Subscribe Us

एसपी थापाको सरुवासँगै चितवनका डनहरुलाई दशैं

काठमाडौं । नेपाल प्रहरीका एसपी सहकुल थापाको चितवन जिल्लामा सरुवा भएपछि गुण्डागर्दीमा सक्रिय समूहको मनोबल बढेको छ । एसपी थापाको चितवनमा सरुवा भएपनि उनी चीनमा सुरक्षा सम्बन्धी तालिममा गएका कारण एक सातापछि मात्रै हाजिर हुने भएका छन् । तर संयोग नै मान्नु पर्छ दशैं नजिकिनु र एसपी थापाको चितवनमा सरुवा हुनुलाई डनहरुले पर्बकै रुपमा लिएका छन् । 

नेपाली काग्रेसका नेता तथा महामन्त्री कुष्ण सिटैलाको चाकडी गर्ने एसपी बस्नेतलाई युवासंघका अध्यक्ष महेश बस्नेतको दबाब र एमाले अध्यक्ष केपी ओलीको सिफारिसमा चितवनमा सरुवा हुन सफल भएका हुन । एसपी थापा बिराटनगरका गुण्डाका नाईके पशुराम बस्नेतका नातेदार समेत हुन । बस्नेत कालोधन थुपारेको आरोपमा बिषेश अदालतमा मुद्दा खेपिरहेका छन् । 
तत्कालीन समयमा बिराटनगरका पत्रकार खिलनाथ ढकाललाई ज्यानमार्ने उद्योग गरी फरार रहेका गुण्डा नाईके बस्नेतस“ग त्यतिबेला डीएसपी रहेका थापाको बारम्बार फोन सम्र्पक भेटीएपछि उनी कारबाहीस्वरुप बिराटनगरकै गणमा तानिएका थिए । अहिले तिनै एसपी थापालाई आईजीपी उपेन्द्रकान्त अर्यालले नचाँहादा नचाँहदै राजनीतिक दवावका कारण चितवन पठाउन बाध्य भएका हुन । 

राजधानीपछि सबैभन्दा बढी गुण्डागर्दी हुने जिल्लामा चितवनलाई लिइन्छ । चितवनमा एमाले निकट चमेरो समुह र काग्रेस निकट कमिला समुहले गुण्डागर्दीको जरो गाडेका छन् । बिगत एक दशक देखि चल्दै आएको यो गुण्डागर्दी तत्कालिन एसपी दिपक थापाले नियन्त्रणको प्रयास गरेका थिए । त्यसलाई कुनै गुण्डासँग सम्भmौता नगरी हाल सरुवा भएका एसपी प्रद्युम्न कार्कीले पनि निरन्तरता दिए । तर अब एसपी थापाको सरुवासँगै चितवनमा एमाले निकट चमेरो समूहले अराजक मच्चाउन सुरु गरेको स्थानिय बासिन्दा बताउंछन् । 

चितवनमा डनगिरी मच्चाउनेमा सुरज तिवारी, प्रकाश रेग्मी, प्रमिस राई, बिकास कोईराला, भानु न्यौपाने, कुमार गुरुङ ‘भड्डु’ एमबहादुर कार्की, बचन कार्की, फणिन्द्र भण्डारीलगायत अग्र पंत्तिमा आउ“छन् । विदेश पठाउने नाममा दर्जनौै व्यक्तिसँग रकम लिएर फिर्ता नगरि उल्टै पीडितहरुलाई गृहमन्त्री बामदेव गौतमको नाम बेच्दै धम्क्याउने गरेका तिवारीले सामाजिक सञ्जाल फेसबुकमार्फत एसपी प्रधुम्न कार्कीलाई विदाईका क्रममा बधाई दिएर  आफूलाई गुण्डा नभएको सन्देश दिन खोजेका छन् । जबकि तिनै डन तिवारीले एसपी दिपक थापालाई मदिरा सेवन गरी तथानाम गाली गरेपछि थापाले दुई दिन सम्म थुनेर राखेका थिए भने कार्कीले आफ्नो कार्यकालमा तिवारीलाई कार्यालय प्रवेश गर्न रोक लगाएका थिए ।
 
संविधानसभाको दोस्रो निर्वाचनमा दर्जनौं व्यक्तिसँग पैसा लिएर फिर्ता नगरेका तिवारीले एमाले सभासद् कृष्णभक्त पोखरेसँग समेत १० लाख लिएर फिर्ता नगरेको पोखरेल निकट स्रोतले  बतायो । आफूलाई गृहमन्त्री गौतमको धर्मपुत्र जस्तै ठान्ने तिवारीलाई एसपी सहकुल थापाले कस्तो व्यवहार देखाउनेछन्, त्यो भने एसपीको बहालीपछि नै थाहा होला । तिवारीका भाई सरोज पनि डनका रुपमा चिनिन्छन् । उनी मिलन चक्रे निकट मानिन्छन् । तिवारीलाई कमिला समूहका प्रमिस राईले प्रयोग गर्दै आएको चितवन प्रहरी स्रोत बताउँछ ।

Post a Comment

0 Comments