Subscribe Us

डीआईजी भई भन्दै डनको दोहोरीमा एसएसपी मात्तिए

nepal_police d

काठमाडौ -नेपाल प्रहरीमा बेला बेलामा रमिता हुने गरेको छ । एआईजी बढुवामा भएको भाँडभैलो नटुंगिदै डीआईजी बढुवाको विवाद बाहिर आएको छ । बढुवा सिफारीसमा नपरेका डीआईजीहरु मदिरा पिएर आईजीपी उपेन्द्रकान्त अर्याललाई गाली गर्न थालेका छन् भने बढुवा सिफारीस भएकाहरु पाटी दिन थालिसकेका छन् ।

बढुवामा सिफारीस भएका एक प्रहरीले दोहारी सांझमा दिएको पाटीको निकै चर्चा भएको छ । क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा कार्यरत पशुपती उपाध्यायले गत भदौ १६ गते पाटी दिएका थिए । एमालेको आडमा चितवनमा गुण्डागर्दी गर्दै आएका सुरज तिवारीको रिदम गजल बारमा उनले भोज दिएका थिए । उक्त भोजमा केही प्रहरी अधिकारीहरु मदिरामा मात्तिएर रमिता देखाएपछि उपाध्यायको पाटीले चर्चा कमाएको छ ।

उक्त पाटीमा एसपी सुरज केसी, तालिम केन्द्रकै डिएसपी बिमल कँडेल, चितवन ट्राफिकका इन्चार्ज रहेका इन्सपेक्टर रमेश भेटवाल लगायत एक दर्जन सिनियर प्रहरी अधिकारी थिए । सामान्यतया प्रहरीले बेलुका ११ बजे नै दोहोरी बन्द गराउने भएपनि डीआईजीको पाटी भएकाले त्यो दिन एक बजेसम्म खुलाइएको थियो । मदिरामा मात्तिएपछि उपाध्ययसहितका प्रहरी अधिकारीहरु डान्सर युवतीहरुस“ग नाचेका थिए । ट्राफिकका इन्सपेक्टर भेटवालको नाचले पनि चितवनमा निकै चर्चा कमाएको छ । एसपी केसी असई भर्नाको छनोटका लागि प्रहरी प्रधान कार्यालयबाट प्रतिनिधि बनेर गएको बेला उक्त पाटी भएको हो ।

गुण्डाको रेष्टुरेन्टमा गएर सिनियर प्रहरी अधिकारीहरुले भोज गरेपछि चितवनका व्यापारीहरुले भने आश्चर्य व्यक्त गरेका छन् । एसएसपी उपाध्याय आप्mनो ब्याचबाट पहिलो नम्बरमा बढुवाको सिफारीस भएका छन् । सो ब्याचका देवेन्द्र सुवेदी आईजीपी उपेन्द्रकान्त अर्यालको सबैभन्दा निकट भएपनि उपाध्याय आफ्नो ब्याचमा १ नम्बरमा सिफारीस हुन सके ।

हुन त उनीहरुको ब्याचका चार जना दुई वर्षअघि नै डीआईजीमा बढुवा भइसकेका छन् । नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बम बहादुर भण्डारीलाई सरकारले २०६९ साल पुस २ गते नै डीआईजीमा बढुवा गरिसकेको छ । त्यसकारण उपँध्यायको ब्याचका धेरैजना बढिमा डीआईजीबाटै अवकाश पाउने सम्भावना छ ।

रिक्त १३ पदमा बढुवा सिफारीस गर्दा पनि सो ब्याचका रण बहादुर चन्द, हेमन्त पाल, गोविन्द प्रसाद निरौला, धनश्याम भट्ट, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, बिजय कुमार भट्ट, र रमेश फुयाल छुटेका छन् । तर असोजमा डीआईजीका चार सिट खाली हुने र त्यसमा बढुवा हुने आशमा उनीहरुले उजुरी गरेका छैनन् । एसएसपी ज्ञानोद्यराज बैद्यले मात्र बढुवाविरुद्ध उजुरी गरेका छन् ।

Post a Comment

0 Comments