Subscribe Us

राजधानीमा लाईसेन्स प्रात्त हतियारको आंतक

ठेक्का पट्टा कब्जा गर्न गुण्डाका नाईके काजि शेर्पा, मिटर ब्याजको रुपैंया असुल्न बिरेन्द्रलाल श्रेष्ठ, र मेनपावरको अबैध धन्दाबाट बच्न रघु पुरीले प्रशासनलाई प्रभाबमा पारेर हतियारको लाईसेन्स लिएका छन् । ठूलो संख्यामा नेपालमा भित्रिएका जर्मन स्पोटर्स गन (जीएसजी–५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिएर अवैध धन्दा चलाउने गिरोह राजधानीमा सक्रिय रहेको प्रहरीको अनुमान छ । लाईसेन्स प्रात्त हतियार बोकेर समाजमा आतंक फैलाउनेको सुची तयारपारी लाईसेन्स खारेज गर्ने सम्बन्धीत निकायमा पत्रचार गर्ने रणनीतिमा अपराध महाशाखा लागेको स्रोतको दाबी छ ।
 
काठमाडौं । जिल्ला प्रशासन कार्यलयले हचुवाको भरमा हतियार राख्न ईजाजतपत्र दिदा प्रहरीलाई सुरक्ष्ाँ चुनैती थपिएको छ । आपराधिक पुष्ठभुमिबाट गुर्जिरहेका व्यक्तिहरुले ईजाजत पाउदा हतियारको दुरुपयोग हुनुको साथै सुरक्षामा चुनैति थपिएको हो । अबैध तरीकाले असुलेको रुपैयाबाट नबधना्डयको सूचिमा रहेका एकान्तकुनाका महेशबहादुर सिंहसंग प्रहरीले ५ महिना अघि ईजाजत  प्रात्त ६ थान हतियार बरामत गरेको थियो । त्यसतै दुई महिना अघि पक्राउ परेका शंकरदेब क्यामपसका स्वयुसभापति सुकबहादुर बस्नेत र एक बर्षअघि बालाजुबाट पक्राउ परेका एमाओबादी कार्यकर्ता यमबहादुर कार्किलाई राज्यले हतियार राख्ने ईजाजत दिनुपर्ने कारण छैनन् । 

हतियार देखाएर धम्क्याउ“दै रकम असुली गर्ने र ठेक्कापट्टा कब्जा गर्न सक्रिय भएको दाबी गर्दै प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । प्रहरीको अनुसन्ध्ाँनबाट तिनै जनाले लाईसेन्स प्राप्त हतियारको दुरुप्रयोग गर्दै आपराधिक गतिबिधी सञ्चालन गर्दै आएको रहस्य खुलेको थियो । केहि महिना अघि पक्राउ परेका सिंहले अबैध रकम असुल्न लाईसेन्ससहितको हतियार राखेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो ।

ठूलो संख्यामा नेपालमा भित्रिएका जर्मन स्पोटर्स गन (जीएसजी–५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिएर अवैध धन्दा चलाउने गिरोह राजधानीमा सक्रिय रहेको प्रहरीको अनुमान छ । राजधानीमा जीएसजी–५ नामक अर्धस्वचालित हतियार बोक्नेहµमा क्यासिनोमा नेपाली जुवाडेलाई लगानी गर्ने, क्यासिनोमा टेबुल चलाउने, चर्को ब्याजमा ऋण्ँ्“ लगाएर सर्वसाधारण्ँ र ब्यापारीको उठिबास गराउने, गुण्डागर्दी गर्ने देखि बैंकर र ब्यापारी तथा नेपालको बरिष्ठ प्रहरी अधिकृतसम्म रहेका छन् । जीएसजी–५ नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिनेमा बैंकर किशोर महर्जन र ज्योति पाण्डे छन् । 

महर्जन सिभिल बैंक र पाण्डे ईन्भेष्टमेन्ट बैंकका सीईओ हुन् । त्यसैगरी प्रहरीको सुचीमा लुटेरा हु“दै गुण्डागर्दीबाट ब्यापारी तथा ठेकेदार बनेका काजि शेर्पा, काभ्रे घर भई हाल राजधानीस्थित सिफल बस्ने विरेन्द्रलाल श्रेष्ठले जीएसजी–५ नामक हतियार बोक्ने गरेका छन् । श्रेष्ठ गत साता प्रक्राउ परेका महेशबाहादुर सिंहकै सैलीमा अबैध तरिकाले मिटर ब्याजका लगानीकर्ता हुन् । नेपाल प्रहरीका उच्च प्रहरी अधिकृतको रुपैंया श्रेष्ठले सस्तो ब्याजमा लिएर क्यासिनोका दलाल, जुवाडे, र घर जग्गाको ब्याबसायीहरुलाई मिटर ब्याजमा लगानि गर्दै आएका छन् ।


 लगानी गरेको रुपैंया असुल्न श्रेष्ठले ईजाजत पाप्त हतियारको दुरुप्रयोग गर्ने गरेको पिडीतले बताएका छन् । क्यासिनोमा लगानी गरेका कारण्ाँ चर्चामा रहेका बलराम सापकोटासँग पनि जीएसजी–५ नामक हतियार भएको प्रशासन स्रोतले बताएको छ । प्रशिद्धबहादुर पाण्डे र रविन पाण्डे होटल ब्यवसायी हुन् । पाण्डेद्धयको लगानीमा होटल सांग्रिला संचालन हुँदै आएको छ । पाण्डेद्धयस“ग पनि जीएसजी–५ नामक अर्धस्वचालित हतियार रहेको छ भने उनीहरुले एक बर्ष अगाडि मात्र लाईसेन्स लिएका हुन् ।

 त्यसैगरी शेयरहोल्डरका तर्फबाट ईन्भेष्टमेन्ट बैंकका सुरेन्द्र सिंह पूर्व निर्देशक हुन् । सिंहस“ग पनि जीएसजी–५ हतियार रहेको छ । पुरानो बानेश्वर बत्तिसपुतलीस्थित रहेको द रिभर ओभरसिजका संचालक रघु पुरीले पनि अवैध धन्दाबाट बच्न जीएसजी–५ हतियारको लाईसेन्स लिएको स्रोेत बताउ“छ । म्यान पाउरको नाममा मानब तस्करी गर्दै आएका पुरीले बिदेशबाट फर्केर आएका व्यक्तिलाई उक्त हतियार देखाएर तंसाउने गरेको स्रोत बताउछ । अहिलेसम्म राज्यलाई १० लाख कर नतिरेका मानब तस्करी गिरीको ५० करोड भन्दाबढी सम्पत्ती रहेको छ ।

 छोटो समयमा अकुत सम्पत्ती कमाएको गिरीको सम्पत्ती सुद्धिकरण बिभागलेसमेत अनुसन्धान सुरु गरेको स्रोत बताउछ ।  त्यसैगरी ब्यापार तथा ब्यवसाय नभएका तर पुख्यौंली सम्पत्तिमा मोेजमस्ती गर्दै आएका प्रशस्त भएका बानेश्वर थापा गाउँ बस्ने कृष्ण्ँबहादुर थापासँग पनि अर्धस्वचालित हतियार जीएसजी–५ रहेको छ । पछिल्लो केही वर्षयता वैध हतियार देखाएर अवैध उदेश्य पूरा गर्ने लहर राजधानीमा छाएको छ ।

    यसरी लिइन्छ हतियारको लाईसेन्स 
आकर्षक आथिर्क प्रलोभनमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरका कर्मचारीहरु परेपछि एक बर्षबीचमा दर्जनौं हतियार नेपाल भित्रिएका छन् । यसमा प्रहरी र दलालहरुको समेत मिलेमतो रहेको छ भने हतियार मगाएर मनलाग्दी विक्री वितरण्ँ र नामसारी गर्ने कार्य तिर्ब गतिमा बढिरहेको छ ।

 जुन ब्यक्तिलाई प्रशासनले हतियारको लाईसेन्स दिएको हो सो ब्यक्तिले पाच बर्Èसम्म हतियार नामसारी र विक्रि वितरण्ँ गर्न मिल्दैन् र पाउँदैन् । गत वर्ष चलनचल्तीमा २२ बोर (२२ क्यालिबर)को भनिने जीएसजी–५ नामक हतियार सामान्य व्यक्तिको नाममा मगाएर केही दिनमै गुन्डाका नाइकेलगायतलाई नामसारी गरेकोसमेत प्रमाण्ँ भेटिएको छ । गृह प्रशासनले कसैको नाममा हतियार इजाजतपत्र पाएको पाँच वर्षसम्म अर्को हतियार ल्याउन वा नामसारी गर्नु गैरकानुनी मानेको छ । 

नेपालमा हातहतियार सम्बन्धी प्रचलित कानुनअनुसार पक्रिया प¥ुयाएर सम्बद्ध प्रमुख जिल्ला अधिकारीको आदेशमा इजाजतपत्र हतियार प्राप्त गर्न सकिन्छ । त्यसका लागि जिल्ला सुरक्षा समितिले सिफारिस गर्नुपर्छ । गृह मन्त्रालयले त्यसलाई स्वीकृत गर्नुपर्छ । वैध हतियार राख्न नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । त्यो निवेदनसँगै सम्वन्धित व्यक्ति मानसिक र शारीरिक रुपमा स्वस्थ भएको चिकित्सकको सिफारिस पनि चाहिन्छ। निवेदनमाथि जिल्ला सुरक्षा समितिले अनुसन्धान अगाडि बढाउ“छ ।

Post a Comment

0 Comments