाज र सञ्चारकर्मीहरू सबैले निस्स्वार्थ सहयोग गरेका थिए । सबैको सहयोगमा गाउँगाउँमा पुगी सामाजिक विकृतिबारे चेतनामूलक कार्यक्रम र नाटक सञ्चालन गरे । यस प्रयासपछि अभिभावकमा मात्र नभई बालबालिकाहरूमा समेत सामाजिक चेतना आउन थाल्यो । जसैजसै उनको अभियान सफल हुँदै गयो, उनी समाजमा परिवर्तनका अभियन्ता बन्दै गए । यति बेला अभियानले ल्याएको परिवर्तन पर्सा जिल्लालगायत बारा र रौटहतमा समेत सर्वत्र देखा पर्न थालेको छ ।

प्रवउ सर्वेन्द्र खनाल अञ्चल प्रहरी कार्यालय नारायणीको जिम्मेवारी बोकेर आउने ४२ औं प्रमुख हुन् । आजसम्म अञ्चल प्रहरी कार्यालयलाई केन्द्रीय सा·ठनिक नीति निर्देशनलाई जिल्लाको तहसम्म पुर्‍याउने निकायको रूपमा मात्र हेरिन्थ्यो । तर खनालको कार्यशैलीले अञ्चल प्रहरी कार्यालयको परिचयलाई परिवर्तन गरेको छ । यस कार्यालयले शान्ति सुरक्षाका साथै समाज परिवर्तनको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरालाई आधारसहित पुष्टि पनि गरेको छ ।

सामान्यतया हामीले हेर्दा सधैं चुपचाप देखिने, कसैसँग धेरै नबोल्ने प्रवउ खनाल आफ्नो पेशा र सामाजिक दायित्वप्रति सधैं सजग र चनाखो थिए । अपराध र समाज परिवर्तनको अभियान नै उनको उद्देश्य थियो । यति बेला उनले फेरि राम्रो वीरगंज बनाउने मुद्दा अगाडि सारेका छन् । उनको यस अभियानलाई पनि समाजका सबै वर्गले साथ दिएको छ ।

एकाबिहानै प्रहरी जवान पोशाकसहित हातमा कुचो र कोदालो बोकी सडक र नाला सफाइ गर्दै हिंड्न थालेपछि नेपाली सेना, सशस्त्र प्रहरी मात्रै नभई नागरिक समाज, उद्योगी–व्यापारी, विद्यार्थी र बुद्धिजीवीहरूसमेत सडक र नाला सफाइ अभियानमा अघि बढेका छन् । अन्त्यमा आएर खनालले माईस्थान मन्दिरअगाडि रहेको खाली जग्गामा पार्क बनाउने अभियान चलाए । उनको यो प्रयास पनि सफल रहयो र अहिले सो स्थानमा धमाधम पार्क निर्माण भइरहेको छ ।
sarbendra khanal 2
ठूलो बजेट र साधन स्रोत भएमात्र विकास र परिवर्तन गर्न सकिन्छ भन्ने कुरा खनालले झूटो साबित गरिदिएका छन् । हल्ला र सल्लाहले मात्र समाजको विकास र परिवर्तन हुँदैन, परिवर्तनको लागि इमानदार भई काम गर्न सक्नुपर्छ, जसमा प्रवउ खनाल खरो उत्रेका छन् । त्यसैले प्रवउ खनाललाई सबैले हृदयबाट सम्मान गरिरहेका छन् । प्राप्त जानकारी अनुसार अहिलेसम्म उनलाई ४५ वटा संस्थाले सम्मान गरिसकेको छ ।

हामी सामाजिक काम गर्नेलाई सम्मान गर्नुपर्छ भनेर त जानेका छौं तर आपैंmले समाजको लागि काम गर्नुपर्छ भन्ने बुझेका छैनौं । खनालले हामीलाई समाजसँग जुडिएर काम गर्न सक्यौं भने सम्मान पाउन सकिन्छ भनेर सिखाएका छन् । उनले समाज परिवर्तनको लागि सरकार र प्रशासनको मुख ताक्ने होइन, हामी आपैंmले आफ्नोतर्फबाट पहिलो प्रयास गर्नुपर्छ भनेर पनि सिकाएका छन् । यदि हामीले प्रवउ खनालको साँचो अर्थमा सम्मान गर्न खोजेका हौं भने उनको उपस्थितिमा उनको गुणगान गरेर होइन, उनको अनुपस्थितिमा उनले पहिल्याएका बाटोमा इमानदारीपूर्वक लाग्न सक्यौं भने मात्र उनको सच्चा र उच्च सम्मान गरेको ठहर्नेछ ।
- राजु श्रेष्ठबाट

Post a Comment

0 Comments