Subscribe Us

महिन्द्रा सोरुममा चोरी गर्ने अभियुक्त पक्राउ

 काठमाडौं । त्रिपुरेश्वरस्थित एस.जी. ग्लोबल प्रा.लि. (महिन्द्रा टु हुईलर्स सोरुम) बाट करीब १२ लाख ६६ हजार रुपैयाँ बराबरको समान चोरी गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखा हनुमान ढोकाबाट खटिएको बिषेश टोलीले उनिहरुलाई कुपण्डोलस्थित डेराकोठावाट चोरीका सामानहरुसहित पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा सिन्धुली जिल्ला कपिलाकोट–६ घर भई हाल ललितपुर उपमहानगरपालिका–१३ कुपण्डोल बस्ने २३ बर्षीय मणिराज पुरी रहेको अपराध महाशाखाले जनाएको छ । पुरीले असोज २ गते उक्त सोरुमबाट नगद ११ लाख ८२ हजार १ सय ९५ रुपैयाँ,  सामसुङ  कम्पनीका मोवाईल ९ थान र टेलिभिजन १ थान समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । 

चोरी भएपछि अनुसन्धानमा खटिएका अपराध महाशाखाको प्रहरी टोलीले असोज ४ गते पुरीलाई उनकै डेराकोठावाट  चोरीका उक्त सामानहरुसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पुरीलाई थप अनुसन्धानकोे लागि महानगरीय प्रहरी परिसर काठमाडौं पढाएको महाशाखाले जनाएको छ

Post a Comment

0 Comments