Subscribe Us

फिरौती नपाएपछि मेन पाउर सञ्चालकको हत्या

नवलपरासी । अपहरणकारीले मागेको फिरौती बुझाउन नस्कदा नवलपरासीमा एक मेन पाउर सञ्चालको हत्या भएको छ । आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको परिवारले अपहरणकारीको माग बमोजिम फिरौती बुझाउन नस्कदा  उनको हत्या भएको हो । अपहरणमा परेको १५ दिनपछि नवलपरासीमा  गुरुङको शब फेला परेको हो ।  गुरुङको शब बर्दघाट नगरपालिका १० स्थित सामुदायिक वनमा फालीएको अबस्थामा स्थाईनियको सुचनामा फेला परेको हो ।

 अपहरणकारीले गुरुङसँग  एक करोड नगद माग गरेका थिए । त्यति रकम नपाएको १५ दिनपछि उनको शब जंगलमा भेटिएको हो । नचिनिने अबस्थाको शवका बारेमा जंगलमा काम गर्न गएका स्थानियले जानकारी गराएका थिए । गुरुङले लगाएको पहिरनका आधारमा मृतकको पहिचान खुलेको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी गराएका छन् । शव भेटिएको स्थल महेन्द्र राजमार्गको भूताहा बजारबाट करिब ४ किलोमिटर उत्तरमा रहेको छ ।

रुपन्देही सिद्धार्थनगरपालिका( ८ कैलाशपथ निवासी ३८ वर्षका गुरुङलाई  अपहरणकारीले गत भदौ २८ गते अपहरण गरेर बेपत्ता बनाएका थिए । केहिवर्ष बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा बसेर फर्किएका उनी  मेनपावर सञ्चालक भएर काम गर्दै आएका थिए ।  उनको परिवारमा बाबु, आमा, श्रीमती, छोराछोरी छन् । उनको शनिवार नै पोष्टमार्टम गरीएको छ । शव परिवारको जिम्मा लगाइएको छ ।

Post a Comment

0 Comments