Subscribe Us

प्रहरीलाई घुस दिने पक्राउ

नायव निरीक्षक माताप्रताप थापा
काठमाडौंः प्रहरीलाई तस्करीको समान छोडन घुस दिने एकजनालाई प्रहरीले पक्राउ गरेर कारवाही अगाडी बढाएको छ । प्रहरी चौकी इनरहवा, पर्सामा ४० किलोग्रमा सुपारी सहित पक्राउ परेका दिलिप दासले तस्करी सुपारी छाड्न घुस दिएका हुन ।

 चौकीका प्रमुख नायव निरीक्षक माताप्रताप थापालाई सुपारी छोडन आग्रह गर्दे दुई हजार रुपैयाँ घुस दिन खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको हो । सई थापा इनरहवा चौकीमा इन्चार्ज भएर गएपछि तस्करको निद हराम भएको छ।

 थापाले आफुलाई संगठनले गैर कानुनी कृयाकलपा रोक्न पाठाएकाले कुनै सम्झौता नगर्ने बताए । यस अघि पनि थापाकै टोलीले बिरगंजमा रहेको बालाजी ज्वैलर्सका संचालकलाई भारत तर्फ तस्करी गर्दे गरेको अवस्थामा गाडी सहित पक्राउ गरेका थिए । ज्वैलर्सका संचालक संजयकुमार सर्राफले श्रीमती र चालकको प्रयोग गरेर चाँदी भारततर्फ तस्करी गर्दै थिए । प्रहरीले उनीहरु चढेको बा ११ च २६२१ नम्बरको गाडी समेत बरामद गरेको छ । 

Post a Comment

0 Comments